ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

विकासमा फड्को मार्दै बाँके निकुञ्ज : चोरी सिकारी रोक्न सेनाको गस्ती

News Desk by News Desk
५:५३ मध्यान्ह, भदौ १, २०८०
विकासमा फड्को मार्दै बाँके निकुञ्ज : चोरी सिकारी रोक्न सेनाको गस्ती
378
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके भदौ १ गते ।
बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको तीन वर्षपछि सुरक्षा प्रदान गर्ने र वन्यजन्तु चोरी सिकारी रोक्ने उद्देश्यले विसं २०७० देखि नेपाली सेनाको गोरखदल गणले सुरक्षा प्रदान गरेको थियो । उक्त गणलाई नेपाली सेनाको पहिलो गणका रुपमा यहाँ स्थापना गरी सुरक्षा व्यवस्थाका लागि खटाइएको थियो ।

विसं २०७४ साउन ७ गतेदेखि श्रीमेहर गण तैनाथ रहेकामा विसं २०७७ देखि हालसम्म श्री अर्जुनवाण गणले निकुञ्जको सुरक्षा गरिरहेको छ । सेनाले निकुञ्जभित्र भौतिक पूर्वाधार निर्माण गर्ने, २४ सै घन्टा पैदल तथा साइकल गस्ती, गाडीबाट पेट्रोलिङलगायत सुरक्षाका क्षेत्रमा काम गरिरहेको अर्जुनवाण गणका प्रमुख सेनानी अशोक खड्काले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षको २०७९÷८० मा सेनाले एक लाख ७७ हजार सात सय पाँच किलोमिटरको दूरीमा १५ हजार चार सय ९३ पैदल गस्ती गरेको छ ।

उक्त गस्तीमा ६ सय ४५ सवारीसाधन प्रयोग भएका गणपति खड्काले जानकारी दिए । उनका अनुसार गस्तीमा प्रयोग भएका सवारीसाधनले करिब २४ हजार एक सय ३५ किलोमिटरको दूरीमा गस्ती गरेका थिए ।

गणपति खड्काका अनुसार निकुञ्ज क्षेत्रमा दुई हजार चार सय ४८ साइकल, चार वटा डुङ्गा, ११ हात्तीको प्रयोग गरेर गस्ती गरिएको थियो । डुङ्गाले तीन सय ५१ किमी तथा हात्तीको प्रयोगबाट एक सय २२ किमीको दूरीमा गस्ती गरिएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

गणपति खड्काका अनुसार गत आवमा वन्यजन्तु र मानवबीचको द्वन्द्वमा मानवीय क्षति भएको तथ्याङ्क शून्य रहेको छ । “गत आवमा वन्यजन्तुद्वारा मानवीय क्षति भएको तथ्याङ्क शून्य छ”, उनले भने, “यसलाई हाम्रो सफलताका रुपमा लिएका छौँ ।”

महेन्द्र राजमार्गअन्तर्गत निकुञ्जलाई छोएर दैनिक एक हजार ६ सयदेखि १७ सय गाडीको ओहोरदोहोर हुने जनाउँदै उनले यात्रुको भेषमा वन्यजन्तु चोरी सिकारका लागि केही पनि आउनसक्ने भएकाले छ ठाउँमा सिसिटिभी जडान गरिएको जानकारी दिए । गणपति खड्काका अनुसार राजमार्गमा गुड्ने सवारीसाधनलाई प्रवेश गराउने क्रममा वन्यजन्तु नतर्सियोस् भन्नका लागि ‘भेइकल ट्रयाकिङ एण्ड रिकगनेसन सिस्टम’ (भिटिआरएस) को व्यवस्था गरिएको छ ।

निकुञ्ज क्षेत्रभित्र रहेका वन्यजन्तु संरक्षणका लागि आवश्यक भौतिक संरचना निर्माण गर्नुका साथै सुरक्षित खाना र बासस्थानकोसमेत व्यवस्था गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले बताए । उनका अनुसार वन्यजन्तुका लागि पानी पोखरी, बाघको बासस्थान, वन्यजन्तुका लागि घाँसे मैदान, जैविक मार्गलगायत अन्य भौतिक संरचना निर्माण गरिएका छन् ।

