ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

एसपी कार्कीको सोझोपनको फाइदा उठाउँदै घुमुवा प्रहरी : प्रमाणसहितका समाचार बाहिर आए पनि कसम खाएर एसपीलाई गुम्राहमा पार्दै

News Desk by News Desk
१:०० मध्यान्ह, कार्तिक १५, २०८१
एसपी कार्कीको सोझोपनको फाइदा उठाउँदै घुमुवा प्रहरी : प्रमाणसहितका समाचार बाहिर आए पनि कसम खाएर एसपीलाई गुम्राहमा पार्दै
632
सेयर
631
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १५ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेले अपराध अनुसन्धान तथा चोरी निकासी नियन्त्रणका लागि आफू मातहतका प्रहरीलाई सूचकको रुपमा सादा पोशाकमा खटाएको छ । सादा पोशाकमा खटिएका प्रहरीले अपराध गर्ने ब्यक्ति र तस्करीको बारेमा आफूभन्दा उपल्लो निकायलाई सूचना दिने जिम्मेवारी पाएका छन् । तर, बाँके प्रहरीले परिचालन गरेका घुमुवा प्रहरीले बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीलाई गुम्राहमा पारेर असुली धन्दामा लागेका छन् ।

घुमुवा प्रहरीको टोलीले सम्बन्धित क्षेत्रको प्रहरी एकाईलाई जानकारी नदिएर छापा मार्ने मात्र गर्दैनन् बरामद भएको भन्दा कम सामान देखाउँदै समेत आएको एक प्रहरी अधिकृतले बताए । उनका अनुसार, घुमुवा प्रहरीलाई छापा मार्ने अधिकार नभई कुनै अवैध सामान भएको पुष्टि भए वा अपराधमा संलग्न ब्यक्ति फेला परे नजिकको प्रहरी एकाईलाई सूचना दिने र पक्राउ गर्न सघाउने जिम्मेवारी दिइएको हुन्छ ।

बाँके प्रहरीले परिचालन गरेका घुमुवा प्रहरीले तस्करसँग मिलेर मोटो रकम लिइरहेका छन् नै धेरै सामान बरामद भए पनि थोरै मात्र देखाउने गरेको स्रोतले अनलाइन खोजखवरलाई जानकारी दिएको छ । ‘तस्करसँग मिलेर थोरै सामान बरामद गरेको देखाउँछन् । र, तस्करसँगको मिलोमतोमा धेरै सामान तस्करी गराउन सघाउँछन्,’ स्रोत भन्छ, ‘घुमुवा प्रहरीको चलखेल अति धेरै छ । उनीहरुको चालबाजी बाँके प्रहरी प्रमुखले समेत बुझ्न नसकेको देखिन्छ ।’
यी घुमुवाले जुवाखालबाट समेत पैँसा उठाइरहेका छन् । उनीहरुकै निगरानीमा नेपालगन्जमा ठूलाठूला जुवा भइरहेको स्रोतले जानकारी दिएको छ । ‘जुवाडेलाई जोगाउन घुमुवा प्रहरीले जुवाखालबाट टन्नै पैँसा लिएकै कारण अहिले बाँकेमा जुवातास मौलाएको छ,’ स्रोतले भन्यो ।

रकम लुकाउनकै लागि घुमुवा प्रहरीले नेपालगन्जका एक हुण्डी कारोवारीको घरमा छापा मारे । छापा मार्नुअघि ति घुमुवा प्रहरीले न त जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिए न त वडा प्रहरी र प्रहरी पोष्ट बसपार्कलाई नै सूचना दिए । हुण्डी कारोवारीको घरमा छापा मारेर घुमुवा प्रहरीले ३२ लाख रुपैयाँ बरामद गरे, तर जिल्ला प्रहरी कार्यालयमा ८ लाख रुपैयाँमात्र दाखिला गरेको स्रोतले जनाएको छ । ‘३२ लाख मध्ये ८ लाख दाखिला गरि बाँकी रकम घुमुवा प्रहरीले झ्वाम पारे,’ एक प्रहरी अधिकृतले भने ।

सम्बन्धित समाचार

सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो

वर्षाअघि तटबन्ध निर्माण सम्पन्न गर्न प्रशासनको निर्देशन

बेवारिसे अवस्थामा राखिएको १६ क्विन्टल चिनी बरामद

घुमुवा प्रहरीको कार्यशैलीले बाँकेका सर्वसाधारण आजित भएका छन् । अनुसन्धान र सूचनाका लागि परिचालन भएका प्रहरीले दिनदहाडै रकम असुली गरेको समाचार बाहिर आए पनि बाँके प्रहरी प्रमुख एसपी कार्कीले घुमुवा प्रहरी प्रति उदारभाव देखाउनुले उनको पनि मिलोमतो छ भन्ने आशंका सर्वसाधारणले गर्न थालेका छन् । ‘घुमुवा प्रहरीको ज्यादती विरुद्ध प्रमाण सहितका समाचार बाहिर आउँदासमेत एसपी सावले कुनै प्रतिक्रिया नदिनुले उहाँको पनि संलग्नता छ की भन्ने शंका उब्जेको छ,’ स्रोत भन्छ, ‘एसपी सावले समयमै एक्सन नलिए घुमुवा प्रहरीको मनोबल बढेर असुली धन्दा गर्न अझ धेरै हौसला बढ्ने निश्चित छ ।’

