ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

लुम्बिनीभर ट्राफिकः ३५ हजार बढी सवारीसाधन कारबाहीमा

News Desk by News Desk
१०:४४ मध्यान्ह, पुस ३, २०८१
लुम्बिनीभर ट्राफिकः ३५ हजार बढी सवारीसाधन कारबाहीमा
400
सेयर
399
VIEWS
ShareTweetSendShare

बाँके पुस ४ गते ।
लुम्बिनी प्रदेशभर ट्राफिक नियम उल्लंघन गर्ने ३५ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार चालू आर्थिक वर्षको असोज १ गतेदेखि मंसिर मसान्तसम्ममा प्रदेशभरका १२ जिल्लामा गरिएको ट्राफिक कारबाहीमा ३५ हजार ५०५ सवारीसाधन कारबाहीमा परेका हुन् ।

ट्राफिक प्रहरीले नियम उल्लंघन गरेर चलाएका सवारीसाधनबाट ४ करोड ३९ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले दिएको जानकारी अनुसार रुपन्देहीमा सबैभन्दा बढी १० हजार ५३० सवारीसाधन कारबाहीमा पर्दा १ करोड ४७ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरिएको हो भने अर्घाखाँचीमा सबैभन्दा कम सवारीसाधन कारबाहीमा परेका छन् । अर्घाखाँचीमा ५९६ कारबाहीमा पर्दा ७ लाख २४ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

सवारीसाधन कारबाही अन्तर्गत पश्चिम नवलपरासीमा २१ सय ४५ सवारीसाधन कारबाहीमा परेका छन् भने त्यहाँबाट २६ लाख १ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी कपिलवस्तुमा १८ सय ८९ सवारीसाधन कारबाहीमा पर्दा २४ लाख ४१ हजार जरिवाना वापतको राजस्व संकलन गरिएको छ । पाल्पामा ११ सय ७७ सवारीसाधनलाई कारबाही गर्दै ट्राफिक प्रहरीले १४ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

त्यसैगरी, गुल्मीमा १२ सय ९४ सवारीसाधनलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले १० लाख १४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको हो । जिल्ला ट्राफिक प्रहरीले दाङमा ४९ सय २१ सवारीसाधनलाई कारबाही गर्दा ५५ लाख ६ हजार ५०१ रुपैयाँ राजस्व संकलन गरेको हो । ट्राफिक नियम उल्लंघन गरेका सवारीसाधनलाई गरिएको कारबाहीमा लुम्बिनी प्रदेशमा बाँके दोस्रोमा रहेको छ । बाँकेमा ८३ सय ९५ सवारीसाधनलाई कारबाही गरिएको छ । जसमा ट्राफिक प्रहरीले ७३ लाख ४७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी

बर्दियामा पनि ट्राफिक प्रहरीले १७ सय १० वटा सवारीसाधनलाई कारबाही गर्दै १४ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । यस्तै प्यूठानमा ९ सय ९० सवारीसाधनलाई गरिएको कारबाहीमा १० लाख ८५ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ भने क्रमशः रोल्पा र पूर्वी रुकुममा ११ सय ५२ र ६२५ सवारीसाधन कारबाहीमा परेका छन् । जसबाट ट्राफिक प्रहरीले १३ लाख ४१ हजार ५ सय र ७ लाख ४१ हजार रुपैयाँँ राजस्व संकलन गरेको राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । त्यस्तै, गत असोज १ देखि मंसिर मसान्तसम्ममा भएका ३७८ सवारी दुर्घटनमा परी १४४ जनाको मृत्यु भएको छ ।

जस अन्तर्गत रुपन्देहीमा भएको ७३ दुर्घटनामा २६ जनाको मृत्यु भएको छ भने पश्चिम नवलपरासीमा ४३ दुर्घटनामा १४, कपिलवस्तुमा ५७ वटा दुर्घटनामा २१, पाल्पामा भएको १२ दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । गुल्मीमा ८ दुर्घटनामा २ र अर्घाखाँचीमा ५ दुर्घटनामा ५ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । त्यसैगरी, ६६ सवारी दुर्घटनाबाट दाङमा २५ जनाको मृत्यु हुँदा बाँकेमा ५३ सवारी दुर्घटनाम १९, बर्दियाको ४४ दुर्घटनाबाट १५, प्यूठानमा ७ दुर्घटना हुँदा २, रोल्पामा भएको ९ दुर्घटनामा ५ जनाको मृत्यु हुँदा पूर्वी रुकुममा भएको एउटा दुर्घटनामा २ जनाको मृत्यु भएको थियो भने प्रदेशभर सवारी दुर्घटनाबाट उक्त अवधिमा २७८ जना गम्भीर घाइते हुँदा ३०८ जना साधारण घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले प्रदेशभरमा २७ सय ६ पटक दिइएको जनचेतनामूलक कार्यक्रमतर्फ १ लाख १९ हजार १४८ जना सहभागी भएका थिए ।

ADVERTISEMENT
Share161Tweet100SendShare
Previous Post

अख्तिरयारमा बाँकेका ६१ उजुरीमा छानबिन

Next Post

मुहान नजिकैका बस्तीमा पानीको अभाव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी

१:४९ बिहान, चैत्र २४, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?
मुख्य समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

६:४२ बिहान, चैत्र २३, २०८२
किरण नालामा थप पुल निर्माण सुरु
प्रदेश समाचार

किरण नालामा थप पुल निर्माण सुरु

६:२६ बिहान, चैत्र २३, २०८२
Next Post
गेरुवामा पहिलो पटक शुद्ध पानी पुग्यो

मुहान नजिकैका बस्तीमा पानीको अभाव

२२ हजार क्विन्टलभन्दा बढी धान खरिद

धानखेती क्षेत्रफल घट्यो, उत्पादन बढ्यो

‘घुम्न जाउँ बर्दिया’ अभियान सुरु

‘घुम्न जाउँ बर्दिया’ अभियान सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?