ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँके एसपीका एक वर्ष, रानाले दिए बाँकेबासीलाई धन्यवाद

जावेद अन्सारी by जावेद अन्सारी
१:०४ मध्यान्ह, असार १३, २०७८
375
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके असार १३ गते ।
बाँकेका एसपी ओमबहादुर रानाको एक वर्षीय कार्यकाल पूरा भएको छ । गत बर्ष असार ५ गते जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखका रुपमा सरुवा भइ आएका उनले आफ्नो एकबर्षे कार्यकाल पूरा भएको भन्दै आफ्नो फेसबुकमा बाँकेबासीलाई धन्यवाद दिएका छन्।

एकबर्षे अबधिमा जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, कोभिड नियन्त्रण तथा व्यवस्थापन लगायतका उल्लेख्य कार्यहरू सफलताका साथ गरिएका छन । एसपी रानाले बाँके प्रहरीको कमान्ड सम्हालेपछि अपराधिक गतिविधिमा सङ्लग्न रही बर्षौदेखी फरार रहेका मोष्ट वान्टेडसहित ६ सय २ जना अभियुक्तहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी तथा मातहत समेतका कुल ७२५ मुद्दामा विभिन्न अपराधमा सङ्लग्न ९कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबर्जस्ति करणी, चोरी, डकैती, गुन्डागर्दी लगायत गर्ने० ११३५ जनालाई पक्राउ गरि कानून बमोजिम कारबाही गरिएको, लागू औषध निष्तेज महाअभियान संचालन, तस्करी नियन्त्रणमा उल्लेख्य प्रगति, राजस्व संकलनमा वृद्धि, प्राकृतिक स्रोतको दोहन रोक्न सक्रिय भुमिका निर्वाह, चेलीबेटी बेचबिखन विरुद्धको अभियान, सडक दुर्घटना न्यूनीकरण तथा नियन्त्रणका लागि ट्राफिक व्यवस्थापन, महिला हिंसा विरुद्ध ‘सेफ्टी पिन’ अभियान तथा कोरोना नियन्त्रण लगायतमा बाँके प्रहरीले उल्लेख्य कार्य गरेको छ ।

अपराधिक गतिविधि नियन्त्रण गरेर शान्तिसुरक्षा बलियो बनाउनुका साथै कोभिड नियन्त्रणमा सहयोग र तस्करी नियन्त्रणलाई प्रमुख प्राथमिकता दिएर कार्यकाल सुरु गरेका एसपी रानाको बाँकेबाट प्रदेश प्रहरी कार्यालय भैरहवा सरुवा भएको हो ।

सम्बन्धित समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

गत एक बर्षमा बाँकेमा मोष्ट वान्टेड सुचीमा रहेका अपराधी सहित अदालतबाट कैद तथा जरिवाना भइ फरार रहेका ४७० जना, मुद्दा अदालतमा रही मुलतवीमा रहेका ४७ जना र प्रहरीमा मुद्दा दर्ता रही लामो समय देखि फरार रहेका ८५ जना गरि कुल ६०२ जना फरार अपराधीलाई पक्राउ गरेर ४५ लाख रुपैयाँ असुल गरेको, अन्य विभिन्न जरिवाना र कारबाहीबाट ५ करोड ४८ लाख ९३ हजार राजश्व संकलन गरिएको तथा ५ करोड भन्दा बढीको ढुङ्गा बालुवा गिट्टी सिज गरिएको, अपहरण गरेर हत्या गर्ने तीनजना मोस्ट वान्टेडलाई पक्राउ गरेको, सहकारीमा ४३ करोड हिनामिना गर्ने मध्ये ७ जनालाई पक्राउ गरिएको, २ करोड ५० लाख लिई नागमणी दिन्छु भन्ने तीनजना लाई पक्राउ गरिएको, ९ जनालाई ८ वटा अबैध हातहतियार सहित पक्राउ गरिएको, राष्ट्रिय अनुसन्धानका सुचक प्रबिण थापाको हत्यामा सङ्लग्न ७ जनालाई पनि पक्राउ गरेर कारबाही अगाडी बढाइएको बाँके प्रहरीले जनाएको छ ।

