
खड्क सुनार मुगु कार्तिक ८ गते ।
जिल्ला प्रहरी कार्यालय मुगुको पहिलो त्रैमासिक सार्वजानिक सुनुवाई कार्यक्रम आज एक कार्यक्रमका बीच आयोजना गरि सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को पहिलो त्रैमासिक सार्वजानिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । जनताले सहि सुचना र जानकारी पाउने अधिकार हो ।
हाल कार्यरत प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद शाहको आगमन पछि यता ३ महिना सम्म जिल्लामा भईरहेका घटना , शान्ति सुरक्षा , अमनचयन , लगायत विषयवस्तुहरुको प्रगती र उपलब्धिहरुको काम र्साजानिक गर्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।
। जिल्ला प्रहरी कार्यालय मुगुले पहिलो त्रैमासिकमा आर्थिक वर्ष २०७६÷७७ साल असोज महिना सम्मको अविरल वर्षा बाढि पहिरोमा परि छायानाथ रारा नगरपालिका वडा नं १, २, ३, ५, ६, ७, ११ र १३ र खत्याड गाउपालिका २ वडा र सोरु गाउपालिका २ र ९ वडामा ४२ वटा घर आंसिक रुपमा क्षति भई २ करोड १५ लाख ८४ हजार ५० रुपैया बरावरको क्षति भएको जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७६÷७७ साल असोज महिना सम्म ३२ वटा मुद्धा दर्ता भएका छन् । जसमा जवरजस्तीकरुणी १ । भबितब्य ज्यान १ , बहुविवाह १ , शान्ति सुरक्षा विरुद्ध कसुर अभद्र ब्यवहार गर्न ानहुने ३ , लागु औषध १ आगो लगाएको १ र फरार प्रतिवादि ९ पुरुष र २ महिला मुद्धा दर्ता भएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद शाहले जानकारी दिनु भएको छ ।
आर्थिक वर्षकै असोज महिना सम्म दर्ता भएका कुटपिट , झैझगडा , गाली व्यईज्जती जस्ता घटनाहरु लाई सुरक्षा गरि पाउ भनि जम्मा ४८ मध्ये ४४ फर्छोट भएको र ४ उजुरी निवेदन रहेको शाहले बताउनु
भयो । त्यस्तै चालु आर्थिक वर्षमा महिला बालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा ७ निवेदन दर्ता भई फर्छौट भएका छन् । यति मात्र नभई जिल्ला प्रहरी कार्यालय मुगुले देशमा फैलिरहेको डेंगु लगायत अन्य विषयवस्तुमा १ सय ३१ वटा सचेतना मुलक कार्यक्रमको आयोजना गरि स्थानीय बासी , विद्यार्थी , जनप्रतिनिधि लाई सचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ । असोज महिना सम्म जिल्ला , वडा , टोल , र विद्यालयमा सम्पर्क समिति गठन गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । समुदाय प्रहरी जिल्ला समिति १ नगरपालिका समिति १ गाउपालिका समिति ३ वडा समिति ४५ टोल समिति १ सय ४० विद्यालय सम्पर्क समिति ४२ गरि जम्मा २३२ वटा समिति गठन गरेको जनाएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छायानाथ रारा नगरपालिका संयोजक , प्रमुख , जिल्ला तथा पालिका समितिहर सँग समन्वय गरी यस नगरको फोहोर नयुनीकरण गर्नको लागि ५ सय वटा ड्रम राख्ने र सि.सि .टि .भि क्यामरा बजारका मुख्य मुख्य स्थानहरुमा जडान गर्ने अपराध न्युनीकरणमा सुधार ल्याउने सकिने सम्बन्धमाा समुदाय प्रहरी नगरपालिका समितिबाट निर्णय भई कार्य प्रत्रियामा रहेको शाहले बताएका छन् ।
काएक्रममा विभिन्न वक्ताहरुले आफ्ना तर्कहरु समेत प्रस्ततु गरेका थिए । पछिल्लो समय भ्रष्टाचार जस्ता कार्यहरु बढ्दै गएकाले यसलाई कसरी लिने गरेका छन भनेर कार्यक्रमका सहभातिको तर्क रहेको थियो । प्रहरी र जनता नङ र मासु जस्तो सम्बन्ध हुन आवश्यक रहेको तर्क पनि प्रस्तुत गरेका थिए । मुगु जिल्लामै पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरेकोमा शुभकामना पनि दिएका छन् जिल्ला प्रहरी कार्यालय मुगुले बाटो खुलाएको छ , यो बाटोमा अव जिल्लाका सरकारी कार्यालयहरुले हिड्नु पर्ने नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले जानकारी दिनु भएको छ ।









Discussion about this post