ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

News Desk by News Desk
६:१७ मध्यान्ह, जेष्ठ ३, २०८१
नदीजन्य वस्तु चोरी हुँदा स्थानीय तहको आम्दानी गुम्दै

फाइल फोटो

397
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३ गते ।
बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम रोकिएको छैन । राप्ती सोनारी गाउँपालिकाका विभिन्न घाटबाट नदीजन्य पदार्थको चोरी निकासी भइरहेको छ । नदीजन्य पदार्थको अवैध दोहनलाई नियन्त्रण गर्ने प्रयासस्वरुप जिल्ला प्रहरी कार्यालयले अवैधरुपमा उत्खननमा प्रयोग भएका एक्स्काभेटर, टिपर र ट्याक्टर नियन्त्रणमा लिएको छ ।

दुई एक्स्काभेटर, नौ टिपर र दुई ट्याक्टर नियन्त्रणमा लिई एक लाख पाँच हजार जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन र चोरी निकासी भएको सूचनाका आधारमा प्रहरी परिचालन हुने गरेको उहाँको भनाइ छ । राप्ती सोनारीका वडा नम्बर २, ४, ५, ६ र ९ मा पर्ने विभिन्न घाटबाट अवैधरुपमा उत्खनन र चोरी निकासी हुने गरेको छ । बेलाबखत अनुगमन टोली खटिए पनि अवैध उत्खनन रोकिएको छैन ।

अनुगमन टोली देख्नासाथ तस्करीमा संलग्नले भागाभाग गर्ने गरे पनि केही समयपछि उत्खनन जारी राख्ने गरेको पाइएको जिल्ला समन्वय समितिका सदस्य शन्तकुमार थारुले बताउनुभयो । क्रसर उद्योगले अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै आएको स्थानीयको गुनासो छ । नदीजन्य पदार्थ उत्खननको ठेक्का पाएका कम्पनीलेसमेत जथाभावीरुपमा नदीजन्य पदार्थको उत्खनन र पायक पर्ने स्थानमा भण्डारण गर्ने गरेका छन् । नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न गाउँपालिकाका प्रतिनिधि र कर्मचारीले राप्ती नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन कार्य रोक्नका लागि क्रसर उद्योगको अनुगमन गर्ने गरेका छन् ।

नदीजन्य पदार्थको चोरी निकासी रोक्न जनप्रतिनिधिसहितको टोलीले क्रसर उद्योग र घाटगद्धीको निरीक्षण तथा अनुगमन गर्ने गरेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो । यस वर्ष गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का आह्वान गरी आठ करोड ६७ लाख ९६ हजार नौ सयमा ठेक्का सम्झौता गरेको छ । “उत्खननको ठेक्का पाएको कम्पनीले सम्झौताअनुसारको सीमा क्षेत्रभन्दा बाहिर नजान चेतावनी दिँदै आएका छौँ, गाउँपालिका क्षेत्रभित्र रहेका सबै क्रसर उद्योगको अनुगमन गर्ने तयारीमा छौँ”, गाउँपालिका अध्यक्ष पौडेलले भन्नुभयो, “अनुगमनका क्रममा कुनै कैफियत पाइएमा कानुनबमोजिम कारबाही गरिनेछ ।”

सम्बन्धित समाचार

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

नवलपरासीको सरवल गाउँपालिका–१ स्थित चुर कन्स्ट्रक्सन एण्ड ढकाल सप्लायर्सले पाँचवटै घाटको नदीजन्य पदार्थको एकमुष्ट ठेक्का सम्झौता गरेको उहाँले जानकारी दिनुभयो । राप्ती सोनारीका वडा नम्बर २, ४, ५, ६ र ९ मा पर्ने बग्दैलाघाट, सिधनियाघाट, आलिन गरी, खल्लाटपरी घाट र जलालाघाटको ठेक्का सम्झौता भएको हो । रासस

ADVERTISEMENT
Share161Tweet98SendShare
Previous Post

एमाले बाँकेको उप–सचिव पदका उम्मेदवार को हुन् किशोर थापा ? उनको उम्मेदवारी किन ?

Next Post

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युएसजी मेसिन जडान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने
मुख्य समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने

१:२८ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
Next Post
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युएसजी मेसिन जडान

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युएसजी मेसिन जडान

रामेछाप कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी

बर्दिया कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

राप्ती सोनारी गाउँपालिकाद्धारा नदीजन्य ठेक्काको अनुगमन

राप्ती सोनारी गाउँपालिकाद्धारा नदीजन्य ठेक्काको अनुगमन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?