ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दक्षिण एशियाकै सुन्दर राजमार्गको यात्रा

News Desk by News Desk
११:१४ बिहान, असार २२, २०७९
दक्षिण एशियाकै सुन्दर राजमार्गको यात्रा
389
सेयर
388
VIEWS
ShareTweetSendShare

काठमाडौं असार २२ गते ।
कुनै समय विश्व विजेता अलेक्जेण्डर द ग्रेटका सेनाले भारत आक्रमणपछि आफ्नो देश फर्किन प्रयोग गरेको बाटो ‘मकरान मार्ग’ अहिले समुन्द्र तटीय राजमार्गमा बदलिएको छ । यो राजमार्गलाई कैयौँले दक्षिण एसियाको सबैभन्दा सुन्दर र मनमोहक मार्ग मान्छन् ।

मध्य कराँचीबाट ३० किलोमिटर पश्चिम र बलुचिस्तान प्रान्तको सिमानामा पाकिस्तानको आतङ्कवाद विरोधी दस्ताका सिपाहीहरू मलाई पर्खिरहेका थिए ।

हातमा एके–४७ बोकेका सिपाहीले हाम्रो कारनजिक आएर मेरो राहदानी र ‘नो अब्जेक्सन सर्टिफिकेट’ जाँच गरे । पाकिस्तान सरकारले विदेशीहरूले देशको संवेदनशील क्षेत्रहरूमा यात्रा गर्नुअघि नो अब्जेक्सन सर्टिफिकेट नामको परमिट लिनुपर्ने व्यवस्था गरेको छ ।

मेरो कागजातबाट सन्तुष्ट भएपछि तिनले म, मेरो गाइड र आतकंवाद विरोधी स्क्वाडका सदस्यहरूलाई अघि बढ्न अनुमति दिए । हामीहरू केही गाडीमा सवार भएर त्यही मकरन तटतर्फ जाँदै थियौँ । सो बिन्दुबाट म इरानी सिमानासम्मको सडक यात्रा गर्दै थिएँ ।

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

गाडी अगाडि बढिरहँदा मेरो गाइड अमिर अक्रमले दशकौँसम्म, मकरान अझ सम्पूर्ण बलुचिस्तान विदेशीहरूको लागि मात्र होइन यो प्रान्तबाहिरका पाकिस्तानीहरूबाट पनि अलगथलग रहेको सुनाइरहेका थिए । पहिले यो क्षेत्र पृथकतावादी आन्दोलनकारी र इस्लामिक चरमपन्थीको नियन्त्रणमा हुन्थ्यो ।

‘त्यतिबेला म आफैँ यहाँ आउन हिम्मत गर्न सक्दिनथेँ । तर आजकल बलुचिस्तान सेनाको नियन्त्रणमा छ र हामी सुरक्षित छौँ,’ अक्रमले भने ।

कुराकानीको क्रममा अक्रमले हामी जाँदै गरेको क्षेत्रलाई पाकिस्तानको सबैभन्दा सुन्दर, मैत्रीपूर्ण र सांस्कृतिक रूपमा सम्पन्न क्षेत्रको संज्ञा दिए । हाम्रो गाडी राष्ट्रिय राजमार्ग नम्बर १० मा हुइँकिरहेको थियो । सामान्यतया मकरान कोस्टल हाइवे (मकरन तटिय राजमार्ग) भनेर चिनिने यो सडकमार्ग करिब ५८४ किलोमिटर लामो छ । सडक इरानको सिमानासम्म पुगेको छ ।

ADVERTISEMENT

यस राजमार्गको यात्रालाई दक्षिण एसियाको सबैभन्दा रोमाञ्चक यात्रा पनि मानिन्छ । किनकि सडकमार्गको अधिकांश हिस्सा अरब सागरको किनारबाट गुज्रिएको छ ।

यात्रुहरूले सडकबाट अरब सागरको निलो र चम्किलो पानी र फाट्टफुट्ट देखिने डुङ्गा हेर्दे सयर गर्न सक्छन् । सडकबाट अरब सागरमा देखिने डुङ्गाहरू समुद्री इल, गँगटो, लोबस्टर खोज्ने नाबिकहरुका हुन् ।

