ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

‘सामाजिक सद्भाव कायम राख्न टिकटक बन्द गरिनुपर्छ’

News Desk by News Desk
१०:१६ मध्यान्ह, कार्तिक २७, २०८०
‘सामाजिक सद्भाव कायम राख्न टिकटक बन्द गरिनुपर्छ’
385
सेयर
377
VIEWS
ShareTweetSendShare

काठमाडौँ कात्तिक २७ गते ।
सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि बढिरहेकाले त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने आवाज उठिरहेको सन्दर्भमा नेपालभित्र टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

“टिकटक बन्द गर्ने निर्णय आजै भइसक्यो, प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले सम्बन्धित व्यक्ति लागिरहनुभएको छ”, मन्त्री शर्माले भनिन्, “सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणले यसबारे तयारी थालिसकेको छ, सम्भवतः आजैदेखि बन्द हुन्छ ।”

पछिल्लो समय सामाजिक सञ्जाल ‘टिकटक’मा सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि बढिरहेकाले त्यसलाई नियन्त्रण गर्न सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने आवाज उठिरहेको छ । टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको विभिन्न राजनीतिक दलका नेता एवं सरोकारवालाहरूले प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले सामाजिक सद्भाव खलबलाउने, समाजलाई नकारात्मक बाटोतिर लैजाने भएकाले सरकारको निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिए । “सरकारले गरेको यो निर्णय स्वागतयोग्य छ र पूर्णरूपमा कार्यान्वयन हुनुपर्छ”, उनले भने, “व्यक्ति, समाज र मुलुकका लागि यो निर्णय अपरिहार्य थियो, त्यसैले तत्कालका लागि बन्द गरिएको हो । तर, आवश्यकता र प्रभावकारिताको हिसाबले पुनः सञ्चालन गर्न सकिन्छ ।”

नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले सरकारको निर्णय स्वागतयोग्य भएको र यसलाई पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने बताए । समाजमा अनैतिक गतिविधि फैलाउन टिकटकको दुरुपयोग भइरहेकाले सजकता अपनाउँदै सरकारले उचित समयमा सही निर्णय लिएको उनको भनाइ छ ।

पछिल्लो समय टिकटकको गलतरूपमा अभ्यास हुँदा सामाजिक सद्भाव भड्काउने किसिमका सामग्री प्रचार–प्रचार हुँदै आएको छ । यसले व्यक्ति, समुदाय र सिङ्गो प्रणालीमाथि नै नकारात्मक भ्रम फैलाउने खालका गलत प्रचार–प्रसारले सत्यभन्दा पर गएर नकारात्मक माहोल सिर्जना भइरहेको आम बुझाइ छ ।

ADVERTISEMENT

टिकटककै कारण पारिवारिक सम्बन्धमा विग्रह, सम्बन्धविच्छेद, सामाजिक विचलन, व्यक्तिगत लाञ्छना, व्यक्तिको नैसर्गिक अधिकारको हननलगायत गतिविधि बढेपछि सम्भावित जोखिम नियन्त्रण गर्न सरकारले टिकटकलाई तत्काल बन्द गर्ने निर्णय लिएको दाबी गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संसदीय दलका सचेतक महेश बर्तौलाले सरकारले कानुनी व्यवस्था सुनिश्चित गरेर सामाजिक सञ्जाल नियन्त्रण नभई नियमन गर्नुपर्ने धारणा राखे । उनले भने, “टिकटकका कारण परिवार, समाज र राष्ट्रमै गलत क्रियाकलाप भएका छन् । टिकटकबाट चाहिने नचाहिने काम पनि भएको छ । तर, यसरी सामाजिक सञ्जाललाई बन्द गर्ने होइन । यसलाई कानुनमार्फत नियमन गर्नुपर्छ ।”

एमालेका नेता महेश बस्नेतले पनि सामाजिक सञ्जालमा पोष्ट गर्दै टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताए । उनले अन्य सामाजिक सञ्जाल र युट्युबमा पनि नियमन गर्न सरकारलाई सुझावसमेत दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले नियन्त्रण गर्नेभन्दा पनि कानुन बनाएर नियमन गर्नुपर्ने धारणा राखे । कांग्रेस महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भए पनि सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न नहुने टिप्पणी गरे ।

टिकटकको सकारात्मक सदुपयोग भए राजनीतिक दल र अभियन्तालाई जनतासँग साक्षात्कार गर्ने उपयुक्त माध्यम हो । तर, प्रविधिको दुरुपयोग गरेर व्यक्तिगत स्वतन्त्रता हनन, समाजमा आपराधिक गतिविधि बढाउन प्रशय पुग्ने सामग्री बिगबिगी रुपमा आइरहेकाले यसलाई प्रभावकारी नियमनको अपरिहार्यता बढेको छ ।

जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा शरद सिंह यादवले अभिव्यक्ति स्वतन्त्रताको नाममा टिकटकमा छाडापन चलिरहेका र व्यक्तिगत स्वतन्त्रतामाथि धावा बोल्ने काम भइरहेकाले सचेत हुनुपर्ने अवस्था आएको बताए । उनले भने, “अभिव्यक्ति स्वतन्त्रताका नाममा व्यक्तिगत स्वतन्त्रतामाथि धावा बोल्ने काम टिकटक र युट्युबका माध्यमबाट केही व्यक्ति र समूहले चलाइरहेका छन् । त्यसैले सचेत हुनैपर्ने अवस्था आएको देखियो । बन्दै गर्ने पक्षमा त हामी छैनौँ तर सरकारले टिकटकको प्रभावकारी नियमन गर्ने र गलत सामग्रीलाई बन्द गरेर सही सामग्रीलाई प्रोत्साहित गर्नु राम्रो हुन्छ ।”

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वल्डलिङ्क’ लगायतका कम्पनीहरूले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकाले छिट्टै सबै बन्द हुने जानकारी दिए । सामाजिक अभियन्ता विन्दु परियार थापाले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनु समाधान हैन बरु सरकारले नियम कानुन बनाएर निगरानी राख्ने हो भनिन् ।

नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले विज्ञप्तिमार्फत भनेको छ, “नागरिक पत्रकारितासँग पनि जोडिएका सामाजिक सञ्जालहरुलाई नियमन गर्न एउटा कानुन खाँचो छ, जसले सबै सामाजिक सञ्जाललाई नेपालमा सञ्चालनको मापदण्ड, निर्देशिका र विधिमा राख्न सकोस् । रासस

Share159Tweet94SendShare
Previous Post

४८ जना डिस्चार्ज भएसँगे भेरी अस्पतालको डिजास्टर वार्ड खाली

Next Post

सयपत्री फुलको माग बढ्दो,फुल उत्पादनमा जुटन थाले कोहलपुरका युवा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
सयपत्री फुलको माग बढ्दो,फुल उत्पादनमा जुटन थाले कोहलपुरका युवा

सयपत्री फुलको माग बढ्दो,फुल उत्पादनमा जुटन थाले कोहलपुरका युवा

भूकम्पपीडितको तिहार पालमा

भूकम्पपीडितको तिहार पालमा

तिहारको चौथो दिन : आज गोवर्द्धन, बली, गोरु र हलि पूजा

तिहारको चौथो दिन : आज गोवर्द्धन, बली, गोरु र हलि पूजा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?