ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

तीनमुखे झोलुङ्गे पुल : सहज यात्रासँगै अर्थोपार्जनको पर्खाइमा

News Desk by News Desk
११:१५ बिहान, कार्तिक २१, २०७९
तीनमुखे झोलुङ्गे पुल : सहज यात्रासँगै अर्थोपार्जनको पर्खाइमा
380
सेयर
379
VIEWS
ShareTweetSendShare

गुल्मी कात्तिक २१ गते ।
नेपालका चारधाममध्येको एक धाम रूरूक्षेत्र । जहाँ तीन जिल्लाको सङ्गमस्थल पर्दछ । तीन जिल्लाको सम्बन्ध रूरूक्षेत्र धामले मात्र होइन बजारले पनि जोडेको छ । गुल्मी, पाल्पा र स्याङ्जा जोडेको यस क्षेत्रमा स्थानीय सानै कामका लागि पनि एकअर्काको जिल्लामा आवतजावत गर्नुपर्दछ ।

आफूहरू डुङ्गामा निकै जोखिम मोलेर आवतजावत गरेको सम्झिन्छन् स्याङ्जाका स्थानीय अमरप्र्रसाद कोइराला । उमेरले ७५ वर्ष पुगेका उनको स्थानीय बजार गुल्मीको रिडी हो । जहाँ सयौँ पटक ज्यान जोखिममा राखेर कालीगण्डकी नदीमाथि डुङ्गामा यात्रा गरेको सम्झना भइरहेको उनले बताए तर, अहिले उनी एक झोलुङ्गे पुलको भरमा निकै सहज यात्रा गर्छन् ।

झोलुङ्गे पुलको कारणले जोखिमपूर्ण यात्रा हटेको कोइरालाले बताए । “केही वर्ष पहिले हामी डुङ्गामा जोखिमपूर्ण यात्रा गरेर आवतजावत गर्नुपर्ने अवस्था थियो ।” स्याङ्जाका स्थानीय कोइरालाले भने, “तीनमुखे झोलुङ्गे पुलले अहिले हामी स्थानीयलाई निकै राहात पुगेको छ ।” उनी गुल्मी मात्र नभई पाल्पा जान पनि एउटै पुलले राहत दिलाएको छ । यसको कारण तीन जिल्ला जोडेको तीनमुखे पुल हो । उनले तीनमुखे पुलका कारण रिडीको आर्थिक उपार्जनमा सहयोग पुग्ने पनि बताए । दसैँ र तिहार तीनमुखे पुल अवलोकन गर्ने बढेको उनले सुनाए ।

त्यस्तै, गुल्मीका बलबहादुर दरौजाले तीनमुखे पुलका कारण आवतजावतमा निकै सहज र आन्तरिक पर्यटकको घुइँचो लागिरहेको जानकारी दिए । तीनमुखे नमूना पुलले धेरै राहात गुल्मेलीलाई मिलेको र तीन जिल्लाको सम्बन्ध तीन नदी मिसिएको जस्तै भएको उनले बताए । उनले पाल्पा र स्याङ्जा जान रिडीवासीलाई निकै सहज भएको पनि बताए। साथै पाल्पाका स्थानीय सोनी गैरेले पुलका कारण तिन जिल्लाको आवतजावत झनै नजिकिएको सुनाइन्। “सबै ठाउँमा दुई जिल्ला जोड्ने मात्र पुल देखेकी थिएँ ।”उनले भनिन्, “तीन जिल्ला जोडेको चीनमुखे पुलले धेरै पर्यटक आर्कषण गर्न सक्छ ।” उनले नमूना पुलको प्रचारप्रसार गरेर पर्यटकलाई आकर्षित गर्न पनि सरोकारवाला निकायालाई आग्रह गरिन् । उनले बजारको लागि रिडी जान र स्याङ्जाको आवतजावतमा आफूहरूलाई सहजता भएको बताइन् ।

सम्बन्धित समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

तीनमुखे झोलुङ्गे पुलले गुल्मीको रूरूक्षेत्र गाउँपालिका–१ रिडी, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ जोडेको छ । यसले तीन जिल्लाअन्तर्गत यस क्षेत्रका स्थानीयवासीको आवतजावतमा निकै सहजता ल्याएको छ भने पर्यटकीय सम्भावना पनि बोकेको छ ।

