ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

राप्ती नदी तटिय क्षेत्रका बाढी पीडितको पीडा उस्तै

News Desk by News Desk
३:४१ मध्यान्ह, जेष्ठ ३२, २०८१
राप्ती नदि गाउँ पस्न थालेपछि स्थानीय चिन्तित
385
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३२ गते ।
बाँकेस्थित राप्ती नदीको आसपासका स्थानीयहरूले हरेक वर्षको वर्षायाममा नदीमा आउने बाढीका कारण जग्गा कटान हुने र डुबानको समस्या भोग्ने नियति जस्तै बनेको छ ।

हरेक वर्षको बाढीले स्थानीयको जग्गा कटान गरी बगरमा परिणत गर्ने र डुबाउने उनीहरूका लागि नियति जस्तो नै बन्ने गरेको छ । सम्बन्धित सरोकारवाला निकायबाट यो समस्याको समाधानका लागि पहल गर्छन् कि भन्ने आशासमेत उनीहरूमा मरिसकेको छ । “विगतदेखि नै हामीले हरेक वर्ष यो नियति भोग्दै आएका छौँ, हरेक वर्षको बाढीले हाम्रो हजारौँ भन्दा बढी बिघा जग्गा काटेर बगर बनाइसकेको छ, हाम्रो जग्गामा अहिले राप्ती नदी बगिरहेको छ ।” राप्तीसोनारी गाउँपालिका ६ जोरैयाका स्थानीय भक्तिराम पाण्डेले भने, “नेता र सरकारका प्रतिनिधिहरूलाई कति भन्यौँ, भन्यौँ ।

तर हाम्रो समस्याका बारेमा कसैले सुनुवाइ गरेन, अब त आशा पनि लाग्दैन ।” गत सालको बाढीले आफ्नो एक बिघा जग्गा काटेर लगेको पाण्डेले बताए । उनले बाँकी बाँचेको एक बिघा जग्गाको ढिकैबाट नदी हिँडिरहेको र यो वर्ष पक्कै यो पनि काटेर लैजाने अनुमान गरेको सुनाए । “खेतीयोग्य एक बिघा जग्गा गत साल काट्यो, अहिले नदी यही जग्गाको ढिकबाटै हिँडिरहेको छ, यो वर्ष यो पनि पक्कै लैजान्छ” उनले भने, “कुनै रोकथाम नै छैन, रोकथामका लागि तटबन्ध बनाएर जमिन काट्नबाट बचाइदिन भनेर नेताहरूसँग धेरै हारगुहार गर्यौं, कसैले ध्यान दिएनन्, कमसेकम तीन खेती लाग्ने जग्गामा एक खेतीसम्म गर्न पाए पनि केही राहत हुने थियो, कति बेला बाढीले बाँचेको जग्गा पनि लैजान्छ भनेर हेर्नुको विकल्प छैन ।” पाण्डेले नदी पूर्वतिर बढ्दै आएको र आफूलगायत गाउँलेहरूको जग्गा काटेर पश्चिम नदी पारी डुडुवा गाउँपालिकातिर पारिदिएको दुखेसो पोखे ।

उनले स्थानीयको हजारौँ बिघा जमिन नदीपारि डुडुवा गाउँपालिकातिर पारेर बगर बनाइदिएको र अहिले राप्ती नदी आफूहरूकै जग्गाबाट बगिरहेको भन्दै नदी बगिरहेको ठाउँको पनि तिरो तिरिरहेको बताए । अर्का स्थानीय जयराम थारुले गत सालको बाढीले दुई बिघा तीन कट्ठा जग्गा काटेको जानकारी दिए । उनले लगाएको धान बालीसहित बाढीले उक्त जग्गा बगाएको बताए । “वर्षा सुरु हुँदा मन भक्कानिएर आउँछ, बाढी उर्लेर आउँछ आफ्नै अगाडी आफ्नो खेत काटेर लगेर हेर्नु सिवाय अरू केही गर्न सक्दैनौँ, न क्षतिपूर्ति पायौँ, न त हाम्रो समस्याको समाधान नै भएको छ” उनले भने ।

