ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग

News Desk by News Desk
१२:५७ बिहान, भदौ २५, २०८३
सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके, भदौ २५ गते ।
बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकाको सीमामा पर्ने सिधनियाघाटस्थित राप्ती नदीमा निर्माणाधीन पुललाई १ हजार १४० मिटर लामो बनाउन स्थानीयले माग गरेका छन्।

अहिले त्यहाँ ७०० मिटर लामो र ११ मिटर चौडा पुल निर्माण भइरहेको छ। स्थानीयले भने पुलले राप्ती नदीको पूरै बहाव क्षेत्र समेट्न नसक्ने भन्दै थप ४४० मिटर पुल निर्माण गर्नुपर्ने बताएका छन्।

सिधनियाघाटमा यसअघि २०६२ सालमा ३५० मिटर लामो एक लेनको पक्की पुल निर्माण गरिएको थियो। अहिले सोही स्थानमा अर्को पुल निर्माण भइरहेको हो।

राप्तीसोनारी–६ का स्थानीय प्रदीपकुमार पौडेलले पुल निर्माणको सुरुमै लम्बाइ निर्धारणमा त्रुटि भएको बताए। उनका अनुसार डीपीआर तयार गर्दा नदीको वारपारको भूभाग अध्ययन गरेर १ हजार १४० मिटर पुल आवश्यक पर्ने भनिएको थियो।

सम्बन्धित समाचार

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

‘डीपीआर तयार गर्दा स्थानीयसँग छलफल र सरसल्लाह गरिएको थिएन,’ उनले भने, ‘अहिले ७०० मिटरको मात्र पुल निर्माण भइरहेको छ। नदीको बहाव क्षेत्र हेर्दा पुल १ हजार १४० मिटरकै हुनुपर्छ।’

अर्का स्थानीय कबीर बुढाथोकीले राप्ती नदीको बहावका कारण बर्सेनि कटान र डुबानको समस्या हुने गरेको बताए।

उनका अनुसार नदी सिधनियाघाटसम्म पूर्वबाट आएर त्यहाँबाट मोडिँदै पुनः पूर्वतिर बग्ने गरेको छ। नदीको बहावलाई ध्यान नदिई पुलको लम्बाइ घटाउँदा आसपासका बस्ती र खेतीयोग्य जमिन जोखिममा पर्ने उनले बताए।

ADVERTISEMENT

‘हरेक वर्ष नदीले स्थानीयको जमिन कटान र डुबान गर्ने गरेको छ,’ उनले भने, ‘पुलले नदीको पूरै बहाव क्षेत्र समेट्नुपर्छ।’

राप्तीसोनारी–६ की वडा सदस्य लक्ष्मी थारुले पुल निर्माणपछि बाँकी रहने ४४० मिटर क्षेत्रमा ड्याम वा रिभर ट्रेनिङ बनाउने योजना भए त्यसले स्थानीयको समस्या समाधान नगर्ने बताइन्।

उनका अनुसार उक्त क्षेत्रमा अहिले किसानले विभिन्न फलफूललगायतका खेती गर्दै आएका छन्। ‘त्यहाँ ड्याम बनाउँदा किसानको जमिन प्रभावित हुन्छ,’ उनले भनिन्, ‘नदीको बहावमा पनि असर पर्न सक्छ।’

राप्तीसोनारी–६ का वडाध्यक्ष लवराज खरेलले राप्ती नदीको बाढीका कारण विगतमा ठूलो क्षति भएको बताए। उनका अनुसार २०७० र २०७४ सालको बाढीमा यस क्षेत्रमा धनजनको क्षति भएको थियो।

‘पुलको पूरा भाग १ हजार १४० मिटर नै निर्माण गर्नुपर्छ,’ उनले भने, ‘अहिले ७०० मिटरको पुल निर्माण भइरहेको छ। बाँकी ४४० मिटरमा रिभर ट्रेनिङ बनाउने भनिएको छ। यसले कटान र डुबानको समस्या समाधान गर्नुको सट्टा जोखिम झन् बढाउन सक्छ।’

डुडुवा–५ का वडाध्यक्ष झङ्कबहादुर थापाले पनि ७०० मिटरको मात्र पुल निर्माण गर्दा यसको उद्देश्य पूरा नहुने बताए। बाँकी क्षेत्रमा ड्याम निर्माण गर्दा भविष्यमा थप जोखिम निम्तिन सक्ने उनको भनाइ छ।

‘नदीको पूरै बहाव क्षेत्र समेट्ने गरी पुल निर्माण गर्नुपर्छ,’ उनले भने, ‘बाँकी भागमा ड्याम बनाउँदा स्थानीयले अपेक्षित सुविधा पाउँदैनन्।’

हाल निर्माणाधीन पुल लुम्बिनी–रौताहा वन्दना भगवती जेभी कन्स्ट्रक्सन प्रालिले निर्माण गरिरहेको छ। भ्याटसहित १ अर्ब १९ करोड रुपैयाँमा २०७९ माघ ४ गते ठेक्का सम्झौता भएको हो।

निर्माण कम्पनीले २०८४ असार ४ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने कार्यालयले जनाएको छ।

Share149Tweet93SendShare
Previous Post

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?