‘शताब्दीयौँदेखि माछाको व्यवसायले मकरानको अर्थतन्त्रको धान्दै आएको छ,’ अक्रमनले बताए । मकरान नाम आफैँमा फारसी भाषाको ‘माछा खानेहरू’ जनाउने शब्दको अपभ्रंश हो । आज पनि मकरान क्षेत्रको प्रमुख व्यवसाय मानिन्छ, माछा व्यवसाय । तथापि अहिले स्थानीय मानिसहरू प्रयोगहीन जहाजलाई टुक्र्याउनेदेखि तस्करीमा समेत संलग्न हुन थालेका छन् ।

कराँचीबाट लगभग २०० किलोमिटर टाढा हामी राजमार्गको पहिलो मुख्य गन्तव्यमा पुग्यौँ । पाकिस्तानको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हिंगोल राष्ट्रिय निकुञ्ज हेर्दा टेलिभिजनमा देखाइने चन्द्र धरातलजस्तो देखिन्थ्यो ।

यो भूबनोटमा मकरानमा आउने बलियो समुद्री हावा र तातो तावाजस्तो चर्को गर्मी तथा भारी वर्षाको प्रभाव छ । हामी पार्कको परिधिभित्र उकालो–ओरालो हुँदै एक बिलकुल फरक ठाउँमा पुग्यौँ । त्यहाँ दुईवटा ज्वालामुखी छन् र त्यस ज्वालामुखीबाट तातो लाभाको सट्टा माटो निस्कने गर्छ ।

अक्रमका अनुसार बलुचिस्तान र सिन्ध प्रान्तबाट दसौँ हजार हिन्दु धर्मावलम्बीहरू ‘माता हिंगलाज’ को दर्शन गर्न यहाँ आउँछन् ।

‘तिर्थालुहरु माता हिंगलाजको दर्शन गर्नुअघि यहीँ ज्वालामुखी वरपर मैनबत्ती बाल्छन् र खाल्डोमा नरिवल फाल्छन् । त्यसपछि उनीहरू आफूले गरेका पापलाई कराएर भन्छन् र नजिकको हिंगोल नदीमा स्नान गर्छन् । शारीरिकरूपमा सक्षम व्यक्ति केही पर रहेको हिंगलाज माताको मन्दिरमा जान्छन्,’ अक्रमले यस क्षेत्रको धार्मिक परम्पराबारे बताए ।

हामी बिस्तारै चिसो र अँध्यारो उपत्यकाको गहिराइतर्फ अघि बढ्यौँ । त्यहाँ ढुङ्गाको छाना मुनि झिलिमिली सिसाको बक्समा हिङ्लाज माता रेखदेख गर्ने महाराज गोपाल नामका एक वृद्ध भद्र व्यक्तिलाई भेट्यौँ । उनले हामीलाई मन्दिरको कथा सुनाउनु अघि बस्न भन्न आग्रह गरे ।

हामी बसेपछि गोपालले कथा सुरु गरे, ‘पहिलो युग अर्थात् सत्ययुग मानवजातिको पहिलो युग थियो । करोडौँ वर्षअघिको त्यहीँ समयमा देवी सतीको मृत्यु भयो । उनको पार्थिव शरीर सबै टुक्राहरू पृथ्वीमा खसेका थिए जसमध्ये अधिकांश भाग भारतमा खसेको थियो । तर उनको टाउकोको एक भाग भने यहाँ मकरानमा खस्न पुग्यो । जहाँ जहाँ सतीको शरीरको टुक्रा खस्यो ती सबैलाई शक्तिपीठ अर्थात् देवीहरूको सबैभन्दा पवित्र पूजास्थल भनिन्छ ।’

हामी गोपालका मिथकीय कथा सुनिरहेका थियौँ । उनी अगाडि भन्दै गए, ‘अहिले हामी चौथो र अन्तिम युगमा छौँ । यो युद्ध अन्त्य भएपछि मकरानलगायत सम्पूर्ण विश्व नष्ट हुन्छ ।’

कथा सकिएपछि उनले मुस्कुराउँदै नरिवलको प्रसाद दिए र हामी सबैलाई अगाडिको यात्राको लागि शुभकामना दिए । त्यहाँबाट अघि बढेपछि हामीले बाटोमा पर्ने एक पुरानो चट्टानी किल्ला पार गर्यौँ ।

