ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

News Desk by News Desk
१२:५९ बिहान, जेष्ठ ३०, २०८३
दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
403
सेयर
403
VIEWS
ShareTweetSendShare

बाँके, जेठ ३० गते।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको सादा पोसाकको टोलीले दुई दिनको अवधिमा बाँके र बर्दियाका विभिन्न स्थानमा सञ्चालन गरेको निगरानी तथा चेकजाँच अभियानका क्रममा भन्सार छली गरी नेपाल भित्र्याइएका करिब १५ लाख ८९ हजार रुपैयाँ बराबरका सामान तथा एक सवारी साधन बरामद गरेको छ।

प्रहरीका अनुसार जेठ २८ गते बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ स्थित जमुनाह दशगजा क्षेत्रमा रहेको एक होटलबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइ बेवारिसे अवस्थामा राखिएको १३० थान लेडिज सुट पिस बरामद गरिएको थियो। उक्त सामानको अनुमानित मूल्य एक लाख ३० हजार रुपैयाँ रहेको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय जयसपुर, बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ।

सोही दिन बर्दियाको बाँसगढी नगरपालिका–४, मटेरिया क्षेत्रमा पनि बेवारिसे अवस्थामा राखिएका विभिन्न कपडा तथा दरी बरामद गरिएको छ। बरामद सामग्रीमा ६० थान तन्ना, १०० थान सादा साडी, २३ थान हरियो धोती र २० थान दरी रहेका छन्। ती सामग्रीको अनुमानित मूल्य एक लाख ९६ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामान थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय मोतिपुर, बर्दियामा पठाइएको छ।यसैगरी जेठ २९ गते बिहान बाँकेको खजुरा गाउँपालिका–७, गुनाना चोक क्षेत्रमा प्रहरीले भन्सार छली गरी ल्याइएको पेय पदार्थसहित एक गाडी नियन्त्रणमा लिएको छ। बर्दियाको गुलरिया नगरपालिका–११ निवासी २४ वर्षीय अहमद खानले चलाएको भे १ ख ४०३८ नम्बरको फोर्स गाडीबाट विभिन्न परिमाणका माउन्टेन डिउ बरामद गरिएको हो।

बरामद पेय पदार्थमा २.२५ लिटरका १४४ बोतल, ७५० मिलिलिटरका १९१ बोतल तथा ४०० मिलिलिटरका १७८ बोतल माउन्टेन डिउ रहेका छन्। गाडीसहित बरामद सामग्रीको कुल अनुमानित मूल्य १२ लाख ६३ हजार २४० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको गाडी र सामान आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धनौली, बाँकेको जिम्मा लगाइएको छ।

सम्बन्धित समाचार

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

प्रहरीले सीमा नाकाबाट हुने अवैध आयात तथा भन्सार छली नियन्त्रणका लागि निगरानी र विशेष अभियानलाई निरन्तरता दिइएको जनाएको छ। दुई दिनको अवधिमा भएका यी कारबाहीबाट सीमा क्षेत्रमा अवैध कारोबार नियन्त्रणमा प्रहरी सक्रिय रहेको देखिएको छ।

ADVERTISEMENT
Share161Tweet101SendShare
Previous Post

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

Next Post

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
दाङमा लुकाइराखेका आठ नाल भरुवा बन्दुक बरामद
अपराध

दाङमा लुकाइराखेका आठ नाल भरुवा बन्दुक बरामद

५:२२ बिहान, भदौ ३०, २०८३
लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप

३:५४ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

९:२७ बिहान, भदौ २८, २०८३
एक करोड १४ लाखका मोबाइल पाट्र्ससहित पिकअप बरामद
अपराध

एक करोड १४ लाखका मोबाइल पाट्र्ससहित पिकअप बरामद

४:०३ बिहान, भदौ २६, २०८३
Next Post
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?