झोलुङ्गे पुलको शिलान्यास १५ मङ्सिर २०७१ मा तत्कालीन संविधानसभा सदस्य कांग्रेसका युवा नेता डा चन्द्र भण्डारीले गरेका थिए । तीन जिल्ला जोड्ने तीनमुखे पुलको परिकल्पना भने तत्कालीन मुख्यसचिव लिलामणि पौडेलले गरेका हुन् । पुल एसिया महादेशको पहिलो तीनमुखे झोलुङ्गे पुल भएको कांग्रेस नेता डा भण्डारीले बताए । पुल मङ्सिर २०७१ बाट निर्माण सुरू भएको थियो ।

झण्डै रु १० करोड लागतले आठ वर्षको समयावधिमा निर्माण सम्पन्न भएको उक्त पुल गत वैशाखमा निर्माण सम्पन्न भएको थियो । यसको उद्घाटन भने हुन बाँकी छ ।

ADVERTISEMENT

झोलुङ्गे पुलको लागि तीन जिल्लामा जान कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको स्तम्भ निर्माण गरिएको छ । पुलमा २५ मिटर उचाइको भ्युटावर रहेको छ । बीचमा निर्माण भएको स्तम्भबाट तीन जिल्लासम्म पुग्न तीनैतर्फ एक सय ७७ मिटर लामो झोलुङ्गे पुलको निर्माण भएको छ । झोलुङ्गे पुल बन्ने कामले सार्थकता पाएपछि स्थानीय निकै उत्साहित बनेका छन् ।

तीन जिल्लामध्येका तीन स्थानीय तहहरू गुल्मीको रूरूक्षेत्र गाउँपालिका, पाल्पाको तानसेन नगरपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले समन्वय गरेर उद्घाटन गर्ने गुल्मीको रूरूक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । “तीनमुखे नमूना पुलको निर्माण केही समयअघि मात्र सकिएको छ ।” गाउँपालिका अध्यक्ष ज्ञवालीले भने, “विभागसँग समन्वय गरेर हामी तीन स्थानीय तहहरूको सल्लाहमा निर्वाचनपछि उद्घाटनको तयारीमा छौँ ।” नमूना तीनमुखे पुलको उद्घाटन र अझै व्यवस्थित बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित हुने गरेर काम गर्ने गाउँपालिका अध्यक्ष ज्ञवालीले बताए ।

आफूहरूको पहलमा बनेको एसियाको नमूना तीनमुखे पुलमा कफी सप बनाउने तयारी रहेको पुलका पहलकर्ता कांग्रेस नेता डा चन्द्र भण्डारीले बताए । “दीर्घकालीन समयको लागि पर्यटक आर्कषक गरिरहने सोचमा एसिया महादेशमा पहिलोपटक हामीले नमूना तीनमुखे पुल बनाएका छौँ ।” उनले भने, “नमूना पुललाई अझै नमूना बनाउने सोचले इन्जिनियरको समूहसहित पुलमा हुने सम्भावित सम्भावनालाई खोजेका हौँ ।”

तीन जिल्ला जोड्न बनाइएको कालीगण्डकी नदीको बीचमा रहेको स्तम्भ छ तलाको रहेको छ । छ तलालाई चारैतिरबाट सिसा लगाएर सुन्दर घर बनाउन सकिने इन्जिनियरको निष्कर्ष रहेको डा भण्डारीले बताए । सुन्दर घरभित्र कफी सप बनाउने योजना अगाडि बढाउने तयारीमा आफूहरू लागेको उनको भनाइ छ । इन्जिनियरसहितको प्रारम्भिक अध्ययनमा कफी सप बनाउन सकिने र त्यसमा लिफ्टसमेत राख्न सकेमा नमूना तीनमुखे पुल अझै नमूना बनाउन सकिने देखिएको छ । रासस

Share153Tweet95SendShare
Previous Post

सडक अलपत्र पार्ने ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा

Next Post

रुपन्देहीको देवदहमा दम्पती मृत फेला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
Next Post
कारको ठक्करबाट जानकीमा युवतीको मृत्यु

रुपन्देहीको देवदहमा दम्पती मृत फेला

राईको पहलमा नेपालगन्जमा एकैसाथ २२ वटा सडक र नाली निर्माण

राईको पहलमा नेपालगन्जमा एकैसाथ २२ वटा सडक र नाली निर्माण

डुडुवाबाट सालको काठ बरामद

डुडुवाबाट सालको काठ बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?