यस भ्रमणको क्रममा हामीले पाकिस्तानको सबैभन्दा ठूलो तर सबैभन्दा न्यून जनसङ्ख्या भएको प्रान्तमा जीवनका दुर्लभ झलकहरू देख्न पायौँ । कहिले किसान गधामा चढेर टाढाको बजारमा हिँडेको देखिन्थ्यो । कहिले गाउँका केटाहरू बालुवा र धुलोको अस्थायी पिचमा क्रिकेट खेलिरहेको देखिन्थे ।

त्यसपछि राजमार्ग ओरालो लाग्न सुरु भयो जुन ड्राइभिङ क्षमताका लागि परीक्षा साबित भइरहेको थियो । तर हामीलाई भन्दा बढी गाह्रो यही बाटोमा हिँडिरहेका रङ्गिन ट्रक चालकहरूलाई परिरहेको थियो ।

भारी सामान लादेर हिँडेका यी ट्रकमा ‘खराब शक्ति’को प्रभाव कम गर्नका लागि विभिन्न प्रकारका मालाहरू झुण्ड्याइको देखिन्थ्यो ।

‘अहिले यो चिल्लो अलकत्राको सडकमा त यात्रा गर्न चुनौतीपूर्ण छ । अलेक्जेण्डर द ग्रेटको पालामा उनका सेनाले पैदल र घोडामा चढेर यो कठोर भूभाग पार गरेका थिए । ३२५ ईसापूर्वमा भारतबाट आफ्ना ३० हजार सिपाहीहरू लिएर फर्किएका अलेक्ज्याण्डरले यही बाटो प्रयोग गरेका थिए । कठोर गर्मीको कारण उनको सेना बेबिलोन (आजको इराक) पुग्दा आधा मात्र बाँकी थियो,’ अक्रमले इतिहासमा चर्चा हुने यो कथा सुनाए ।

मकरानको अहिलेको राजमार्ग अलेक्जेण्डर द ग्रेटले प्रयोग गरेको मार्ग हो भनेर व्यापक विश्वास गरिन्छ, यद्यपि यो निश्चित रूपमा पुष्टि गर्न भने सम्भव छैन ।

अहिलेको मकरान तटीय राजमार्ग चाइना–पाकिस्तान इकोनोमिक कोरिडोरको हिस्सामा गणना गरिन्छ । र यसले पछिल्लो समय चीनको पाकिस्तानमा बढ्दो चाखलाई प्रतिबिम्बित गर्दछ ।

ग्वादर बन्दरगाहबारे पाकिस्तानमा सन् १९९० को दशकदेखि नै चर्चा सुरु भएको थियो । चीनले पाकिस्तान हुँदै खाडी मुलुकका तेल देश भित्राउने योजना बनाएपछि यसले मूर्त रूप पाउने सम्भावना झनै बढ्यो । त्यसपछि पाकिस्तानले सन् २००२ देखि सन् २००४ बीचमा ग्वादर बन्दरगाह बन्ने स्थान र कराँचीबीच यो सडक बनायो । यसले दुई दिनको यात्रा लाग्ने यो दुरी ६÷७ घण्टामा छोट्यायो ।

हाम्रो अन्तिम बिसौनी इरानी सिमानाभन्दा ५० किलोमिटर पूर्वमा रहेको जिवानी सहरमा थियो । यसको मुख्य सडकहरुमा बलुचिस्तानको पुरानो आदिवासीका मुखियाहरुमध्ये एक पगडीधारी सरदारका मूर्तिहरु देखिन्थे । ती जातीय समुदायमा आफ्नो जेठो छोरालाई पगडी लगाएर शक्ति हस्तान्तरण गर्ने परम्परा थियो ।

हामी त्यहाँ विभिन्न प्रकारका शाही स्मारक खोज्न थाल्यौँ । तिनमा बेलायती महारानी भिक्टोरियाको भ्रमणको समयमा विशेष उनकै लागि निर्माण गरिएको भनिएको भवन पनि थियो । अहिले सो सानो घर पाकिस्तानी तट–रक्षकको दोस्रो बटालियनको नियन्त्रणमा छ ।

