काठमाडौें, साउन १९ गते ।
नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भुक्तानी रकमको कमिसनमा बार्गेनिङ गर्दै सेवाग्राहीसँग पटक–पटक घुस मागेर दुःख हैरानी दिएको भन्दै तामाङविरुद्ध उजुरी परेको थियो।
उजुरीका आधारमा अनुसन्धान अघि बढाएको आयोगको टोलीले तामाङलाई काठमाडौं महानगरपालिका–१६, बालाजुबाट सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका तामाङविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन विशेष अदालतबाट म्याद थप गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।










Discussion about this post