ADVERTISEMENT

निकुञ्ज स्थापना भएसँगै बाँके राष्ट्रिय निकुञ्ज बाघका लागि उपयुक्त थलो मानिएको संरक्षण अधिकृत साहले बताए । बाघका लागि खाना तथा पानीको उचित व्यवस्थापन भएपछि बाघको सङ्ख्या पनि बढेको उनको भनाइ थियो । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१० मा चार बाघ रहेकामा सन् २०१८ मा २१ र सन् २०२२ को गणनाअनुसार २५ बाघ रहेका छन् ।

निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले आहारविहार, सुरक्षित बस्ने ठाउँ, पानीका लागि पोखरीको व्यवस्था गरेसँगै बाघको सङ्ख्यामा वृद्धि भएको बताए । उनका अनुसार निकुञ्जमा आउने पर्यटकलाई लक्षित गरी वन्यजन्तु तथा प्राकृतिक दृश्यावलोकन सहज र सुरक्षितरुपमा गराउने उद्देश्यले हालसम्म १८ मचान निर्माण गरिएका छन् ।

निकुञ्जमा वर्षाको पानी सङ्कलन हुनेगरी प्राकृतिक पानी पोखरी र सोलारबाट सिञ्चित हुने गरी दुई किसिमका पानी पोखरी निर्माण गरिएको सूचना अधिकारी भुसालले जानकारी दिए । उनका अनुसार निकुञ्जभित्र ६० प्राकृतिक पोखरी र नौ वटा बोरिङसहितका पोखरी छन् ।

निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग, राष्ट्रिय र सामुदायिक वन हुँदै भारतको कतर्नियाघाट वाइल्ड लाइफ सेञ्चुरीसँग जोडिएको सूचना अधिकारी भुसालले जानकारी दिए । उनका अनुसार उत्तरतर्फ चुरे पर्वत र दक्षिणमा पूर्व–पश्चिम राजमार्गका साथै कम्दी जैविक मार्ग हुँदै भारतको सलेहवा वाइल्ड लाइफ सेञ्चुरी क्षेत्रसँग सिमाना जोडिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले ‘हात्ती सफारी’ सुरु गरिएको छ । नेपाल भ्रमण वर्ष शुभारम्भका अवसरमा तत्कालीन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आन्तरिक पर्यटक बढाउँदै विदेशी पर्यटकलाई आकर्षित गर्न हात्ती सफारीले सहयोग पुग्ने बताएका थिए । मध्यवर्ती क्षेत्रअन्तर्गतका विभिन्न क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी बालापुर, खड्गवार र गाभरमा होमस्टे (घरबास पर्यटन) समेत सञ्चालनमा ल्याइएको सूचना अधिकारी भुसालको भनाइ थियो । ओभरी, खड्गवार, बुच्चापुर, गाभर र अगैयाबाट पर्यटकलाई निकुञ्जभित्र प्रवेश गर्ने सुविधा उपलब्ध गराइएको उनले जानकारी दिए ।

यहाँ बाघ, हात्ती, चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा, भालुलगायतका जनावर छन् । जैविक विविधताको दृष्टिले आठ वटा पारिस्थितिकीय प्रणाली, एक सय २४ वनस्पति, ३४ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी पन्छी, ५८ प्रजातिका माछा, २४ प्रजातिका घस्रिने (सरीसृप) तथा ६ प्रजातिका उभयचर प्राणी पाइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले जानकारी दिए । उनका अनुसार सालक, हुँडार, चौका, जङ्गली हात्ती, पाटेबाघ, कालो गरुड, राजधनेश, अजिङ्गर, सुनगोहोरोलगायत संरक्षित वन्यजन्तु रहेका छन् ।

यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारीका साथै ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ मानिएका पन्छी अभिलेख गरिएका साहले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित सूचीमा रहेका सात स्तनधारी यहाँ पाइन्छन् । यो निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्जसँग पनि जोडिएकाले ठूला वन्यजन्तुका लागि महत्वपूर्ण बासस्थानका रुपमा मानिएको छ । निकुञ्जभित्र पूर्व–पश्चिम क्षेत्र ७२ किमी र कोहलपुर–बबई रत्नराजमार्ग ३० किमीको रहेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयअन्तर्गत बाँके राष्ट्रिय निकुञ्जमा आव २०७९÷८० मा ३८ वन्यजन्तुको मृत्यु भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै १७ चित्तल र पाँच बंदेल रहेका छन् । त्यस्तै, सोही आवमा २८ वन्यजन्तुको उद्दार गरिएको छ । नेपाली सेना, निकुञ्ज प्रशासन र स्थानीयको सहकार्य तथा समन्वयमा निकुञ्जको सुरक्षा, चोरी शिकारी नियन्त्रणलगायत काम गर्न सफल भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले बताए । पछिल्लो समय मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने समुदायमा निकुञ्ज संरक्षणप्रति सकारात्मक दृष्टिकोण बन्दै गएकाले उनीहरुले ‘निकुञ्ज संरक्षण अभियान’मा साथ दिएको उनको भनाइ थियो ।

साहका अनुसार हाल प्रमुख कार्यालय (हेडअफिस) र क्षेत्रीय (सेक्टर) कार्यालयसहित १८ स्थानबाट संरक्षण तथा व्यवस्थापनको काम भइरहेको छ । “हात्तीका लागि दुई वटा सेडघर निर्माण गरिएका छन् । वन्यजन्तु चोरी, सिकारी रोक्न तथा जनावरका गतिविधि बुझ्नका लागि जङ्गलभित्र ठाउँठाउँमा आधुनिक ‘क्यामरा ट्यापिङ’ प्रविधि जडान गरिएका छन्”, उनले भने। उनका अनुसार निकुञ्जअन्तर्गत नौ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति रहेका छन् ।

बाँके राष्ट्रिय निकुञ्ज लुम्बिनी प्रदेशअन्तर्गत बाँके जिल्लामा अवस्थित देशकै कान्छो राष्ट्रिय निकुञ्ज हो । सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जका रूपमा स्थापित गरिएको यस पाँच सय ५० वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । निकुञ्जको तीन सय ४३ वर्ग किमी मध्यवर्ती क्षेत्रमा पर्दछ । स्थापना भएको एक दशक पार गरिसक्दा यस निकुञ्जले विकासका क्षेत्रमा फड्को मार्दैछ । बाघको बासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले स्थापना भएको यस निकुञ्ज बर्दिया, दाङ र सल्यान गरी तीन जिल्लासँग सिमाना जोडिएको छ ।

निकुञ्जलाई सरकारले एक सय पर्यटकीय गन्तव्यको सूचीअन्तर्गत ५७ औँ स्थानमा राखेको सूचना अधिकारी भुसालले बताए । वन्यजन्तुको संरक्षण गरी चोरी सिकारी रोक्ने, आन्तरिक तथा बाह्य पर्यटकका लागि अवलोकन सहज बनाउने, वन्यजन्तुका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण, उचित बासस्थान लगायतको व्यवस्थापनामा निकुञ्जले उल्लेख्य प्रगति गरिरहेको उनले बताए । रासस

Share152Tweet94SendShare
Previous Post

केम्सन बाँकेको अध्यक्षमा पाण्डे, महासचिवमा बुढाथोकी चयन

Next Post

जंगली च्याउ खाँदा दाङमा आमाछोरीको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

काठमाडौँ कारागारबाट फरार अमृत सुनार बाँकेको खजुराबाट पक्राउ

७:५९ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
Next Post
जङ्गली च्याउ खादा बुटलमा १९जना बिमारी

जंगली च्याउ खाँदा दाङमा आमाछोरीको मृत्यु

राप्तीसोनारी ६ को वडा कार्यालयको ढोका तोडफोड गरी ४ लाख बढि चोरी

राप्तीसोनारी ६ को वडा कार्यालयको ढोका तोडफोड गरी ४ लाख बढि चोरी

१० जना दक्ष मिस्त्रीलाई द टायल्स ग्यालरीले दियो टायल उठाउने मेसिन

१० जना दक्ष मिस्त्रीलाई द टायल्स ग्यालरीले दियो टायल उठाउने मेसिन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?