
बाँके कार्तिक २६ गते । न्यानो घाममा चिसो भुलाउने उत्सव र महोत्सवहरु सुरु भएका छन् । ठूला चाडवाड सकिएसँगै सामाजिक, सांस्कृतिक र आर्थिक विषयसँग जोडिएका उत्सव महोत्सवको क्रम बढेको छ । बाँकेको बैजनाथ गाउँपालिका–५ को रामपुरमा कात्तिक पूर्णमामा लाग्ने पेडारी मेला सम्पन्न भएको छ ।
दुई दिनसम्म चलेको पेडारीमा मेलामा ऐतिहासिक तथा परम्परागत लोक नृत्य, सिङ्गारु नाच, लोकदोहोरी लगायतका लोक संस्कृतिको संरक्षणका लागि विभिन्न प्रस्तुतिहरु राखिएको थियो । नेपाली समाजमा आधुनिकता भित्रिएसँगै लोकसंस्कृति बोकेका परम्पराहरु संकटमा पर्न थालेका छन् । बैजनाथ गाउँपालिका ६ पार्वतीपुर टोलका उदय बहादुर भण्डारीले बताउनुभयो ।









Discussion about this post