भवनमा सर्वसाधारणका लागि प्रवेश निषेध छ, तर धेरै अनुरोधपछि पाकिस्तानी सेनाका कप्तानले हामीलाई सुरक्षासहित अरब सागरको किनारमा रहेको दरबार हेर्ने अनुमति दिए ।

पाकिस्तानी फौजका कप्तानले हामीलाई यस भवनको इतिहास पनि सुनाए । उनका अनुसार तत्कालीन महारानी भिक्टोरियाले मकरानको सुन्दर सूर्यास्तको बारेमा सुनेकी थिइन् । त्यसैले उनको भ्रमणको लागि भने सन् १८७६ मा यो भवन बनाइएको थियो ।

तर इतिहासकारका अनुसार भिक्टोरिया मकरन कहिल्यै यहाँ आएकै छैनन् । तर यस भेगका वृद्ध स्थानीय भने भिक्टोरिया यहाँ आइपुगेको दाबी गर्छन् ।

महलभित्र तीनवटा साना कोठाहरू थिए, एउटा शयन कक्ष, भोजन कक्ष र बैठक कोठा । भवन अहिले पुराना सामानमध्ये टेलिफोन लाइन र यस्तै एक दुई कुरा मात्र मौलिक सामाग्री मात्र बचेका छन् ।

अहिले यो भवनलाई तटीय गार्डहरूले तस्करी रोक्न लागि प्रयोग गर्छन् । ग्रिन टी पिउँदै कुरा गर्ने क्रममा पाकिस्तानी सेनाका कप्तानले तस्करीले यस भेगमा ठूलो रूप लिएको बताए ।

यस समुद्री मार्गबाट मुख्यतः पेट्रोलियम तस्करी भए पनि लागू औषध र हातहतियार पनि तस्करी हुने गरेको उनले बताए । यो स्थान ओमानको खाडी हुँदै हुने तस्करीमाथि निगरानी राख्न उत्तम रहेको ती सैन्य अधिकारीले बताए ।

हामीलाई सूर्यास्त हुने समयसम्म रोकिने अनुमति थिएन । सेनाका क्याप्टेनले नजिकैको जीवनी तटको एक स्थानबाट राम्रो सूर्यास्त देखिने बताए । हामी त्यहाँ पुग्दा हजार किलोमिटर टाढाको शिवि सहरबाट आएको एक समूह सूर्यास्त हेर्दै थियो ।

‘यस्तो अद्भुत सूर्यास्त हेरेपछि यति लामो बाटो तय गरेर आएको पनि व्यर्थ महसुस भएन । मैले यहाँ(मकरान)जस्तो सूर्यास्त आजसम्म अन्त हेरेको थिइनँ । सूर्य अस्ताउनुअघि आकाश धेरै वटा सुन्दर रङ्गमा बदलिँदो रहेछ । पहेँलो रङ्ग बिस्तारै सुन्तले रङ्गमा बदलिँदै गएर रातो र अन्तिममा बैजनी रङको यो परिवर्तन कति अद्भुत । सूर्यास्तपछि हामीले अल्लाहसँग उनको कृपाले फेरि अर्को बिहान सूर्य उदायोस् र हामी सो दिन देख्न जिउँदो होऊ भन्ने प्रार्थना गयौँ,’ एक जना आगन्तुकले सूर्यास्त हेरेपछि भावुक हुँदै हामीसँग भने । एजेन्सी

बीबीसीका लागि फ्रिल्यान्सर सिमोन वीरविनको आलेख

Share156Tweet97SendShare
Previous Post

कप्तान सन्दीप लामिछानेले लंका प्रिमियर लिग खेल्ने

Next Post

नागरिकताकाे नयाँ विधेयक आज दर्ता हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
Next Post
संघीय संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथि सैद्धान्तिक छलफल

नागरिकताकाे नयाँ विधेयक आज दर्ता हुने

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे

२ बजेसम्मका लागि संसद बैठक स्थगित

२ बजेसम्मका लागि संसद बैठक स्थगित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:17 am5:53 pm +0545
Feels like: 22°C
Wind: 3km/h NNE
Humidity: 93%
Pressure: 1015.92mbar
UV index: 0
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?