
अजय पाठक बाँके कार्तिक ९ गते ।
नेपाली एवं हिन्दूको दोस्रो ठूलो चाड तिहार कात्तिकको ९-त्रयोदशी देखि सुरु भएको छ ।
पहिलो दिन आज काग तिहार, कात्तिककृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवर्द्धन पूजा, नेपाल संवत् ११३५ र म्हपूजा (आत्मपूजा) एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।ती पाँच दिनसम्म यमराज पनि आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।
नेपालमा यमपञ्चकको पहिलो दिन आज कागको पूजाआजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई यमदूतका रूपमा समेत मान्ने गरिन्छ त्यसैले कागलाई तिहारमा पूजा गरिन्छ । आजको दिन कागलाई पूजाआजा नगरी खान नदिई आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । नेपाली पू्र्खा मान्यता अनुशार कागले नयाँ वर्ष र नयाँ कुराको खबर ल्याउने गरेको छ त्यही भएर काग नेपालमा पूज्निय छ ।









Discussion about this post