ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ७० करोड विनियोजन

News Desk by News Desk
१२:३८ बिहान, जेष्ठ २१, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ७० करोड विनियोजन
401
सेयर
387
VIEWS
ShareTweetSendShare

दाङ जेठ २१ गते ।
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चार सय बेडको अस्पताल भवन निर्माणका लागि ७० करोड बजेट विनियोजन भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा प्रतिष्ठानको चार सय बेडको अस्पताल भवन निर्माणका लागि सो रकम बजेट विनियोजन गरेको हो ।

आर्थिक वर्ष ०८२–०८३ मा विनियोजन गरेको ७० करोड र गत वर्षको मौजाद रकम १७ करोड गरेर प्रतिष्ठानसँग करिब ८७ करोड रुपैयाँ बजेट रहेको र उक्त बजेटबाट अस्पतालको भवन निर्माणको प्रक्रिया सुरु गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको चार सय बेडको नयाँ भवन निर्माणका लागि चार अर्ब ५१ करोडको लागत स्टिमेट तयार भएको र आगामी वर्षका लागि बजेट सुनिश्चितता गर्दै अस्पताल भवन निर्माणको प्रक्रिया सुरु गरिने प्रतिष्ठानका रजिस्ट्रार श्याम लम्सालले जानकारी दिएका छन् ।

‘प्रतिष्ठानको चार सय बेडको अस्पताल भवन निर्माणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो ९६ अर्बको बजेट सिलिङभित्र पारेर प्रतिष्ठानका लागि ७० करोड रुपैयाँ विनियोजन गरेको छ’, प्रतिष्ठानका रजिस्ट्रार लम्सालले गोरक्षसँग भने,‘अस्पताल निर्माणका लागि मन्त्रालयसँग स्वीकृतिसँगै आगामी वर्षका लागि बजेटको स्रोत सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया थाल्छौँ ।’ यी सबै प्रक्रिया सकेर आगामी साउनभित्रै भवन निर्माणका लागि टेन्डर निकाली सक्ने तयारीमा आफूहरू रहेको उनले बताए ।

रजिस्ट्रार लम्सालका अनुसार स्रोत सुनिश्चितता भएपछि प्रतिष्ठानकै ट्राफिक चोकमा भएको करिब दुई बिघा जग्गामा भवन निर्माणको काम सुरु हुनेछ । रजिस्ट्रार लम्सालले प्रतिष्ठानको अस्पताल भवन निर्माणका लागि बजेट विनियोजन गरिदिने स्वास्थ्यमन्त्री प्रदीप पौडेल र अर्थमन्त्री विष्णु पौडेलप्रति आभार व्यक्त गरेका छन् । प्रतिष्ठानले अहिले शैक्षिक कार्यक्रम अन्तर्गत एमबिबिएस, बिएसी नर्सिङ, बिएनएस कक्षालगायतका विषयमा अध्यापन गराउँदै आएको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीका लागि प्रयोगात्मक अभ्यास गर्नका लागि चार सय बेडको अस्पताल आवश्यक भए पनि अहिले प्रतिष्ठानले तीन सय २२ बेडबाट सेवा दिदै आएको छ र विद्यार्थीले त्यही आफ्नो प्रयोगात्मक अध्ययन गर्दै आएका छन् । प्रतिष्ठानले सामुदायिक सेवा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान चार सय बेडको अस्पताल निर्माणका लागि ७० करोड विनियोजन अन्तर्गतसमेत विभिन्न स्थानीय तहसँग सहकार्य गरेर सेवा दिँदै आएको छ ।

प्रतिष्ठानबाट जनशक्ति, प्रदेश सरकारबाट उपकरण र सम्बन्धित स्थानीय तहबाट बजेटको व्यवस्था गरेर रोल्पाको रुन्टिगढी गाउँपालिकाको होलेरी स्वास्थ्यचौकीबाट सुरु भएको सामुदायिक स्वास्थ्य सेवा अहिले रोल्पाकै त्रिवेणी गाउँपालिकाबाट समेत सुरु भएको उनले बताए ।

ADVERTISEMENT
Share169Tweet97SendShare
Previous Post

गुल्मीमा शिक्षक पाउनै मुस्किल

Next Post

नरैनापुरका ३५० परिवारलाई लालपूर्जा वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
Next Post
नरैनापुरका ३५० परिवारलाई लालपूर्जा वितरण

नरैनापुरका ३५० परिवारलाई लालपूर्जा वितरण

कोमामा गइसकेको राजतन्त्र फर्किने कुनै सम्भावना छैन : उपेन्द्र यादव

कोमामा गइसकेको राजतन्त्र फर्किने कुनै सम्भावना छैन : उपेन्द्र यादव

जाजरकोटका भूकम्पपीडित अझै टिनको छानामुनि

जाजरकोट भूकम्प : विस्तृत सर्भेकै छैन टुंगो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?