ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

News Desk by News Desk
१:०० बिहान, असार २०, २०८३
बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
398
सेयर
398
VIEWS
ShareTweetSendShare

बाँके, असार २० गते ।
बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा स्वास्थ्यसम्बन्धी शैक्षिक योग्यता र कानुनी अनुमति नभएका व्यक्तिले बिरामी जाँच्ने, औषधि सिफारिस गर्ने तथा बिक्री–वितरण गर्ने कार्य अझै रोकिएको छैन। सरकारी स्वास्थ्य संस्थाको पहुँच कमजोर रहेका केही गाउँमा यस्ता अवैध गतिविधि निरन्तर सञ्चालन भइरहेको पाइएको छ।

विशेषगरी नरैनापुर, डुडुवा र जानकी गाउँपालिकाका भारतसँग सीमा जोडिएका बस्तीमा बिरामीलाई सरकारी स्वास्थ्य चौकी लैजानुको सट्टा घरभित्र सञ्चालन गरिएका अवैध औषधि पसल तथा तथाकथित ‘क्लिनिक’मा पु¥याइने गरिएको स्थानीयको भनाइ छ। त्यहाँ स्वास्थ्यसम्बन्धी कुनै मान्यताप्राप्त योग्यता वा कानुनी अनुमति नभएका व्यक्तिले बिरामीको स्वास्थ्य परीक्षण गर्ने, औषधि सिफारिस गर्ने र बिक्री गर्ने गरेको पाइएको छ।

यही क्रममा नेपालगञ्जस्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयले गरेको अनुगमनमा जानकी गाउँपालिका–१ जोगाउगाउँमा करिब डेढ दशकदेखि अवैध रूपमा सञ्चालन हुँदै आएको औषधि पसल फेला परेको छ।

अनुगमनका क्रममा औषधि बिक्रीसँगै बिरामीको उपचारसमेत गर्दै आएका ६३ वर्षीय पञ्चलाल भुजुवा पक्राउ परेका छन्। औषधि व्यवस्था विभाग नेपालगञ्ज र सुरक्षाकर्मीको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

सम्बन्धित समाचार

१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ

एक सातामै बाँकेमा २२ फरार प्रतिवादी पक्राउ

नेपालगन्जका मुख्य सडक र चोकमा फेरि बढ्यो छाडा चौपायाको समस्या

औषधि व्यवस्था विभाग, नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक दीपेन्द्रकुमार साहका अनुसार प्रारम्भिक अनुसन्धानबाट भुजुवासँग स्वास्थ्यसम्बन्धी कुनै मान्यताप्राप्त शैक्षिक योग्यता नरहेको खुलेको छ। उनले आफ्नै घरलाई औषधि पसलका रूपमा प्रयोग गर्दै करिब १५ वर्षदेखि लुकिछिपी औषधि बिक्री र बिरामीको उपचार गर्दै आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

अनुगमनका क्रममा घरबाट करिब ४० प्रकारका औषधि रहेको तीन कार्टुन बरामद गरिएको विभागले जनाएको छ। ती औषधि बिक्रीका लागि सञ्चय गरिएको प्रारम्भिक निष्कर्ष रहेको र बरामद औषधिको गुणस्तर, म्याद तथा कानुनी स्रोतबारे थप अनुसन्धान भइरहेको निरीक्षक साहले जानकारी दिए।

उनका अनुसार पछिल्लो समय विभागले ग्रामीण क्षेत्रमा सञ्चालन भइरहेका अवैध औषधि पसल तथा कानुनी अनुमति बिना स्वास्थ्य सेवा प्रदान गर्ने व्यक्तिमाथि निगरानी र अनुगमनलाई तीव्र बनाएको छ।

ADVERTISEMENT

बाँकेको नरैनापुर गाउँपालिकामा केही वर्षअघि नक्कली चिकित्सकबाट गरिएको उपचारका कारण दुई जनाको मृत्यु भएको घटना सार्वजनिक भएको थियो। त्यसपछि केही समय स्वास्थ्य सुरक्षाबारे बहस भए पनि अहिले पुनः गाउँमा अयोग्य व्यक्तिबाट स्वास्थ्य परीक्षण र औषधि वितरण भइरहेको स्थानीय अगुवा सोहनलाल यादव बताउँछन्।

उनका अनुसार सरकारी नियामक निकायको प्रभावकारी उपस्थितिको अभाव, स्वास्थ्य सेवामा सहज पहुँच नहुनु तथा जनचेतनाको कमीका कारण ग्रामीण बासिन्दा अझै पनि यस्ता अवैध स्वास्थ्य सेवामा निर्भर हुन बाध्य छन्।

उपभोक्ता अधिकारकर्मी प्रभातकुमार ठकुरीले छिटफुट कारबाही मात्र पर्याप्त नहुने बताए। उनले नियमित अनुगमन, कडा कानुनी कारबाही, ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार र स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिलाई सँगसँगै अघि बढाउन आवश्यक रहेको धारणा व्यक्त गरे।

Share159Tweet100SendShare
Previous Post

सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर

Next Post

दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ
अपराध

१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ

३:०० बिहान, भदौ २, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

एक सातामै बाँकेमा २२ फरार प्रतिवादी पक्राउ

२:३१ बिहान, भदौ २, २०८३
छाडा चौपायाले दुर्घटना निम्त्याउँदै, सवारी आवागमनमा समस्या
मुख्य समाचार

नेपालगन्जका मुख्य सडक र चोकमा फेरि बढ्यो छाडा चौपायाको समस्या

२:१९ बिहान, भदौ २, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन

१:२१ मध्यान्ह, भदौ १, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ
अपराध

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

२:४८ बिहान, भदौ १, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
Next Post
दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु

दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु

बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ

बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?