यसैगरी गत एक बर्षको अबधिमा जिल्लामा तस्करी नियन्त्रण गर्ने क्रममा तस्करीमा प्रयोग भएका ६१ वटा मोटरसाइकल, ५६० वटा साइकल, २८ वटा ईरिक्सा, २ वटा बोलेरो भ्यान र ३ ट्रकसहित १९३ जनालाई पक्राउ गरेर २ करोड ९ लाख भन्दा बढी राजस्व संकलन गरिएको छ । एसपी राना बाँके आउनु भन्दा अघिल्लो बर्षमा ५२ जना मात्र फरार अपराधी पक्राउ परेका थिए भने २ करोड १२ लाख मात्र विभिन्न जरिवाना र कारबाहीबाट राजस्व संकलन भएको थियो ।

भारतीय सिमानासङ्ग जोडिएको बाँकेमा लागू औषधको सेवन र कारोबार बढ्दै गएको र बन्यजन्तु तस्करी पनि वृद्धि भएको अबस्था रहेकोले सो बारेमा विशेष अभियान संचालन गरेर ५६८ ग्राम भन्दा बढी ब्राउन सुगर, ३४ किलि भन्दा बढी अफिम, २० किलो भन्दा बढी चरेस, ६८ किलो भन्दा बढी कोरेक्स सहित १८२ जनालाई पक्राउ गरिएको प्रहरीको तथ्यांकमा छ ।

ADVERTISEMENT

यस्तै कोरोना व्यवस्थापनमा एक बर्षको अबधिमा ३४ वटा आइसोलेसनको व्यवस्थापन गरिएको, २ वटा होल्डिङ्ग सेन्टरको व्यवस्थापन गरिएको, अस्पताल र अक्सिजन प्लान्टको विशेष सुरक्षा मिलाइएको, जिल्लाका ८१ वडामा ‘मास्क खोइ’ अभियान संचालन गरेर १० हजार बढी मास्क बितरण गरिएको थियो । गुण्डागर्दी गर्ने १६ जनालाई कारबाही, रातको समयमा हो हल्ल्ला गरि हिड्ने ४४५ जनालाई कारबाही गरि शान्ती चयन गरिएको, चोरी भएका ८ वटा मोटरसाइकल र ५५ वटा मोबाइल फोन खोजतलास गरि सम्बन्धित व्यक्तिलाई वुझाइएको छ ।

४३ जनाको भारतबाट उद्दार गरिएको, साइबर अपराधका १४ वटा मुद्दामा मिलापत्र गराउनुका साथै बालबिबाह रोकथाम र छाडा चौपायाको व्यवस्थापन, जुवा तास नियन्त्रणका साथै प्रहरीका लागि भवन निर्माण तथा सवारी साधन उपलब्ध गराउने जस्ता महत्वपूर्ण कार्यहरू गरिएको प्रहरीले जनाएको छ ।

गत असार ५ गते प्रहरी प्रमूखका रुपमा बाँके प्रहरीको कमाण्ड सम्हालेका एसपी रानाले पत्रकार भेटघाट मार्फत मुख्य १७ बुँदे कार्ययोजना बनाई प्रस्तुत गरेका थिए । उनको कमाण्ड रहेको बाँके प्रहरीले एक वर्ष भित्र अधिकांस कार्ययोजनाहरु कार्यन्वयन गर्न सफल भएको छ ।

Share150Tweet94SendShare
Previous Post

गुम्नाम बनेको अख्तियार, कसरी हुन्छ भ्रष्टचार नियन्त्रण ?

Next Post

बेल्जियम र चेक रिपब्लिक युरो कपको क्वाटरफाइनलमा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post

बेल्जियम र चेक रिपब्लिक युरो कपको क्वाटरफाइनलमा

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

कर्णाली करिडोरमा पहिरो जाँदा बाटो अवरुद्ध

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Mostly Cloudy
6:14 am5:57 pm +0545
Feels like: 22°C
Wind: 5km/h N
Humidity: 96%
Pressure: 1014.56mbar
UV index: 0
FriSatSun
29°C / 21°C
28°C / 21°C
30°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?