ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुर नतिजा प्रकाशन अनियमितता प्रकरणः शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा

शिक्षा शाखा अधिकृत मिजारलाई निलम्वनसहितको कारवाही सिफारिस

News Desk by News Desk
१०:१६ मध्यान्ह, बैशाख १०, २०८१
कोहलपुर नतिजा प्रकाशन अनियमितता प्रकरणः शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा
405
सेयर
404
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १० गते ।
कोहलपुर नगरपालिकामा संचालित आधारभूत तह कक्षा ८ को परीक्षा संचालन र नतिजा प्रकाशनमा अनियमितता पुष्टि भएपछि कोहलपुर नगरपालिकाले शिक्षा शाखा प्रमुखसहित एक दर्जनलाई कारवाहीको सिफारिस गरेको छ । जसमा शिक्षा शाखाका मात्रै चार जना कर्मचारी परेका छन् ।

कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख राम बहादुर हमालदेखि अधिकृत रविलाल मिजार, प्राविधिक सहायक बल बहादुर नेपाली र कार्यालय सहयोगी भरत थारुलाई दोषी ठहर गरी कारवाहीको लागि सिफारिस गरिएको छ । मिजारलाई भने निलम्वन गर्ने सिफरिस गरिएको छ । चैत २ देखि ९ गतेसम्म चलेको कक्षा ८ को परीक्षाको नतिजा २३ गते सार्वजनिक भएको थियो ।

उक्त परीक्षा संचालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनमा अनियमितता भएको भन्दै उजुरी परेपछि नगरपालिकाले कार्यपालिका सदस्य वीरेन्द्र बहादुर शाहको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति बनाएको थियो । उक्त प्रतिवेदनका आधारमा नतिजा प्रकाशनमा शिक्षा शाखा अधिकृत मिजार मुख्य दोषी ठहर गर्दै उनलाई निलम्वनसहित विभागीय कारवाहीका लागि सिफारिस गर्ने निर्णय भएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।

आज प्रतिवेदन सार्वजनिक गर्दै उनले शिक्षा शाखा प्रमुख रामबहादुर हमालको काज फिर्ता गर्ने र विभागीय कारवाहीका लागि सिफारिस गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । मातहतका कर्मचारीको लिखित रुपमा जिम्मेवारी बाँडफाँड नगरेको, परीक्षा सम्वन्धी गतिविधिलाई प्रभावकारी गराउन निरीक्षण, अनुगमन तथा निर्देशन नगरेका कारण अनियमितता मौलाएको पाइएकाले शाखा प्रमुखको हैसियतमा हमाल दोषी देखिएको आचार्यले प्रष्ट्याए ।

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

शाखा अधिकृत मिजारले आफ्नै निर्देशनमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सिमरीकी शिक्षण सिकाई सहजकर्ता रोमिना खत्रीलाई आफ्नै कार्यकक्षमा राखि गणित विषयको उत्तरपुस्तिकमा थप उत्तरपुस्तिका बनाई उक्त उत्तरपुस्तिकामा केही प्रश्नहरुको हल गरी बढी हुन आएको अंकलाई जोड्ने हिसावले मुल उत्तरपुस्तिकाको अग्रभागमा रहेको साविकको अंकलाइ केरमेट गरी नयाँ कायम गर्ने काममा सहयोग गरेको पाइएको छ ।

कम्प्युटरमा अंक इन्ट्री गर्ने अधिकार प्राप्त पदाधिकारी आफै भएका कारणले परीक्षा सम्वन्धी सम्पूर्ण अनियमितताको प्रमुख जिम्मेवार निकटस्थ अधिकृतको हैसियतले मिजार भएको प्रतिवेदनले औल्याएको पनि नगर प्रमुख आचार्यले बताउ । त्यसैगरी नगर शिक्षा प्राविधिक सहायक कर्मचारी नेपाली र शाखाका कार्यालय सहयोगी थारु समेत दोषी देखिएकाले विभागीय कारवाहीको सिफारिस नगरपालिकाले गरेकोे छ । त्यसैगरी कोहलपुर सिटी एकेडेमीका संचालक प्रशान्त रिजाल, आभास विक्रम क्षेत्री, उमेश केसी, हीरा केसी र डम्वर बहादुर खत्रीलाई पनि कारवाहीको सिफारिस गरिएको छ ।