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको निर्देशनमा जिल्लामा जुवातास विरुद्ध प्रहरी आक्रामक रुपमा उत्रिएको छ । तर, एसपी कार्कीलाई गुम्राहमा पारे घुमुवा प्रहरीले जुवाखालबाट बरामद गरेको रकम नै गायव पारेका छन् । कार्तिक ५ गते राती राप्तीसोनारी ६ स्थित संजय रानाको घरबाट ३ लाख ९१ हजार रुपैयाँ सहित २० जना जुवाडे पक्राउ परे । उक्त जुवाखालमा घुमुवाका इन्चार्ज प्रहरी हवल्दार आतिस खानको नेतृत्वको टोली पनि पुगेको थियो । एसपीलाई गोप्य सूचना प्राप्त हुना साथ उनले वडा प्रहरीबाट दुई जना प्रहरीलाई गाडीसहित राप्तीसोनारी पठाएका थिए । प्रहरीले सफलता पनि हात पार्यो ।

त्यहाँ २० जना जुवाडेसहित करिव १० लाख रुपैयाँ खालबाटै प्रहरीले फेला पारेको थियो । तर घुमुवा प्रहरीले ६ लाखबढी रुपैयाँ गायव पारेको एक प्रहरी अधिकृतले बताए । ६ लाख बढि रुपैयाँ बरामद भएको थियो, तर घुमुवा प्रहरीका इन्चार्ज प्रहरी हवल्दार खानको टोलीले ३ लाख ९१ हजार रुपैयाँ मात्रै बरामद भएको एसपी सावलाई जाहेर गर्यो,’ ति अधिकृतले भने, ‘बरामद भएको ६ लाख बढी रकममध्ये आधा रकम जुवाडेलाई नै फिर्ता गर्ने सहमति घुमुवा इन्जार्च खानले गरेको देखिन्छ ।’

ADVERTISEMENT

कुरा बाहिरिन थालेपछि खानले जुवाडेलाई सुटुक्क रकम फिर्ता गरेको अनलाइन खोजखवरलाई सूचना प्राप्त भएको छ । तर, खानसहित पुगेका घुमुवाका प्रहरी जवान वीरबहादुर ताउलेले भागबन्डामा परेको रकम फिर्ता नगरेपछि कुरा बाहिरिएको हो । उनले ४० हजार रुपैयाँ जुवाडेलाई फिर्ता नगरेपछि जुवाडेहरु रकम फिर्ता गर्न ताकेता गरेपनि ताउलेले अझैसम्म रकम फिर्ता नगरेको स्रोतले जानकारी दिएको छ । उक्त घटनाको बारे एसपी कार्कीले सूचना पाए पनि यस बारेमा उनले मुख खोलेका छैनन् ।

बाँकेमा हवल्दार खानको नेतृत्वमा ताउलेसहित प्रहरी हवल्दार राम सुमन चौधरी, सहायक हवल्दार शशी शाह, प्रहरी सहायक हवल्दार गंगाराम मल्ल, प्रहरी जवान विनोद केसी घुमुवाका रुपमा परिचालन छन् । जुवाडेहरुसँग मात्र होइन उनीहरुले तस्करसँग पनि रकम असुल्दै आएका छन् ।

समाचार बाहिर आएपछि एसपी कार्कीले घुमुवा प्रहरीसँग सोधपुछ गर्छन् । केरकार गर्छन्, तर खान पल्केका घुमुवा प्रहरीले आमा, छोराछोरी र भगवानको कसम खाएर एसपीलाई प्रभावित पार्दै आएका छन् । ‘एसपी सावको सोझोपनको फाइदा उठाउँदै मोटो रकम असुल्दै आएका छन् । चारैतर्फ हात फैलाएर मोटो रकम असुल्न भ्याएका छन्,’ एक प्रहरी अधिकृतले भने ।

Share253Tweet158SendShare
Previous Post

चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण अभियान, ‘राडर गन’ सहित ट्राफिक प्रहरी सडकमा

Next Post

आज तिहारको कुनै पर्व छैन : नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो
दुर्घटना

सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो

१२:२६ बिहान, जेष्ठ १७, २०८३
वर्षाअघि तटबन्ध निर्माण सम्पन्न गर्न प्रशासनको निर्देशन
मुख्य समाचार

वर्षाअघि तटबन्ध निर्माण सम्पन्न गर्न प्रशासनको निर्देशन

८:०६ बिहान, जेष्ठ १६, २०८३
बेवारिसे अवस्थामा राखिएको १६ क्विन्टल चिनी बरामद
अपराध

बेवारिसे अवस्थामा राखिएको १६ क्विन्टल चिनी बरामद

७:२० बिहान, जेष्ठ १६, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
मुख्य समाचार

नेपालगन्ज उपमहानगरमा सबैभन्दा बढी बेरुजु, जानकीको प्रतिशत उच्च

५:२८ बिहान, जेष्ठ १५, २०८३
साउनमै भयो योजना टेन्डर
मुख्य समाचार

समयमै काम नगर्दा खजुराका पाँच आयोजना ठेक्का रद्द

९:२४ बिहान, जेष्ठ १३, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
Next Post
आज तिहारको कुनै पर्व छैन : नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

आज तिहारको कुनै पर्व छैन : नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

पश्चिमी र स्थानीय वायुको प्रभाव, केही भूभागमा वर्षाको सम्भावना

नेपालगन्जको त्रिभुवन चोकमा धन्तेरसको रौनकः छठ र तिहारका किनमेलले बजार भरिभराउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?