ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अफसरुल खाँको मृत्यु प्रकरणः माइती परिवार न्यायको खोजीमा

News Desk by News Desk
३:४४ मध्यान्ह, मंसिर २३, २०७९
अफसरुल खाँको मृत्यु प्रकरणः माइती परिवार न्यायको खोजीमा
406
सेयर
398
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २३ गते ।
बाँके राप्तीसोनारी गाउँपालिका वडा नं ७ पिप्रहवाकी अफसरुल खाँको मृत्यु प्रकरण रहस्यमय बनेको छ । उनी गएको कार्तिक १६ गते मृत अवस्थामा भेटिएकी थिइन् । माइती पक्षले हत्या भन्दै घटनाको निष्पक्ष छानविन र दोषीमाथि कारवाहीको माग गरेका छन् ।

घटनाबारे अनुसनधान भइरहेको बताउने प्रहरीले श्रीमान मेराज शेष र उनका दाई आलमिन शेषलाई प्रहरीले हिरासतमा लिइसकेको छ । घटना हत्या भएपनि प्रहरीले दवावमा परेर आत्महत्या दुरुत्साहनमा मुद्दा चलाएको भन्दै माइती पक्ष आक्रोसित बनेको छ । मृतक खाँको शरिर भरि निलडाम छ कसरी आत्महत्या गर्न सक्छ अन्तरपार्टी महिला संजाल बाँकेका अध्यक्ष अम्बीका काफ्लेले भन्नुभयो ।

फोटोमा हेर्न सकिन्छ उहाँको हत्या हो कि आत्म हत्या प्रस्टै देखिन्छ उहाँले भन्नुभयो । प्रहरीले हत्यामाथि संलग्न सवैलाई हदैसम्म कारवाही नगरे सडक आन्दोलनमा उत्रिने उहाँको चेतावनी छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा पनि प्रहरी प्रशासन मौन बस्नु र राजनीतिक चलखेल हुनु यसमा कदापी मान्य नहुने उहाँले बताउनुभयो ।

परिवारले न्यायको खोजीमा भौतारी रहेका छन् । छोरी अफसरुल खाँको आत्माहत्या नभई हत्या भएको बताउदै परिवार न्यायको खोजीमा भौतारीदा पनि न्याय नपाउनु कहाँसम्मको कानुन हो उहाँले भन्नुभयो । छोरीलाई बारम्बार दाइजोको निहुमा कुटपिट गर्नु, घर निकाला गर्नु जस्ता विभिन्न किसिमका टर्चर दिदा पनि न्ययालयले न्याय कहिले दिने अफसरुल खाँका आमा समा पर्विले भन्नुभयो । सो विवाहमा २५ लाख रुपैयाँ खर्च भएको मृतकका बुबा मो. वहाब खाँले बताउनुभयो ।

सम्बन्धित समाचार

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

सो २५ लाखमध्ये २० लाख रुपैयाँको नगद तथा विभिन्न सामान दाइजोको रूपमा केटा पक्षलाई दिइएको मृतकका आमा पर्विले बताउनुभयो । सोपश्चात् पनि धेरै पटक छोरी अफसरुलाको माध्यमबाट उनका घरपरिवारले थप दाइजोका लागि दबाब दिने गरेको पर्वले भन्नुभयो । दाइजोका कारण धेरै पटक मृतक अफसरुला सो घरमा बस्न नसक्ने स्थिति भएको बताउँदै आएको आमा पर्वीले बताउँनुहुन्छ ।

तर आफूले सम्झाइ बुझाइ घर पठाउने गरेको उहाँले बताउनुभयो । अफसरुलाको मृत्युको एक दिन अघि कात्तिक १५ गते बेलुका ७ः३० बजे पनि छोरीसँग कुराकानी भएको आमा पर्वि बताउँनुहुन्छ । लगभग १५ मिनेट लामो कुराकानीमा मृतक छोरीले आफूलाई मार्न सक्ने कुरा बताएको उहाँले सुनाउनुभयो । मृतक छोरीका आमा बुवाले ससुरालीका घरपरिवाले हत्या गरेर आफ्नै घरको कोठाको पंखामा झुड्याइएको दाबी गर्नुभएको छ ।

