ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

News Desk by News Desk
२:२९ बिहान, असार २२, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
379
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके, असार २२ गते ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पश्चिम नेपालका बाँके, बर्दिया, रोल्पा, दाङ, प्युठानलगायत जिल्लामा विद्युत् आपूर्ति तथा वितरणको वर्तमान अवस्था, देखिएका समस्या र समाधानका उपायबारे जानकारी लिँदै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन्।

पश्चिम नेपालको भ्रमणका क्रममा नेपालगन्ज पुगेका मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजन कार्यालयमा पुगेर विद्युत् आपूर्ति तथा वितरणको अवस्थाबारे विस्तृत जानकारी लिँदै सरोकारवालासँग अन्तरक्रिया गरेका हुन्।

डिभिजन कार्यालय, प्रदेश कार्यालय तथा नेपालगन्ज वितरण केन्द्रका प्रमुखबाट जानकारी लिएपछि मन्त्री श्रेष्ठले पुराना वितरण संरचनाका कारण विद्युत् आपूर्तिमा पटक–पटक समस्या दोहोरिने गरेको उल्लेख गर्दै आगामी आर्थिक वर्षमै वितरण प्रणालीको स्तरोन्नति तथा सुदृढीकरणका लागि आवश्यक बजेट व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे।

उनले वितरण प्रणालीमा लामो समयदेखि अपेक्षित स्तरोन्नति हुन नसक्दा संरचनागत तथा प्राविधिक समस्या बढ्दै गएको बताए। सातौँ विद्युतीकरण आयोजना सम्पन्न भएपछि सन् १९९० यता वितरण सञ्जालमा उल्लेखनीय सुधार हुन नसकेको उल्लेख गर्दै उनले बढ्दो विद्युत् मागअनुसार पूर्वाधार विस्तार हुन नसकेको बताए।

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

मन्त्री श्रेष्ठका अनुसार वार्षिक रूपमा करिब १५ प्रतिशतका दरले विद्युत् माग वृद्धि भइरहेका बेला पुरानो संरचनाबाट बढ्दो लोड व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ। कोहलपुर राष्ट्रिय ग्रिड तथा टनकपुर आपूर्तिको अन्तिम बिन्दुमा रहेको वितरण प्रणाली, स्विचिङ प्रणालीका चुनौती, नजिकै विद्युत् उत्पादन केन्द्रको अभाव, न्यून भोल्टेजको समस्या तथा निर्माणाधीन न्यू नेपालगन्ज सबस्टेशन समयमै सञ्चालनमा आउन नसक्दा विद्युत् आपूर्तिको गुणस्तर प्रभावित भएको उनले बताए।

उनले फिडर ओभरलोड, पटक–पटक हुने ट्रिपिङ तथा जीर्ण वितरण संरचनाका कारण उपभोक्ताले अपेक्षाअनुसारको गुणस्तरीय सेवा पाउन नसकेको पनि उल्लेख गरे।

अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले आगामी गर्मीयामअघि निर्माणाधीन न्यू नेपालगन्ज सबस्टेशन सञ्चालनमा ल्याउन आवश्यक समन्वय र सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै नेपालगन्जमा आवश्यक क्षमताका थप ट्रान्सफर्मर उपलब्ध गराइने जानकारी दिए।

ADVERTISEMENT

साथै, वितरण सञ्जालको क्षमता अभिवृद्धि, पुराना लाइन तथा कन्डक्टरको स्तरोन्नति, आवश्यक स्थानमा नयाँ फिडर विस्तार तथा प्रभावकारी लोड व्यवस्थापनका कार्यक्रमलाई उच्च प्राथमिकताका साथ अघि बढाइने उनले प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका प्रमुख मनोज यादव, लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख दीपक गौतम तथा नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले विद्युत् आपूर्ति तथा वितरणको वर्तमान अवस्था र विद्यमान समस्याबारे मन्त्रीलाई जानकारी गराएका थिए।

सो अवसरमा स्थानीयवासीले पनि विद्युत् वितरण सेवामा देखिएका समस्या, अनियमित आपूर्ति तथा न्यून भोल्टेजलगायत विषयमा मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए।

Share152Tweet95SendShare
Previous Post

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

Next Post

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

घुससहित वन अधिकृत पक्राउ

२:२७ बिहान, असार २४, २०८३
राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो
मुख्य समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

४:५३ बिहान, असार २३, २०८३
Next Post
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

बर्दियामा फरार दुई प्रतिवादी पक्राउ

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?