प्रशान्तले शाखा प्रमुखसँग मिलेमत्तोमा नगर शिक्षा शाखाबाट आफ्नो विद्यालयका ४ जना विद्यार्थीको ६ थान उत्तरपुस्तिका लिएर उक्त सक्कल उत्तरपुस्तिका हटाई अर्को नक्कली उत्तरपुस्तिका तयार पारेको प्रतिवेदनमा उल्लेख छ । उक्त कार्यमा सहयोग गर्ने शिक्षण सहजकर्ता रोमिना खत्रीलाई पनि कसुरदार ठहर गरिएको छ । त्यसैगरी बाल विकास शिक्षिका राधिका मल्लले गणित विषयको उत्तर पुस्तिकामा रोमिना खत्रीसँगको मिलेमत्तोमा कम्प्युटरमा प्राप्तांक इन्ट्री गर्दा गलत नम्वर बताई इन्ट्री गराएको कसुर देखिएको छ ।

ADVERTISEMENT

अर्की बाल विकास शिक्षक तारा चन्दले पनि मल्लकै भूमिका निर्वाह गरेको पाइएकाले दोषी ठहर गरिएको छ । त्यसैगरी ब्राइट लाइट एकेडेमी स्कुलका शिक्षक कुवेर ढकाल, वेष्टर्न ईङग्लिस मिडियम सेकेण्डरी स्कुलका शिक्षक रमेश कुमार थारुलाई पनि कारवाहीको सिफारिस गरिएको छ । पञ्चमुखि ईङग्लिस स्कुल स्कुलका शिक्षक रविन बम भने सम्पर्कविहीन भएको पाइएको छ । छानविनको क्रममा सोधपुछ लागि सम्पर्क गर्दा उनी सम्पर्कविहीन भई नआएको पाइएपछि उनलाई पनि दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरिएको छ ।

पञ्चमुखि ईङग्लिस स्कुल स्कुल कोहलपुरकी शिक्षिका आशा देवकोटाले प्राप्तंक कम भएका विद्यार्थीलाई बढी नम्वर दिएको भेटिएकाले दोषी ठहर गरिएको छ । निजामति कर्मचारीलाई निजामति ऐन २०४९ अनुसार कारवाहीको सिफारिस गरिएको छ भने अन्यलाई शिक्षा ऐन २०२८ अनुसार कारवाहीको लागि सिफरिस गरिएको छ । कोहलपुर नगरपालिकाको करारमा शिक्षण पेशामा संलग्न भएकाहरुको भने करार सम्झौता रद्द गरिने नगर प्रमुख आचार्यले बताए ।

कोहलपुर नगरपालिका क्षेत्र भित्रका सामुदायिक र संस्थागत गरी ५२ विद्यालयका २ हजार ८ सय ६४ जना विद्यार्थीहरुले फारम भरेकोमा ५३ जना अनुउपस्थित भएको र २ हजार ८ सय ११ जना विद्यार्थी परिक्षामा सहभागि भएका थिए । संस्थागत तर्फ ६९.८७ प्रतिशत उतिर्ण भएका थिए भने सामुदायिक तर्फ १४.८० प्रतिशत उर्तिण भएका थिए ।

Share163Tweet101SendShare
Previous Post

भारतबाट कसरी भित्रिन्छ नेपालगन्जमा अवैध सामान ? सशस्त्र प्रहरी असफल भएकै हो त ?

Next Post

सशस्त्र प्रहरीको मिलोमतोमा भित्रिएको अबैध सामान जमुनाह प्रहरीद्वारा बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post
सशस्त्र प्रहरीको मिलोमतोमा भित्रिएको अबैध सामान जमुनाह प्रहरीद्वारा बरामद

सशस्त्र प्रहरीको मिलोमतोमा भित्रिएको अबैध सामान जमुनाह प्रहरीद्वारा बरामद

कटुवा पेस्तोल सहित तीन जना पक्राउ

कटुवा पेस्तोल सहित तीन जना पक्राउ

यी प्रदेशमा हुनेछ आज मेघगर्जन र चट्याङसहित वर्षा

यी प्रदेशमा हुनेछ आज मेघगर्जन र चट्याङसहित वर्षा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?