ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

News Desk by News Desk
१:१२ बिहान, साउन १६, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
383
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके, साउन १६ गते ।
वर्षायाम सुरु भएसँगै पश्चिम राप्ती नदीको सतह बढ्दा बाँकेका नदी तटीय बस्तीमा यसअघि त्रास बढ्थ्यो। रातभर नदी हेरेर बस्नुपर्ने, घरमा पानी पस्ने हो कि भनेर चिन्ता गर्नुपर्ने र खेतीयोग्य जमिन कटानमा पर्ने समस्या स्थानीयका लागि हरेक वर्ष दोहोरिन्थ्यो।

तर पछिल्ला वर्षमा नदी किनारमा स्थायी तटबन्ध निर्माण हुन थालेपछि राप्तीसोनारीदेखि नरैनापुर र डुडुवासम्मका केही बस्तीमा बाढी र कटानको जोखिम घटेको स्थानीयले बताएका छन्।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, लमही दाङका अनुसार पश्चिम राप्ती नदीको तटीय क्षेत्रमा हालसम्म विभिन्न कार्यक्रममार्फत करिब दुई हजार पाँच सय मिटर स्थायी तटबन्ध निर्माण गरिएको छ। तटबन्ध निर्माणपछि नदीको कटान नियन्त्रण हुनुका साथै खेतीयोग्य जमिन र नदी किनारका बस्ती संरक्षणमा सहयोग पुगेको कार्यालयको दाबी छ।

आयोजना प्रमुख निश्चल छत्कुलीका अनुसार राप्तीसोनारी गाउँपालिका–२ मा मात्रै करिब दुई सय बिघा खेतीयोग्य जमिन संरक्षण भएको छ। उक्त क्षेत्रमा तटबन्ध निर्माण भएपछि नदी कटान र डुबानको जोखिम विगतको तुलनामा घटेको उनले बताए।

सम्बन्धित समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

“तटबन्ध निर्माण भएका क्षेत्रमा नदीको कटान र बाढीबाट हुने जोखिम घटेको छ,” छत्कुलीले भने, “नदी नियन्त्रणसँगै खेतीयोग्य जमिन र बस्ती संरक्षणमा पनि यसको प्रभाव देखिन थालेको छ।”

उनका अनुसार एसियाली विकास बैंक (एडिबी)को सहयोगमा राप्तीसोनारी–२ मा दुई हजार पाँच मिटर तटबन्ध निर्माण गरिएको छ। विपद् व्यवस्थापन कार्यक्रमअन्तर्गत दुई सय मिटर तथा नेपाल सरकारको लगानीमा एक सय ३० मिटर तटबन्ध निर्माण भएको छ।

त्यसैगरी राप्तीसोनारी–७ को खल्लाझगडियामा पाँच सय मिटर र डुडुवा गाउँपालिकाको होलियामा दुई सय २० मिटर तटबन्ध निर्माण गरिएको कार्यालयले जनाएको छ।

ADVERTISEMENT

तटबन्ध निर्माणसँगै राप्तीसोनारीका कचनापुर, महादेवा, मदुई, फत्तेपुर र खल्लाझगडियालगायतका नदी तटीय बस्तीमा बाढी र कटानको जोखिम घटेको स्थानीयको भनाइ छ। नरैनापुर गाउँपालिका–५ र ६ का नदी किनारका बस्तीमा पनि तटबन्धले जोखिम न्यूनीकरणमा सहयोग पु¥याएको छ।

राप्तीसोनारी–७ का वडाध्यक्ष रामलखन थारूका अनुसार केही वर्षअघिसम्म वर्षायाममा नदीमा पानीको सतह बढेपछि स्थानीयवासी रातभर जाग्राम बस्ने गरेका थिए। तटबन्ध निर्माणपछि भने बाढीको त्रास केही कम भएको उनले बताए।

“पहिले पानी बढेपछि रातभर नदी हेरेर बस्नुपर्ने अवस्था थियो,” थारूले भने, “अहिले तटबन्ध बनेपछि त्यस्तो डर केही कम भएको छ। तर सबै जोखिमयुक्त क्षेत्रमा तटबन्ध नपुगेकाले समस्या पूर्ण रूपमा समाधान भएको छैन।”

पश्चिम राप्ती नदीको बाढी र कटान बाँकेका नदी तटीय बस्तीका लागि पुरानै समस्या हो। हरेक वर्ष नदीको धार परिवर्तन र कटानका कारण खेतीयोग्य जमिन बगरमा परिणत हुने तथा बस्ती डुबानमा पर्ने गरेको छ। कतिपय स्थानमा नदीले खेत कटान गर्दा किसानले वर्षौंदेखि गर्दै आएको खेतीसमेत गुमाउने गरेका छन्।

स्थायी तटबन्ध निर्माणले तत्कालीन जोखिम घटाए पनि नदी नियन्त्रणका लागि दीर्घकालीन योजना आवश्यक रहेको स्थानीयको भनाइ छ। उनीहरूले निर्माण भएका तटबन्धको नियमित मर्मतसम्भारसँगै बाँकी जोखिमयुक्त क्षेत्रमा पनि तटबन्ध विस्तार गर्न माग गरेका छन्।

आयोजना कार्यालयले पनि पश्चिम राप्तीको तटीय क्षेत्रमा नदी नियन्त्रण, कृषि भूमि संरक्षण र बस्ती सुरक्षालाई प्राथमिकतामा राखेको जनाएको छ। नदीको बहाव, कटानको अवस्था र जोखिमका आधारमा थप संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेको कार्यालयको भनाइ छ।

स्थायी तटबन्धले राप्ती किनारका बासिन्दालाई तत्कालको बाढी र कटानबाट राहत दिए पनि नदीसँगै बसोबास गरिरहेका समुदायको दीर्घकालीन सुरक्षा भने अझै चुनौतीकै रूपमा छ। तटबन्धसँगै नदीको बहाव व्यवस्थापन, जोखिमयुक्त बस्तीको संरक्षण र नियमित निगरानीलाई निरन्तरता दिन सके मात्रै पश्चिम राप्तीको बाढीबाट हुने क्षति दीर्घकालीन रूपमा न्यूनीकरण गर्न सकिने स्थानीयको अपेक्षा छ।

Share153Tweet96SendShare
Previous Post

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

Next Post

सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
Next Post
सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’

सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते

चन्द्रौटामा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?