
खोजखबर संवाददाता बाँके असोज १६ गते । नेपाल सरकारका शहरी विकास मन्त्री महोमद इस्तियाक राई भोलि १७ गते नेपालगंज आउने कार्यक्रम रहेको छ ।हिन्दुहरुको महान पर्व बिजयादशमीको शुभ अवसरमा आफनाे गृह जिल्ला बाँकेमा बिजयादशमी शुभकामना आदन- प्रदान गर्ने र अन्य विकास गतिबिधिका बारेमा पनि बिभिन्न निकायहरु संग छलफल गर्ने कार्यक्रम समेत रहेको छ । भोलि ५ बजे सांझ नेपालगन्ज एअरपोर्ट आउने कार्यक्रम रहेको समाजवादी पार्टी बाँके जिल्ला समितीका अध्यक्ष कमरुद्दिन राई ले बताए ।









Discussion about this post