बाँके बैशाख १४ गते ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बाँके आउने भएका छन् । माओवादी केन्द्रले संचालन गरिरहेको तराई मधयेश जागरण अभियान अन्तगर्त प्रचण्ड सहितका केन्द्रीय नेताहरु बाँके आउन लागेका हुन् ।
जागरण अभियान अन्तर्गतको विशेष कार्यक्रमलाई सम्वोधन गर्न अध्यक्ष प्रचण्ड सहितका केन्द्रीय नेताहरु बाँके आउन लागेको नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक नरेन्द्र पाण्डेले जानकारी दिए ।
जनताको अधिकार, समानता र सुशासनका लागि लडिरहेका शक्तीहरुले बेथिति र भ्रष्टाचार विरुद्धको अभियानलाई सशक्त रुपमा अघि बढाउने उद्देश्यले आयोजना गरिएको उक्त सभामा जिल्लाबासीको उत्साहपूर्ण सहभागिता हुने संयोजक पाण्डेले दावी गरेका छन् ।













Discussion about this post