मृतक अफसरुलाका ससुरालीका परिवारले मृतक छोरीलाई दाइजोको निहुँमा मारेर हत्याको आकार दिन खोजिएकोे मृतकका बुबा मोहमद बहाब खाँले बताउनुभयो । उहाँकोे शव बेडमा खुट्टाले टेकेको अवस्थामा भेटिएको प्रत्यक्षदर्शीको प्रमाण रहेको जानकारी गराउनुभएको छ ।

ADVERTISEMENT

मृतक अफसरुलाको ढाड, पिठ्युँको बीच भागमा हत्केलाले हानेको निलो चारवटा डामहरूकोे फोटो देखाउदै मृतकका बुवाले न्याय पाउने आस मर्न लागिसकेको बताउनुभयो । उनीहरू कर्तव्य ज्यान मुद्दा दर्ता गराउन जिल्ला प्रहरी कार्यालयदेखि जिल्ला अदालत र वकिलसम्म दिनहुँ धाइरहदा पनि प्रहरी प्रशासनबाट न्यायको बाटो तय भएन उहाँले भन्नुभयो ।

न्यायका लागि कति जिल्ला प्रहरी धाए तर पनि हप्काएर पठाउने बाहेक न्यायको कुरै भएन मृतक अफसरुला खाँका बुवा बहाब खाँले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय बाँकेमा अफसरुलाको मृत्युलाई लिएर आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भई जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेर श्रीमान मेराज शेष र श्रीमानका दाई आलमिन शेषलाई प्रहरीले हिरासतमा लगिसकेको छ । मृतकका बुवा मो. वहाब खाँले छोरीको आत्मा हत्या नभई सोचबिचार गरेर हत्या गरियएको प्रमाणले देखाएता पनि प्रहरीले भने पीडक परिवारको बचाउ गरिरहेको दाबी गर्नु भएको छ ।

अफसरुलालाई प्रमाणमा स्पष्ट कुटपिट गरी मारिएको देखीए पनि प्रहरीले भने आत्महत्या दुरुत्साहनको मुद्दा लगाएर पीडक परिवारलाई बचाउ गरेको उहाँको भनाई रहेको छ । मृतकका बुबा, आमा अफसरुलालाई ससुरालीका घरपरिवारले मारेको भन्दै कर्तव्य ज्यान मुद्दा दर्ता गराउन माग सहित भौतारी रहेको दुखेसो पोख्नुभएको छ । ३ पटक जाहेरी लिएन प्रहरीले चौथो पटक हत्या दुरुत्साहनको लिएर आउनुस अनि दर्ता गर्ने भनेपछि के गर्ने सोही अनुसार मुद्दाा दर्ता गरेको उहाँले भन्नुभयो ।

मृतकका बुबा पहिला प्रहरीले आफूखुसी आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएको र अहिले भने जे मुद्दा ल्याए पनि दर्ता गर्दिने भन्ने गरेको बताउँनुहुन्छ । तर जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भइसकेकाले कर्तव्य ज्यान मुद्दा दर्ता गराउन उहाँलाई धेरै नै हम्मे–हम्मे परेको छ । मृतक अफसरुलाले १२ पास गरेकी थिइन् । मृतक अफसरुलाको ९ महिनाको छोरा छ ।

Share167Tweet100SendShare
Previous Post

पाँच पालिकाले अझै ल्याएनन बजेट

Next Post

राँझामा बहुउद्देश्यीय भवन बन्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
मुख्य समाचार

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

१:४९ बिहान, जेष्ठ ९, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु
मुख्य समाचार

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

६:३४ बिहान, जेष्ठ ८, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

अत्यधिक गर्मी र ‘लु’ले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

१:०५ बिहान, जेष्ठ ७, २०८३
बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
Next Post
राँझामा बहुउद्देश्यीय भवन बन्ने

राँझामा बहुउद्देश्यीय भवन बन्ने

खैरो हिरोइनसहित एकजना पक्राउ

खैरो हिरोइनसहित एकजना पक्राउ

नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दिक्षान्त

नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दिक्षान्त

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?