ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

उचित कानुन नहुँदा जयेन्दु बाल सुधारगृहमा पटक पटक झडप : राज्यको फितलो कानुनले बालबन्दीका अगाडी सुरक्षाकर्मी निरिह

जावेद अन्सारी by जावेद अन्सारी
८:३३ बिहान, चैत्र ५, २०८१
उचित कानुन नहुँदा जयेन्दु बाल सुधारगृहमा पटक पटक झडप : राज्यको फितलो कानुनले बालबन्दीका अगाडी सुरक्षाकर्मी निरिह
528
सेयर
526
VIEWS
ShareTweetSendShare

बाँके चैत ५ गते ।
बाँकेको डुडुवा गाउँपालिका ६ स्थित जयेन्दु बाल सुधारगृहमा पटक पटक झडपको स्थिति आउने गरेको छ । बालबन्दी वीच झडप मात्र हुँदैन, सुधारगृहमा रहेका बालबन्दीले सुरक्षाका लागि खटिएका नेपाल प्रहरीमाथि पनि आक्रमण गर्दै आएका छन् ।

बाल विज्याइँ गरेका अभियुक्त र अपराध पुष्टि भएका १८ वर्षभन्दा कम उमेरकालाई यहाँ राख्ने कानुनी प्रावधान छ । मुद्धा किनारा नलागेका र कैद भुक्तानी गर्न बाँकी रहेकालाई यहाँ राख्ने गरिएको छ । पक्राउ पर्ने बेला १८ वर्ष मुनीका भए पनि कैद भुक्तानी र मुद्धा किनारा लाग्दासम्म कतिपय बालबन्दीको उमेर ३० वर्षभन्दा माथि हुने गरेको छ ।

एकै ठाउँमा धेरै समय बसेका र धेरै उमेर भएका बालबन्दीले आफूभन्दा कम उमेर तथा भर्खरै आएकालाई हेप्ने, काममा लगाउने, कुटपिट गर्ने, खान र सुत्न समेत नदिने गरेका कारण यहाँ समय–समयमा दुई पक्ष वीच झडप हुने गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए । ‘पुराना र उमेरमा ठूला बालबन्दीले सानालाई हेप्ने र सुधारगृह भित्र ग्रुप बनाएर अरुलाई भड्काउने गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

बाल सुधारगृहको सुरक्षाका लागि नेपाल प्रहरीको एउटा युनिट राखिएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा नेपाल प्रहरीको युनिट परिचालन भए पनि त्यहाँ खटिने प्रहरी बालबन्दीको सामु निरिह हुने गरेको छ । सुधारगृह सुरक्षार्थ खटिने प्रहरीले न त नेपाल प्रहरीको पोशाक लगाउन पाउँछन् न त हातहतियार नै राख्न पाउँछन् । जसका कारण त्यहाँ कार्यरत प्रहरी बालबन्दीको दवावमा बस्नु पर्ने बाध्यता छ । ‘हातहतियार त टाढाको कुरा भयो, प्रहरीले लाठीसमेत राख्न पाउँदैन । लाठीसमेत नहुने प्रहरीहरु सुधारगृहका बालबन्दी सामु निरिह बन्नु सिवाय अर्को उपाय छैन,’ एसपी कार्कीले भने ।

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

डेढ वर्षअघि बालबन्दीले जयेन्दु बाल सुधारगृहमा कार्यरत प्रहरी सहायक निरीक्षकलाई कुटपिट गरि घाइते बनाएका थिए । टाउकोमा गम्भिर चोट लागेका उनी बेहोर भई जमिनमा लडेपछि बालबन्दीले कुटपिट गर्न छाडेको प्रहरी श्रोतको भनाई छ । ‘बाल सुधारगृहका बालबन्दीको निर्देशनमा प्रहरी चल्नु पर्ने अवस्था छ । उनीहरुले भनेको नमान्ने र नगर्ने हो भने प्रहरीमाथि कुटपिट गर्ने, आफूसँग भएका बालबन्दीलाई उक्साएर तोडफोड गर्न लगाउने, बाहिर भाग्ने, कार्यालयमा तोडफोड गर्ने जस्ता हर्कत हुन्छन्,’ बाल सुधारगृहमा ६ महिना बसिसकेका एक सहायक प्रहरी अधिकृतले आप्mनो अनुभव सुनाए । ‘१८ वर्ष नपुगेका बालबन्दीलाई राख्न बनाइएको बाल सुधारगृहमा ३०–३५ वर्षसम्मका बन्दीलाई राख्दा लफडा हुने नै भयो,’ मानव अधिकारकर्मी भोला महतले बताए ।

उनले बाल सुधारगृहका लागि बनेको ऐन, कानुन परिमार्जन गरि नयाँ बनाउनु पर्ने बेला भएको बताए । १८ वर्ष मुनीका बालबन्दीलाई मात्र बाल सुधारगृहमा राख्ने र १८ वर्ष पूरा भएपछि कारागार पठाउने ब्यवस्था गर्न जरुरी छ,’ उनले भने, ‘बेलैमा ऐन, कानुन परिमार्जन नहुने हो भने अझै ठूला घटना नहोला भन्न सकिन्न । यसतर्फ बेलैमा ध्यान पुर्याउन आवश्यक देखिन्छ ।’

राज्यको नीतिका कारण डुडुवा गाउँपालिका ६ स्थित बाल सुधारगृहको ब्यवस्थापन फितलो हुँदा स्थानीयले समेत सास्ती खेप्न परेको छ । सुधारगृहबाट भागेका बालबन्दीहरु स्थानीयको घरमा लुकेर बस्दा स्थानीयले सास्ती खेप्न परेको हो । ‘बालबन्दी लुकेको आशंकामा प्रहरीले घर खानतलासी गर्छ । कतिपय अवस्थामा गाली गलौज समेत हुन्छ । हामी प्रहरी र बालबन्दी दुवै पक्षबाट पीडित छौँ,’ स्थानीय हेमन्तकुमार शर्माले भने ।

ADVERTISEMENT

डुडुवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष मोहनराम मिश्रले सुधारगृह ब्यवस्थित नगरि अहिलेको ठाउँमा संचालन गर्न नदिने स्पष्ट पारेका छन् । उनले भने, ‘सरकारले बाल सुधारगृहको राम्रो ब्यवस्थापन गर्न पर्यो । ब्यवस्थित भएन भने वडावासी आन्दोलनमा उत्रिन्छौँ,’ अध्यक्ष मिश्रले भने ।
बाल सुधार ब्यवस्थापनका लागि तीन वटै तहका सरकारले बेलैमा ध्यान दिन उनले आग्रह समेत गरेका छन् ।

Share212Tweet132SendShare
Previous Post

२५ करोड बढी रकमसहित लामा पक्राउ

Next Post

बाँकेबाट ४३ जना बालबन्दीले एसईई परीक्षा दिने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
Next Post
बाँकेबाट ४३ जना बालबन्दीले एसईई परीक्षा दिने

बाँकेबाट ४३ जना बालबन्दीले एसईई परीक्षा दिने

कर्णालीबाट ३८ हजार परीक्षार्थी सहभागी हुँदै

कर्णालीबाट ३८ हजार परीक्षार्थी सहभागी हुँदै

दाङमा मकै उत्पादन बढ्यो, तीन बाली मकैखेती

दाङमा मकै उत्पादन बढ्यो, तीन बाली मकैखेती

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:16 am5:54 pm +0545
Feels like: 25°C
Wind: 5km/h NNW
Humidity: 82%
Pressure: 1015.24mbar
UV index: 0
MonTueWed
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?