ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

News Desk by News Desk
७:१८ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
383
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके, भदौ २५ गते ।
रसुवा–भोटेकोसी नदीमा आएको बाढीमा परी सम्पर्कविहीन बाँकेको कोहलपुरका एक दम्पतीका तीन सन्तानलाई भारतको उत्तर प्रदेशस्थित एक समाजसेवी परिवारले आर्थिक सहयोग गरेको छ।

कोहलपुर नगरपालिका–१२ का वीरेन्द्र जोशी र उनकी श्रीमती सत्या जोशी भदौ १० गतेदेखि सम्पर्कविहीन छन्। रसुवागढी नाकामा पार्किङ व्यवस्थापनको काम गर्दै आएका उनीहरू बाढीपहिरोमा परेपछि सम्पर्कविहीन भएका हुन्।

अभिभावक नै सम्पर्कविहीन भएपछि उनीहरूका तीन सन्तानको सहयोगका लागि भारतको उत्तर प्रदेश, लखिमपुर खिरीस्थित गोला गोकर्णनाथका समाजसेवी केशवराम अग्रवाल परिवार अघि आएको हो।

अग्रवाल परिवारले भारतीय एक लाख रुपैयाँ सहयोग गरेको हो। नेपाली रुपैयाँमा करिब एक लाख ६० हजार बराबर हुने उक्त सहयोगमध्ये तत्काल एक लाख रुपैयाँ जोशी परिवारलाई हस्तान्तरण गरिएको छ।

सम्बन्धित समाचार

बाँकेमा एक महिनामै १०५ सवारी दुर्घटना, तीव्र गतिका कारण ६ जनाको मृत्यु

दुर्गम गाउँमा अटो रिक्सा, आवागमन सहज

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

अग्रवालले आफ्ना छोरा मधुर र अमित अग्रवालमार्फत नेपालगन्जका वरिष्ठ सुनचाँदी व्यवसायी सकिल अहमद जसगढसँग समन्वय गरी रकम पठाएका थिए। जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको रोहबरमा श्री नेपाल ज्वेलर्सका सञ्चालक जसगढले जोशी परिवारलाई एक लाख रुपैयाँ हस्तान्तरण गरे।

जोशी दम्पतीका जेठा छोरा सन्तोष आफ्ना मामासहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए। उनले सहयोग रकम बुझेका हुन्।

परिवारलाई तत्काल नगद आवश्यक देखिएकाले पहिलो चरणमा एक लाख रुपैयाँ हस्तान्तरण गरिएको जसगढले बताए।

ADVERTISEMENT

‘परिवारलाई तत्काल आवश्यक परेकाले एक लाख रुपैयाँ नगद हस्तान्तरण गरिएको हो,’ जसगढले भने, ‘बाँकी ६० हजार रुपैयाँ बराबरको सहयोग आवश्यक सामग्री खरिदमा खर्च गरिनेछ।’

जोशी दम्पतीका तीन सन्तानमध्ये जेठा सन्तोषले प्लस टु अध्ययन पूरा गरेका छन्। बहिनी सुनीता स्वास्थ्य विज्ञानमा उच्च शिक्षा अध्ययनको तयारीमा छिन् भने भाइ सुनील कक्षा ८ मा अध्ययनरत छन्।

अभिभावक सम्पर्कविहीन भएपछि दुई साना सन्तानको पढाइ निरन्तरता दिनसमेत समस्या हुने देखिएको छ। उनीहरूको शिक्षामा सहयोग पु¥याउने विषयमा अग्रवाल परिवारसँग समन्वय भइरहेको जसगढले बताए।

‘साना दुई बच्चाको अध्ययन खर्चमा समेत सहयोग गर्न सकिने गरी दातासँग समन्वय भइरहेको छ,’ उनले भने।

जडीबुटी कारोबारमा संलग्न अग्रवाल परिवारले विपद्मा परेका परिवारलाई सहयोग गर्न इच्छुक अन्य परिवारसँग समेत समन्वय गरी मानवीय सेवामा सहकार्य गर्ने इच्छा व्यक्त गरेको जसगढले बताए।

जसगढ स्वयंले पनि यसअघि प्रधानमन्त्री राहत कोषमा दुई लाख ११ हजार रुपैयाँ सहयोग गरिसकेको जानकारी दिए।

Share153Tweet96SendShare
Previous Post

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

Next Post

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

बाँकेमा एक महिनामै १०५ सवारी दुर्घटना, तीव्र गतिका कारण ६ जनाको मृत्यु

६:५९ बिहान, कार्तिक ९, २०८३
नेपालगन्जमा नियमविपरीत चलेका ३९७ ई–रिक्सा नियन्त्रणमा
मुख्य समाचार

दुर्गम गाउँमा अटो रिक्सा, आवागमन सहज

१:३४ बिहान, कार्तिक ९, २०८३
लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह
अन्तर्राष्ट्रिय

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

२:१४ बिहान, कार्तिक ८, २०८३
तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ
मुख्य समाचार

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ

१२:०८ बिहान, कार्तिक ८, २०८३
थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव
कृषि

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

१:१३ बिहान, कार्तिक ७, २०८३
अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन
मुख्य समाचार

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

११:०० मध्यान्ह, कार्तिक ५, २०८३
नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा
मुख्य समाचार

नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा

९:५१ बिहान, कार्तिक ५, २०८३
Next Post
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

ब्रिक्स सम्मेलनले दिल्लीको जनजीवन प्रभावित, सडकमा कडा सुरक्षा

ब्रिक्स सम्मेलनले दिल्लीको जनजीवन प्रभावित, सडकमा कडा सुरक्षा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
20°
Clear
6:25 am5:39 pm +0545
Feels like: 20°C
Wind: 3km/h NNE
Humidity: 94%
Pressure: 1013.55mbar
UV index: 0
TueWedThu
31°C / 18°C
31°C / 21°C
28°C / 20°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?