ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

तस्करका पहरेदार प्रहरी, साइगाउँ नाका प्रहरीको ‘मालखाना’

News Desk by News Desk
८:३७ बिहान, मंसिर ९, २०८२
तस्करका पहरेदार प्रहरी, साइगाउँ नाका प्रहरीको ‘मालखाना’
492
सेयर
491
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ९ गते ।
बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसी भन्सार छलीका सामान नियन्त्रण अभियानमा छन् । भन्सार छलेर ल्याइएका कैयौं अवैध सामान नेपालगन्जबाट बरामद भइरहेको पनि छ ।

उनले सिमा नाकामा भएका मातहतका प्रहरी कार्यालयलाई अवैध सामान नियन्त्रण गर्न कडा निर्देशन समेत दिएका छन् ।

अवैध रुपमा सामान भित्रिएको फेला पर्ने वित्तिकै कारवाही गर्ने उर्दी जारी गरि कमी कमजोरी गर्नेलाई सजाय समेत दिँदै आएका छन् । उनको निर्देशनपछि केहि प्रहरी कार्यालयले अवैध सामान नियन्त्रणमा कडाई गरेका छन् ।

फलस्वरुप उक्त नाकाबाट अवैध सामान ओसार पसारमा कमी आएको छ, तर साईगाउँ सिमा नाकामा रहेका प्रहरी चौकीले तस्करलाई सघाएपछि तस्करहरु निर्वाध रुपमा सामान ओसार्न ओसारी रहेका छन् ।

सम्बन्धित समाचार

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

लागुऔषध कारोबारी पक्राउ गर्न ३ राउण्ड गोली प्रहार

फितलो प्रहरी प्रशासन र खुला सीमा नाकाको फाइदा उठाउँदै तस्करहरुले उक्त नाकाबाट अवैध तस्करीलाई तीब्र पारेका छन् । पछिल्लो समय साईगाउँ नाका हुँदै तस्करी बढेको प्रत्यक्षदर्शी बताउँछन् ।

सशस्त्र प्रहरी बिओपी बढैया, प्रहरी चौकी साईगाउँ र प्रहरी चौकी बेलभारको मिलोमतोमा तस्करले साईगाउँ क्षेत्रबाट निर्वाध रुपमा अवैध समान ओसार पसार गरेको प्रत्यक्षदर्शीको भनाई छ ।

राजस्व चुहावट नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा त्यस क्षेत्रमा तस्करी मौलाएको स्थानीयको भनाई छ । अवैध तस्करी नियन्त्रणसँगै अपराधका बारेमा सूचना लिन परिचालन भएका जिल्ला प्रहरीको घुमुवा टोली आउने सूचना पाउने वित्तिकै प्रहरी चौकी साईगाउँ र प्रहरी चौकी बेलभारका प्रहरीले तस्करलाई सूचना दिने गरेको एक तस्करले नाम उल्लेख नगर्ने शर्तमा अनलाइन खोजखवरलाई जानकारी दिए । ‘जिल्ला प्रहरीको घुमुवा आउने सूचना पाउने वित्तिकै प्रहरी चौकीका केही प्रहरीहरुले आज सामान नल्याउन भनेर सूचना दिने गरेकाछन्,’ ति तस्करले भने ।

ADVERTISEMENT

तस्करी नियन्त्रणका लागि सीमा नाकामा खटिएका सुरक्षाकर्मीहरु तस्करसँग मोटो रकम लिएर सघाएपछि राज्यको करोडौँ राजस्व गुमिरहेको सीमा क्षेत्रका बासिन्दाको भनाई छ । ‘प्रहरी चौकीका इन्चार्जहरु नै तस्करसँग मिलेपछि कसैको केहि लाग्दैन,’ तस्करले भने, ‘जिल्लाको घुमुवा आउने सूचना पाउने वित्तिकै हामी पनि सजग हुन्छौँ । आज हुने काम भोली गर्छौँ ।’

भारतबाट ल्याउने सामानलाई चेकजाँच गरेर मात्रै नेपाल भित्रिन दिने व्यवस्था छ, तर साईगाउँ सीमा नाकाबाट दैनिक लाखौँका अवैध सामान नेपाल भित्रिरहेको प्रत्यक्ष देख्न सकिन्छ ।

तस्करहरुले कपडा, हार्डवेर, टायल, खाद्यवस्तु (चिनी, चामल, दाल), सुर्तीजन्य पदार्थ, तरकारी, ब्रोइलर कुखुरा, नेपालमा प्रतिवन्धित मंगुर माछा भित्र्याइरहेको स्थानीयले बताए । भारतबाट अवैध रुपमा ल्याएको सामान तस्करहरुले साईँगाउँमा भण्डारण गरि दिउँसो र रातीको समयमा नेपालगन्ज ल्याउने गर्दछन् । ‘सशस्त्र प्रहरीको बढैया विओपी र नेपाल प्रहरीलाई लाइन दिएर तस्करहरुले रातारात भारतबाट अवैध सामान भित्र्याउँछन्,’ एकजना स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘तस्करहरुले साईँगाउँ नाकाबाट दैनिक ५० लाखभन्दा बढीको सामान भित्र्याएको अनुमान छ ।

