ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नारायणी नदीका जोखिमयुक्त ठाउँमा तटबन्ध

News Desk by News Desk
४:१७ मध्यान्ह, साउन १४, २०८०
नारायणी नदीका जोखिमयुक्त ठाउँमा तटबन्ध
380
सेयर
375
VIEWS
ShareTweetSendShare

चितवन साउन १४ गते ।
पश्चिम चितवनवासीलाई हरेक वर्षातमा दुःख दिँदै आएको नारायणी नदीको जोखिमयुक्त ठाउँमा तटबन्धन गरिएको छ । बहुवर्षे आयोजनाका रुपमा तटबन्धको ठेक्का लगाइएको भए पनि बाढीको जोखिम भएको ठाउँलाई प्राथमिकतामा राखेर काम गरिएको हो ।

नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जीनीयर शङ्कर बुढाथोकीका अनुसार नदीको जोखिमयुक्त ठाउँलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको छ ।

नदीको भरतपुरतर्फको ३५ किलोमिटरमध्ये २२ किलोमिटर क्षेत्रमा अहिले तटबन्ध गरिँदै छ । अत्यन्त जोखिमपूर्ण देखिएको बाह्रघरे, गाजीपुर, हीरापुर, सिसई, भगडी, बालुवा जस्ता गतवर्षमा बाढी छिरेका ठाउँमा तटबन्ध गरिएको उनले बताए ।

विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै–थोरै काम हुँदै आएकामा रकमको निकासासँगै गत वर्षबाट नदी किनारका भरतपुर महानगरपालिकातर्फका अधिकांश भू–भागमा काम थालिएको हो । पाँच खण्ड बनाएर काम गरिएको छ । तीमध्ये नारायणी नदी बीच मोडलको काम सम्पन्न भइसकेको छ ।

सम्बन्धित समाचार

सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

बुढाथोकीका अनुसार समग्रमा ३५ प्रतिशत काम सम्पन्न भएको छ । नारायणी नदीको महानगरतर्फ सिसइबाट बलुवासम्मको तटबन्धका लागि रु ३८ करोडमा ठेक्का सम्झौता भई काम भइरहेको छ ।

सो खण्डमा १५ प्रतिशत काम सम्पन्न भएको छ । पाँच दशमलव सात किलोमिटर उक्त खण्डको सिसइ र भगडी क्षेत्र उच्च जोखिममा छन् । बुढाथोकीका अनुसार सिसइको लगभग काम सम्पन्न भएको छ भने भगडीको अतिजोखिम ठाउँको काम भएको छ । गाँजीपुरबाट हीरापुरसम्मको रु ४८ करोडमा ठेक्का सम्झौता भई काम भइरहेको छ ।

सो खण्डको १८ प्रतिशत काम सम्पन्न भएको छ । पाँच किलोमिटर लामो उक्त खण्डको गाँजीपुर र हीरापुरको बढी जोखिमपूर्ण ठाउँमा काम भएको हो । रामघाटबाट काभ्रेघाटसम्मको रु एक अर्ब १५ करोडमा ठेक्का सम्झौता भई काम भइरहेको छ । सो खण्डमा ३५ प्रतिशत काम सम्पन्न भएको छ । पाँच किलोमिटर लामो यस खण्डको जोखिमपूर्ण मानिएको भगेरीथान र बाह्रघरेमा काम गरिसकिएको छ ।

ADVERTISEMENT

बालुवाबाट गोलाघाटसम्मको सात किलोमिटरमध्ये दुई दशमलव पाँच किलोमिटर नयाँ तटबन्ध र अन्य मर्मतसम्भारको काम भइरहेको छ । यसका लागि रु २३ करोडमा ठेक्का सम्झौता भएको हो । त्यसको ५५ प्रतिशत काम सम्पन्न भइसकेको छ । बालुवा क्षेत्रको काम सम्पन्न भएको छ भने गोलाघाट क्षेत्र बाँकी छ । बुढाथोकीले बढी जोखिमपूर्ण ठाउँमा काम सम्पन्न भइसकेको बताए ।

नारायणी नदी नारायणगढस्थित पुलबाट पूर्वतर्फको सिबीचको काम सम्पन्न भइसकेको छ । तटबन्ध बहुवर्षीय आयोजनाका रूपमा काम अघि बढाइएको हो । विगत १० वर्षदेखि तटबन्ध बनाउन थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धमा एकैपटक रु पाँच अर्बको काम अघि बढाइएको हो । यसमध्ये भरतपुर र नवलपरासी दुवैतर्फ यस बजेटबाट काम हुँदैछ ।

आर्थिक वर्ष २०६६÷६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म रु एक अर्ब ८३ करोडमात्र विनियोजन हुँदा काम प्रभावकारी हुन सकेको थिएन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटीय क्षेत्रमा निरीक्षण पश्चात् यसवर्ष बाढीको जोखिम कम हुने बताए । तटबन्धका सबै क्षेत्रमा स्थलगत निरीक्षणपछि उनले स्थानीयलाई यो वर्षातमा केही जोखिम रहे पनि आउँदो वर्षबाट ढुक्क हुन सकिने बताइन् ।

तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तर लागिपरेकै कारण काम भएको उनको भनाइ छ । उनले भनिन्, “यस वर्ष बाढी पूरै छेक्न नसकिए पनि आगामी वर्षबाट पश्चिम चितवनवासी नारायणी नदीको बाढीबाट सुरक्षित हुने छन् ।” उनले तटबन्धको गुरुयोजना निर्माणदेखि महानगरको सक्रिय भूमिका रहेको जनाउँदै तत्कालीन समयमा यसै क्षेत्रबाट निर्वाचित हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहयोगले काम भएको बताए ।

तीन वर्षको ठेक्का भए पनि पहिलो वर्ष नै ३५ प्रतिशत काम सम्पन्न भइसकेकाले निर्धारित समयमै काम सम्पन्न हुनेमा ढुक्क रहन उनले आग्रह गरे । नदी तटीय क्षेत्रलाई पर्यटकीय मार्ग बनाउने महानगरको योजना छ ।

हाल तटबन्ध पश्चात् हरियालीसमेत बनाइँदै छ । महानगर प्रमुख दाहाल तटबन्धको क्षेत्रमा पुग्दा सम्बन्धित वडाका वडाध्यक्ष सहित स्थानीयले खुसी व्यक्त गरेका थिए । गएका वर्षमा वर्षात्को समयमा नदी तटीय क्षेत्रका बासिन्दा रातको समयमा सुत्न पाउँदैनथे । स्थानीय घरायसी सामग्री र बालबालिका बोकेर विद्यालयमा शरण लिन पुग्ने गर्दथे । यसवर्ष बाढी आइनसके पनि अब आउने बाढीले दुःख कम दिने अपेक्षा गरिएको छ । रासस

Share155Tweet94SendShare
Previous Post

निर्वाचन आयोगको १५ हजार जरिवाना गैरकानुनी भन्दै रास्वपाका चार सांसदले सर्वोच्च गुहारे

Next Post

युक्रेनले रुसमा ड्रोन हमला गरेको आरोप, विमानस्थल बन्द

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर
अपराध

सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर

१०:५५ बिहान, असार १९, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
Next Post
युक्रेनले रुसमा ड्रोन हमला गरेको आरोप, विमानस्थल बन्द

युक्रेनले रुसमा ड्रोन हमला गरेको आरोप, विमानस्थल बन्द

आज खीर खाने दिन

आज खीर खाने दिन

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?