ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सर्प संरक्षण र उद्धारमा वन रक्षक

News Desk by News Desk
५:१९ बिहान, साउन २५, २०८१
सर्प संरक्षण र उद्धारमा वन रक्षक
386
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके साउन २५ गते ।
डिभिजन वन कार्यालय बाँकेको सशस्त्र वन सुरक्षा शाखामा आठ जना सशस्त्र वन रक्षक छन् । उहाँहरु दैनिकरुपमा वन जङ्गलको गस्ती तथा सुरक्षाका साथै वन्यजन्तुको उद्धार र सुरक्षामा तैनाथ रहने गर्नुभएको छ ।

“बाह्रै महिना हामी वन र वन्यजन्तुको सुरक्षा, संरक्षण र उद्धारमा खटिएका हुन्छौं, अरु महिनाभन्दा विशेषगरी बर्खाको समयमा बढीजसो सर्पको उद्धार गर्नुपर्ने हुन्छ” सशस्त्र वन रक्षक सुवेदार थीरबहानुर थापाले भन्नुभयो, “स्थानीयले वन कार्यालयमा खबर गरेपछि हामी उहाँहरुको घरसम्म दौडिहाल्छौं र वन्यजन्तुको उद्धार गर्छौं ।”

बिहीबार बिहान मात्र जिल्लाको जानकी गाउँपालिका –२ जलपोखरीबाट एकजना स्थानीयले वन कार्यालयमा फोन गरी आफ्नो घरमा सर्प रहेको र तत्काल उद्धार गरिदिन भनी जानकारी गराउनुभयो । चार जना सशस्त्र वन रक्षकको टोली सो सर्पको उद्धार गर्न उक्त स्थानमा पुगे ।

“सर्पले आहारा खाएर गोठभित्र कुनामा गुइँठाभित्र बेरिएर बसेको रहेछ, अत्यन्तै खतरनाक र विषालु सर्प हो त्यो” उद्धारमा खटिएका हवल्दार रेशम गुरुङले भन्नुभयो, “त्यो सर्प रसियन भाइपर प्रजातिको रहेछ, अत्यन्तै विषालु हुन्छ, हामीले तत्काल सर्पलाई उद्धार गरी वन कार्यालयमा ल्यायौं ।”

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

सर्पका विभिन्न प्रजातिमध्ये रसियन भाइपर सर्प अत्यन्तै विषालु र खतरनाक हुने बताउनुहुन्छ निमित्त डिभिजनल वन अधिकृत टेक नेपाली । “हामीले धेरै प्रजातिका सर्प उद्धार गर्छौं, त्यसमा पनि यो रसियन भाइपर प्रजातिको सर्प अत्यन्तै विषालु हुन्छ, यसले मानिसलाई टोकेमा तुरुन्त उपचार नपाए मानिसको तत्काल ज्यान जान सक्छ” वन अधिकृत नेपालीले भन्नुभयो ।

सर्प झट्ट हेर्दा अजिङ्गरजस्तै देखिने हुँदा कतिपय स्थानीयले अजिङ्गरको बच्चा सम्झेर झुक्किने गरेको उहाँले बताउनुभयो । “हेर्दा अजिङ्गरजस्तो देखिए पनि फरक हुन्छ, फरक छुट्टयाउन सक्नुपर्छ, अजिङ्गर हेर्दा खस्रो प्रकारको देखिन्छ भने यो सर्प चिप्लो खालको हुन्छ” उहाँले भन्नुभयो, “अजिङ्गरको टाउको ठूलो र चेप्टो प्रकारको हुन्छ, शरीरमा एकनासको निसान नभएर विभिन्न आकारका टाटेपाटे हुन्छ तर रसियन भाइपरको भने टाउको त्रिकोणात्मक आकारको र चुच्चो हुन्छ, शरीरमा गोलो–गोलो एकनासको निसान हुन्छ, अजिङ्गर सम्झेर चलाउने, नजिक जाने गर्नु हुँदैन तत्काल सम्बन्धित ठाउँमा खबर गर्नुपर्छ ।”

गत आर्थिक वर्षमा डिभिजन वन कार्यालय बाँकेले विभिन्न प्रजातिका ६३ वटा सर्पको उद्धार गरेको थियो । यस वर्षको साउन ३ गतेदेखि २४ गतेसम्ममात्र वन कार्यालयले सात वटा विभिन्न प्रजातिका सर्पको उद्धार गरिसकेको छ ।

ADVERTISEMENT

वन कार्यालयले साउन ३ गतेका दिन नेपालगन्ज १० गडियनपुरका एक स्थानीयको घरबाट गोमन सर्प उद्धार गरेको थियो । त्यसैगरी १० गते जानकी गाउँपालिका –२ बोगटियाबाट गोमन सर्प, १२ गते भेरी अस्पताल परिसरबाट करेत सर्प, १९ गते नेपालगन्ज ९ गोसाइगाउँबाट धामन सर्प, २० गते नेपालगन्ज १ धम्बोझीबाट धामन सर्प, २२ गते कोहलपुरस्थित मदनचोक चन्नहवा गाउँबाट धामन सर्प र २४ गते जानकी २ जलपोखरीबाट रसियन भाइपर सर्पको उद्धार गरेको छ ।

सर्पको उद्धार गर्न सशस्त्र वन सुरक्षा शाखाका सशस्त्र वन रक्षक खट्ने गर्नुभएको छ । बाँकेमा सशस्त्र वन रक्षक सुवेदार थीरबहादुर थापा, जमदार छेदुराज चौधरी, हवल्दार रेशम गुरुङ, सशस्त्र वन रक्षक बलबहादुर थापा, कालुराम विक, तेजबहादुर खत्री, भद्र रावल र रामसिं चौधरीको टोली खटिने गरेको छ । सो टोलीले विभिन्न प्रजातिका विषालु सर्पको उद्धार गर्दैआएको छ ।

सर्प उद्धारमा खटिने सशस्त्र वन रक्षकहरु तालिम प्राप्त तथा लामो अनुभवन भएका र आवश्यक उपरकरण उपलब्धताका कारण हालसम्म कुनै जोखिममा नपरेको वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार उद्धार गरेर ल्याइएका सर्पलाई विभिन्न राष्ट्रिय वन तथा बाँके राष्ट्रिय निकुञ्जभित्रको जङ्गलमा लगेर व्यवस्थापन गर्ने गरिएको रक्षकहरुको भनाइ छ । गोरखापत्र अनलाइन

Share155Tweet96SendShare
Previous Post

पाँच महिनासम्म फेला परेनन् अरबी खाँका हत्याराः पीडित भन्छन्–‘हत्यारासँगै प्रहरी मिलेको छ’

Next Post

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post
बाँकेमा बर्षा, किसानलाई राहात, गर्मीमा शितल

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना

बालबालिकामा कुपोषणको समस्या बढ्दो

बालबालिकामा कुपोषणको समस्या बढ्दो

पाँच निर्माण कम्पनीलाई सात दिने अल्टिमेटम, कालोसूचीमा राख्ने चेतावनी

दुई दर्जन कम्पनी कालोसूचीमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?