नाकामा खटिएका सुरक्षाकर्मीहरु तस्करीको सामान देखेर पनि नदेखे झैँ गर्छन् । प्रहरीको कार्यशैली देखेर हामी अचम्मित भएका छौँ ।’ स्थानीयका अनुसार तस्कर र घुमुवा प्रहरी छुट्टाउन गाह्रो हुने गरेको छ । तस्करहरुले रातिको ११ बजेदेखि विहानको ५ बजेसम्म सामान भित्र्याउने गरेको साईँगाउँ सीमा क्षेत्रका स्थानीयको आरोप छ । सशस्त्रका बिओपी इन्चार्ज र प्रहरी चौकीका इन्चार्जलाई महिनावारी र तल्लो दर्जालाई सामानको अवस्था तथा मूल्य हेरेर पाँच सयदेखि एक हजार रुपैयाँसम्म लाइन दिने गरेको स्वयम तस्करहरुको भनाई छ ।

तस्करहरुले रातीको समयमा ठुलो परिमाणमा भन्सार छली गरेर साईँगाउँमा भण्डारण गर्ने र पछि एकमुष्ट नेपालगन्ज ल्याउने गरेको खुलासा भएको छ । ‘साईगाउँमा भण्डारण गरेको समान रातीको समयमा अटो रिक्सा, मोटरसाइकल र साइकलमा नेपालगन्ज ल्याउँछौँ,’ एक तस्करले अनलाइन खोजखवरसँग भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीले लाइन लिएपछि अरुले रोक्ने कुरै भएन । निर्धक्कसँग सामान ल्याउँछौँ ।’

सशस्त्र प्रहरी र नेपाल प्रहरीले नेपालगन्जस्थित जमुनाह नाकामा कडाई गरेपछि अन्य सहायक नाकाबाट सामान भित्र्याउन सहयोग गरिरहेको खुल्नमा आएको छ । ‘नेपालगन्ज नाकामा कडाई गरिएपछि तस्करहरु सहायक नाकाबाट तस्करी गर्न थालेका छन्,’ एक प्रत्यक्षदर्शीले भने ।

जसका कारण तस्कर र सुरक्षाकर्मीलाई फाइदा भएको छ । तस्करहरुले साईँगाउँ प्रहरी चौकीलाई मासिक लाखौँ रुपैयाँ महिनावारी बुझाउने गरेका छन् ।

बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले तस्करलाई सहयोग नगर्न र तस्करसँग रकम लिएको पाइए कडा कारवाही गर्ने मातहतका प्रहरीलाई निर्देशन समेत दिएका छन् । उनले मातहतका प्रहरीलाई घुस नखान र खानेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । ‘एसपी सावले निर्देशन कार्यान्वयन भए नभएको सुक्ष्म तरिकाले निरीक्षण गर्न जरुरी छ,’ एक प्रहरी अधिकृतले भने, ‘एसपी सावले घुस नखान र खानेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएर चोरी निकासीलाई शुन्यमा झार्ने प्रतिवद्धता जनाउनु भएको छ । यो राम्रो हो ।’

नेपाल–भारत सीमा अन्तरगत बाँकेको साईगाउँ, नरैनापुर, खडैचा, हिरमिनिया कालाबन्जार, भज्जुपुरुवा, नयाँ वस्ती, बढैया, सैनिक लगायतका सहायक नाका चोरी तस्करीका लागि प्रमुख सहायक नाका मानिन्छन् ।

Share197Tweet123SendShare
Previous Post

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

Next Post

खजुरामा डेढ किलोमिटर सडक चार लेन बन्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

१२:०० बिहान, बैशाख १४, २०८३
नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात
अपराध

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

७:०१ बिहान, बैशाख १३, २०८३
लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते
अपराध

लागुऔषध कारोबारी पक्राउ गर्न ३ राउण्ड गोली प्रहार

९:२१ बिहान, बैशाख १२, २०८३
सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद
अपराध

सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद

१:५० बिहान, बैशाख १२, २०८३
अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद
अपराध

अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद

१:०२ मध्यान्ह, बैशाख ११, २०८३
खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ
अपराध

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

२:१९ बिहान, बैशाख ११, २०८३
अपराध

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

२:३६ बिहान, बैशाख ६, २०८३
चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद
अपराध

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

१२:३५ मध्यान्ह, बैशाख ३, २०८३
Next Post
खजुरामा डेढ किलोमिटर सडक चार लेन बन्ने

खजुरामा डेढ किलोमिटर सडक चार लेन बन्ने

नख्खु कारागारबाट फरार करणी मुद्दाका तीन कैदी पक्राउ

बाल सुधारगृहका ४० बालबन्दी अझै फरार

राप्तीनदी पुलको ५० प्रतिशत निर्माण सकियो

राप्तीनदी पुलको ५० प्रतिशत निर्माण सकियो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?