ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

जमुनाहबाट साईगाउँ नाका सरे तस्करका नाइके

News Desk by News Desk
६:३९ बिहान, साउन ९, २०८१
जमुनाहबाट साईगाउँ नाका सरे तस्करका नाइके
599
सेयर
598
VIEWS
ShareTweetSendShare

बाँके साउन ९ गते ।
पछिल्लो समय जमुनाह नाका सुनसान जस्तै छ । जमुनाह नाकाभन्दा साईगाउँ नाका तस्करी गर्न सहज भएपछि अधिकांश तस्कर त्यता लागेका हुन् ।

प्रहरी चौकी साईगाउँका इन्चार्ज फेरिएसँगै तस्करी बढेको सर्वसाधारण बताउँछन् । तस्करहरुले उक्त नाकाबाट खुलेआम अवैध सामान भित्र्याइरहेको एक स्थानीयले जानकारी दिए । उनले भने, ‘प्रहरी चौकी साईगाउँको प्रहरी इन्चार्ज फेरिएसँगै तस्करी मौलाएको छ । प्रहरीको अगाडीबाट तस्करीको सामान लैजाँदा समेत प्रहरीले नदेखेको बहाना गर्छ । यो त अति भएन र ?’

साईगाउँ नाकाबाट तस्करी गराउन प्रहरी चौकी साईगाउँका इन्चार्जलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका सादा पोशाकका प्रहरी (घुमुवा प्रहरी) ले समेत साथ दिइरहेका छन् । अनलाइन खोजखवरलाई प्राप्त सूचना र भिडियो फुटेजका अनुसार घुमुवा प्रहरीका इन्चार्ज अतिश खानले उक्त नाकाका इन्चार्जसँग मिलेर तस्करलाई सघाई रहेका छन् ।

तर, खान नेपालगन्ज उपमहानगरपालिका २१ विर्ताका अरबी खाँको हत्याको अनुसन्धानका लागि परिचालित भएका घुमुवा प्रहरी हुन् । उनी र उनको समुह बिर्ताको घटना अनुसन्धानभन्दा नाकामा रहेका प्रहरी चौकीका इन्चार्जहरुसँग मिलेर तस्करलाई सघाउँदै आएका छन् । उनी र उनको समुह बिर्तामा भन्दा जमुनाह, साईगाउँ, हिरमिनिया, बेलभार लगायत नाकामा भेटिन्छन् । ‘तस्करी नियन्त्रणका लागि खटिएका प्रहरीले नै तस्करी गराउनु दुर्भाग्य मान्नुपर्छ,’ एक स्थानीयले नाम नबताउने शर्तमा भने ।

सम्बन्धित समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

अधिकांश तस्कर साईगाउँ केन्द्रित भएपछि शंका उब्जिएको छ । सशस्त्र प्रहरीको समेत सहयोग पाएपछि पहिले जमुनाह नाकाबाट तस्करी गराउँदै आएका तस्कर पछिल्लो समय साईगाउँ केन्द्रित भएको जानकार बताउँछन् । बेलुकीको समयमा साईगाउँ नाकाबाट साइकल र मोटरसाइकलमा अवैध सामान ओसारेको प्रत्यक्ष देखिन्छ ।

स्थानीयले खुलेआम तस्करी भइरहेको गुनासो गरेपछि अनलाइन खोजखवरको टोली त्यहाँ पुग्दा अवैध सामान बोकेका साइकल र मोटरसाइकलको लामो लाइन फेला पारि भिडियो खिचेको थियो । उक्त भिडियो यसअघि प्रकाशन भइसकेको छ । ‘नेपाल प्रहरी एक्लैले तस्करी गराउन सक्दैन । यसमा सशस्त्र प्रहरीले पनि लाइन दिएको छ,’ अर्का एक स्थानीयले अनलाइन खोजखवरसँग भने ।
पहिले जमुनाह नाकाबाट तस्करी गर्दै आएका मोनु, सोनु, नसरुद्दिन राई, जाविर राई, कातिया, संजय लोध, अकबर अलि कबडिया, सकिल कबडिया, विजय वर्मा, रोशन जयसवाल, राजकुमार लोध, हासिम हल्वाई, सुलेमान, राना लगायतले साईगाउँ नाका रोजेका छन् ।

तस्करका यी नाइकेहरुले खुलेआम तस्करी गराउँदासमेत नेपाल प्रहरी र सशस्त्र प्रहरी मौन बस्नुले यी दुवै प्रहरीको हात छ भन्ने पुष्टि गरेको छ । यी तस्करका नाइकेहरुलाई सशस्त्र प्रहरी बिओपी बढैयाबाट खटिएको घुमुवा हिक्मत थापाले समेत सघाउँदै आएको खुलासा भएको छ ।

ADVERTISEMENT
Share240Tweet150SendShare
Previous Post

प्रतिबन्धित लागूऔषधसहित चार किशोर पक्राउ

Next Post

भारतबाट आलुको आयात बढ्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
Next Post
भारतबाट आलुको आयात बढ्यो

भारतबाट आलुको आयात बढ्यो

असार महिनामा उत्कृष्ट बन्यो वडा प्रहरी

असार महिनामा उत्कृष्ट बन्यो वडा प्रहरी

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

लुम्विनीमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?