सम्बन्धित समाचार

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

थारुले नदीको छेउमा रहेको बाँकी बाँचेको अलि अलि जग्गा पनि अहिले बाढीले लैजाने बताए । “बाढी छेकबार र रोकथामका लागि कति भन्यौँ भन्यौँ, भन्दा भन्दा थाकिसक्यौँ, अब त भन्न पनि लाज लागेर आउँछ, जति बाँचेको जग्गा छ त्यो पनि पक्कै लैजान्छ नै, सबै जग्गा लग्यो भने, कि आत्महत्या गर्ने दिन आउँछ, कि त भने काला पहाड जानुपर्ने हुन्छ” थारुले पीडा पोखे । नामबहादुर रानाले गत सालको बाढीले आफ्नो एक बिघा तीन कट्ठा जग्गा काटेर पारी डुडुवा गाउँपालिकातिर पारेर बगर बनाइदिएको बताए ।

“बाँचेको ६–७ कट्ठा जग्गालाई सुरक्षित गरिदिए हुने थियो, जाने जग्गा गए पनि अलिअलि बाँचेको जग्गामा खेती गरेर कमसेकम ६ महिनालाई खान पुग्ने उत्पादन त गर्न सकिन्थ्यो, ६ महिना ऋण धन गरेरै भए पनि पेट पाल्थे” रानाले भने, “अरू नोकरी चाकरी केही छैन, यही जग्गाबाट उब्जाएर परिवारको पेट पाल्ने हो, जग्गै नबचेपछि के गरी खाने ? युवा जति सबै बाहिर छन्, अब त हामी बुढाहरू पनि चौकीदार गर्न भारततिर जानुपर्ने दिन आयो ।” खल्लाटेपरी टोल विकास संस्थाका अध्यक्ष अमरबहादुर बुढाले पनि खल्लाटेपरीबाट हरेक वर्ष राप्ती नदीको बाढीले स्थानीयको जग्गा कटान गर्ने र डुबानमा पार्ने समस्या रहेको बताए ।

२०६३, ०७१ र ०७४ सालमा आएको ठुलो बाढीले ती बस्तीहरूमा ठुलो नोक्सानी पुर्याएको थियो । हरेक वर्ष वर्षाको समयमा आउने बाढीले उक्त क्षेत्रका स्थानीयका हजारौँ बिघा खेत नियमित कटान गर्ने गरिरहेको छ । कटानबाट जोगाउनका लागि स्थानीयहरूले दीर्घकालीन रुपमा रोकथाम हुनुपर्ने उपाय खोज्नुपर्ने भनिरहँदा सरकारबाट आशा हराइसकेको बताएका छन् ।

ADVERTISEMENT
Share158Tweet95SendShare
Previous Post

बाँकेमा घुमुवा प्रहरीको आतंकः स्थानीय भन्छन–‘तस्कर र घुमुवा प्रहरी छुट्याउन सकिन्न’

Next Post

नेपालगन्जमा गर्मीको सकसः दिनरात काट्नै मुश्किल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा
अपराध

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

५:४६ बिहान, चैत्र २८, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ
अपराध

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

२:०४ बिहान, चैत्र २७, २०८२
लिलामबाट ४२ लाख बढी राजस्व संकलन
मुख्य समाचार

लिलामबाट ४२ लाख बढी राजस्व संकलन

१:५५ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह
मुख्य समाचार

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

१:५६ बिहान, चैत्र २६, २०८२
अपराध

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

९:४४ बिहान, चैत्र २५, २०८२
Next Post
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती

नेपालगन्जमा गर्मीको सकसः दिनरात काट्नै मुश्किल

स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल

स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल

सोमबार सार्वजनिक बिदा

सोमबार सार्वजनिक बिदा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?