ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

News Desk by News Desk
९:४४ बिहान, चैत्र २५, २०८२
572
सेयर
572
VIEWS
ShareTweetSendShare

बाँके चैत २५ गते ।
२२ वर्षीय सिर्जना बुढामगर चैत १४ गते राति करिव १२ वजे नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा जलेको अवस्थामा फेला परिन् । जलेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी टोलीले उनलाई उपचारका लागि तत्काल भेरी अस्पताल पु¥याएको थियो। तर, चिकित्सकले केहिबेरमै मृत घोषणा गरे ।

उक्त घटना अझैँ सेलाएको छैन । उक्त घटनाले सिर्जनका परिवारको साथै स्थानीय स्तब्ध छन् । पीडामा डुबेको परिवार न्यायको प्रतीक्षामा छ । अनुसन्धानमा खटिएको बाँके प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन गम्भिरताका साथ शुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको जनाएको छ ।

‘घटनासँग सम्बन्धित महत्वपूर्ण सामग्रीहरू काठमाडौंस्थित प्रहरी विधि प्रयोगशालामा पठाइएको छ । मृतक सिर्जना र उनका प्रेमी आरिफ ढपालीको मोवाइल फोनलगायत सामग्रीको वैज्ञानिक परीक्षण भइरहेको छ,’ बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले भने, ‘हामी प्रमाण र तथ्यका आधारमा निष्पक्ष अनुसन्धान गरिरहेका छौँ । कुनै पनि दबाब वा प्रभावमा पर्ने प्रश्न नै उठ्दैन ।’
विधि प्रयोगशालाको रिपोट र अनुसन्धानपछि मात्र हत्या हो वा अन्य कारण हो भन्ने एकिन गर्न सकिने उनले बताए । ‘स्पष्ट निष्कर्षमा पुग्न सबै कोणबाट गहिरो अनुसन्धान भइरहेको छ । अहिले नै यो या त्यो भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘प्रहरी कसैको दवाव र प्रभावमा नपरी शुक्ष्म तरिकाले अनुसन्धान गरी राखेको छ । प्रहरीको अनुसन्धानमा पीडित परिवारको साथ र सहयोगको खाँचो छ ।’

पीडित परिवारले न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएपछि सिर्जनाको शव अझैँ भेरी अस्पतालमा राखिएको छ । सिर्जनामाथि योजनाबद्ध रूपमा पेट्रोल छर्किएर हत्या गरिएको आफन्तको दावी छ । ‘सिर्जनाको आत्महत्या नभई हत्या हो,’ सिर्जनाका एक आफन्तले भनिन्, ‘न्याय नपाएसम्म शव बुझ्ने कुरै आउँदैन ।’

सम्बन्धित समाचार

बाँकेमा खाद्य ऐन उल्लङ्घन : एक व्यवसायीलाई एक वर्ष कैद, अर्कालाई ५० हजार जरिवाना

बर्दियामा १८ लाखभन्दा बढीका तरबुजको बीउ र चिनियाँ लसुन बरामद

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ

घटनाले सिर्जनाको परिवार मात्र होइन, सिंगो समुदायलाई मर्माहत बनाएको छ । घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारवाहीको माग स्थानीयले समेत गरेका छन् ।

चैत १४ गते राति करिब ११ः३५ बजे जलेको अवस्थामा फेला परेकी सिर्जनालाई उपचारका लागि तत्काल भेरी अस्पताल लगिएको थियो । तर, चैत १५ गते बिहान १ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । पीडित परिवारले पेट्रोल छर्केर सिर्जनाको हत्या गरिएको दावी गरिरहेका बेला भेरी अस्पतालले पनि जलेर मृत्यु भएको पोस्टमार्टम रिपोर्ट दिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–८, रानीतलाउ नजिकै डेरा गरी बस्दै आएकी सिर्जनाको शव उनीसँग ‘लिभिङ टुगेदर’ मा बस्दै आएका नेपालगन्ज–१२, कोरियनपुरका आरिफ ढपालीको घर नजिकै फेला परेको थियो । मृतकका आफन्तले घटनामा आरिफको प्रत्यक्ष संलग्नता भएको आरोप लगाउँदै आएका छन् ।
घटना लगत्तै आरिफ फरार भएका थिए । उनलाई बाँके प्रहरीले अर्को दिन पक्राउ गरेको थियो । उनीसँगै उनका परिवारका सदस्यलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको बाँके प्रहरी प्रवक्ता समेत रहेका डिएसपी पातलीले बताए ।

ADVERTISEMENT

घटनापछि फरार भएका अन्य दुई जनाको पनि खोजी भइरहेको उनले बताए । ‘घटनाका सबै पक्षलाई समेट्दै प्रहरीले घटनाको जरासम्म पुग्ने प्रयास जारी राखेको छ,’ डिएसपी पातलीले भने ।
उनले थप अनुसन्धान गर्न पक्राउ परेकाहरुको दुई पटक म्याद थप भइसकेको बताए । अनुसन्धान नसकिएकोले चैत २७ गते तेस्रो पटक म्याद थप गर्ने तयारी गरिएको उनले बताए । ‘अनुसन्धान पूरा भएपछि मात्रै विस्तृत तथ्य सार्वजनिक गर्ने पक्षमा छौँ,’ उनले भने, ‘दोषी जोसुकै भए पनि कानुनको कठघरामा उभ्याइनेछ । प्रहरीको अनुसन्धानमा शंका नगर्न बाँके प्रहरी सवै पक्षसँग आग्रह गर्दछ ।’

यो समाचार पनि पढ्नुहोस्

सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति

Share229Tweet143SendShare
Previous Post

संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

Next Post

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
अपराध

बाँकेमा खाद्य ऐन उल्लङ्घन : एक व्यवसायीलाई एक वर्ष कैद, अर्कालाई ५० हजार जरिवाना

८:१७ बिहान, साउन १२, २०८३
बर्दियामा १८ लाखभन्दा बढीका तरबुजको बीउ र चिनियाँ लसुन बरामद
अपराध

बर्दियामा १८ लाखभन्दा बढीका तरबुजको बीउ र चिनियाँ लसुन बरामद

२:०७ बिहान, साउन १२, २०८३
चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ
अपराध

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ

१:३६ बिहान, साउन १२, २०८३
नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन
मुख्य समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

६:५० बिहान, साउन ११, २०८३
जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा
मुख्य समाचार

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

२:४४ बिहान, साउन ११, २०८३
बाँके राष्ट्रिय निकुञ्जमा बाघले बढायो पर्यटक
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

६:३० बिहान, साउन १०, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
Next Post
डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?