ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

इस्तियाकलाई कारवाही गरिएको हो, भ्रममा नपरौं : जसपा अध्यक्ष राई

News Desk by News Desk
७:१० बिहान, माघ २०, २०८२
इस्तियाकलाई कारवाही गरिएको हो, भ्रममा नपरौं : जसपा अध्यक्ष राई
997
सेयर
996
VIEWS
ShareTweetSendShare

बाँके माघ २० गते ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले इस्तियाक राईले पार्टीलाई धोका दिएकाले कारवाही गरिएको स्पष्ट पारेका छन् । पार्टीका महासचिव समेत रहेका इस्तियाकलाई चुनाव जित्नका लागि राजनीतिमा अनैतिक कार्य गरेकाले कारवाही गरिएको अध्यक्ष राईले अनलाइन खोजखवरलाई बताए । राईका अनुसार पार्टीको आधिकारिक निर्णय र सिद्धान्तलाई चुनौती दिने गतिविधि सहन नसकिने भन्दै उनले इस्तियाक राईको कदमलाई पार्टीप्रतिको विश्वासघातका रुपमा व्याख्या गरेका छन् ।

अध्यक्ष राईले भने, “पार्टी छाडेको छैन भन्ने, तर एमाले अध्यक्ष केपी ओलीबाट सूर्य चिन्ह लिएर चुनाव लड्न आउने कार्य राजनीतिमा अनैतिक मात्र होइन, पार्टी अनुशासनमाथिको ठाडो प्रहार हो ।” बाँके क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार इस्तियाक आफु जसपाको महासचिव नै भएको भन्दै नेता तथा कार्यकर्तालाई भ्रम पार्दै आएका छन् । यसअघि जसपा नेपालबाट चुनाव जितेका कतिपय जनप्रतिनिधिहरुलाई पनि इस्तियाकले भ्रममा पार्दै आफ्नो चुनावी अभियानमा हिडाएका छन् । तर पार्टीको निर्णय विपरीत कार्य गर्ने नेता तथा कार्यकर्तामाथि जसपाको केन्द्रीय नेतृत्वले भने निगरानी बढाएको छ ।

पार्टी हित विपरीत कार्य गरे उनीहरुलाई कारवाही गरिने पार्टीका केन्द्रीय कार्यालय सचिव योगराज लिम्वुले अनलाइन खोजखवरलाई बताए । कार्यकर्तालाई भ्रम पार्दै हिडेपछि इस्तियाकलाई सोमवार नै जसपाको साधारण सदस्य समेत नरहने गरी पार्टीले कारवाही गरिसकेको छ । जसपा केन्द्रीय कार्यालय सचिव लिम्बुले भने, “पार्टी हित विपरीत काम गर्ने नेता तथा कार्यकर्तामाथि केन्द्रीय नेतृत्वले निगरानी बढाएको छ । पार्टी अनुशासन उल्लंघन गर्ने कार्य स्वीकार्य छैन ।” नेपालगन्जमा रहेको जसपाको पार्टी कार्यालयमा अहिले सूर्य चिन्ह अंकित इस्तियाकको फोटोसहितको नेकपा एमाले प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.२ बाँके निर्वाचन परिचालन सम्पर्क कार्यालयको बोर्ड टाँसिएको छ । यसअघि उक्त ठाउँमा जसपाको वोर्ड राखिएको थियो । जसपाले नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालसँग संयुक्त रूपमा आगामी फागुन २१ गते हुने निर्वाचनमा एकीकृत चुनाव चिन्ह जाँतो (चकिया) लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । तर इस्तियाकले पार्टीको आधिकारिक निर्णयविपरीत नेकपा (एमाले) को चुनाव चिन्ह “सूर्य” बाट उम्मेदवारी दर्ता गराएर चुनावी प्रतिस्पर्धामा छन् । इस्तियाक राईको कदमप्रति पार्टीका धेरै सक्रिय कार्यकर्ता असन्तुष्ट देखिएका छन्। उनीहरूले चुनाव जित्ने उद्देश्यले जुनसुकै पार्टीसँग सहकार्य गर्ने प्रवृत्तिले पार्टीको विचार र संगठन कमजोर हुने आशंका व्यक्त गरेका छन्। स्थानीयका अनुसार, यस्ता घटनाले पार्टीभित्रको एकता र संगठनात्मक मजबुतीमा दीर्घकालीन असर पार्न सक्छ । विशेषगरी मधेस केन्द्रित राजनीतिमा आधारित दलहरूका लागि कार्यकर्ता र मतदाताबीच विश्वास कायम राख्नु पर्ने ठाउँमा इस्तियाकले त्यसलाई धोका दिएको कार्यकर्ताहरु बताउँछन् ।

यो समाचार पनि पढ्नुहोस् ।

जाँतो छाडेर सूर्य समातेपछि कारबाही : जसपाले आफ्नै महासचिव राईलाई पार्टीबाट हटायो

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

नेपालगन्ज उपमहानगरमा सबैभन्दा बढी बेरुजु, जानकीको प्रतिशत उच्च

ADVERTISEMENT
Share399Tweet249SendShare
Previous Post

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

Next Post

८० हजार सेना मैदानमा, फागुन २१ को चुनाव सुरक्षामा कडाइ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
मुख्य समाचार

नेपालगन्ज उपमहानगरमा सबैभन्दा बढी बेरुजु, जानकीको प्रतिशत उच्च

५:२८ बिहान, जेष्ठ १५, २०८३
साउनमै भयो योजना टेन्डर
मुख्य समाचार

समयमै काम नगर्दा खजुराका पाँच आयोजना ठेक्का रद्द

९:२४ बिहान, जेष्ठ १३, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन
मुख्य समाचार

नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन

११:३३ बिहान, जेष्ठ १२, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

१:१८ बिहान, जेष्ठ १२, २०८३
Next Post
८० हजार सेना मैदानमा, फागुन २१ को चुनाव सुरक्षामा कडाइ

८० हजार सेना मैदानमा, फागुन २१ को चुनाव सुरक्षामा कडाइ

पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु

ट्याक्टरबाट खसेर युवकको मृत्यु

निर्वाचनमा मतदाताले चार मतपत्रमा मतसङ्केत गर्नुपर्ने

मतदाता परिचयपत्र नभए पनि भोट हाल्न पाइने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?