ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

ललिता निवास प्रकरणमा को कस्ले पाए छुट

News Desk by News Desk
१०:०२ बिहान, माघ २४, २०७६
383
सेयर
383
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

काठमाडौँ माघ २४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा १७५ जनामाथि मुद्दा दायर र्गयो । अख्तियारको दाबीअनुसार तीमध्ये ११० ललिता निवास प्रकरणमा को कस्ले पाय छुट
जना कुनै न कुनै रूपमा ‘कसुरदार’ हुन् भने ६५ जना ‘जग्गा जफत गर्ने’ प्रयोजनका लागि प्रतिवादी बनाइएका हुन ।
यस प्रकरणमा जोडिएका केही व्यक्तिविरुद्ध भने मुद्दा नचलेपछि आम छलफलको विषय बनेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले अख्तियारको अभियोजनमा पूर्वाग्रह झल्किएको आरोप लगाएको छ ।
अधिवक्ता बालकृष्ण नेउपानेले दायर गरेको रिट निवेदनमाथिको व्याख्याका क्रममा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहसहित पाँच सदस्यीय इजलासले ‘मन्त्रिपरिषद्को नीतिगतनिर्णय अख्तियारको क्षेत्राधिकारमा नपर्ने’ व्याख्या गरेको थियो । कानुनी व्यवस्था र नजिरका बावजुद ललिता निवासमा मन्त्रिपरिषद्बाट भएका निर्णय नीतिगत हुन् कि होइनन् भनेर हेर्ने ठाउँ अख्तियारलाई बाँकी थियो, जसमा ऊ प्रवेश गर्नै चाहेन ।
अख्तियारले आफ्नो निर्णयमा भनेको छ, ‘मन्त्रिपरिषद्का नीतिगत निर्णयहरू आयोगको क्षेत्राधिकारभित्र पर्ने नदेखिएको हुँदा तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान भए पनि निजहरूका हकमा केही गरिरहनुपरेन ।’ लाउडा विमान भाडा प्रकरणमा अख्तियारले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई ‘मन्त्रिपरिषद्का आडमा जथाभाबी निर्णय नगर्न’ सचेत गराएको थियो । यसपटक अख्तियार त्योभन्दा पनि एक कदम पछाडि बसेको छ ।
ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपालको मन्त्रिपरिषद्ले दुईवटा र बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले एउटा निर्णय गरेको थियो । दुवै निर्णयका आधारमा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएका थिए । मन्त्रिपरिषद्ले गर्ने कुनै पनि नीतिगत निर्णय आफ्नो क्षेत्राधिकारमा नपर्ने कानुनी व्यवस्था र सर्वोच्च अदालतको नजिरसमेतका आधारमा अख्तियारले नेपाल र भट्टराईलाई नछुने निर्णय र्गयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ४ मा मन्त्रिपरिषद् बैठकले सामूहिक रूपमा गरेको नीतिगत निर्णयमाथि आयोगले छानबिन गर्न नसक्ने व्यवस्था छ ।
तत्कालीन मुख्यसचिव माधव घिमिरेलाई समेत अख्तियारले भ्रष्टाचार मुद्दा चलाएन । घिमिरेले सार्वजनिक जग्गा मोहीलाई बाँड्ने र मोहीसम्बन्धी निर्णय मालपोत कार्यालयबाट गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेका थिए । उनले ती प्रस्तावका कानुनी वैधतामा समेत ध्यान दिएनन् । त्यति मात्रै होइन, उनले सचिवहरूको बैठकमा निर्देशन दिएको भनी तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्न्यातले टिप्पणी उठाएका थिए । दुर्घटनामा दिवंगत भइसकेकाले मानवीय संवेदना जोडिने भएर होला, अख्तियारको आरोपपत्रमा तत्कालीन मुख्यसचिव घिमिरेको भूमिकाबारे केही उल्लेख छैन ।
समरजंग कम्पनीको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा दर्ता गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले सैद्धान्तिक स्वीकृति दिएको थियो । मन्त्रिपरिषद्का मुख्यसचिव लीलामणि पौड्यालले चाहेको भए प्रस्ताव रोकिन्थ्यो वा निर्णय हुँदैनथ्यो भन्ने तर्क पनि आएका छन् । उनले सार्वजनिक रूपमा ‘कानुनी प्रक्रिया नपुगेका र बदनियत देखिएका कतिपय प्रस्ताव आफूले फर्काइदिएको’ भाषण गर्ने गरेका थिए तर पशुपति टिकिन्छा गुठीको निर्णय उनले प्रमाणीकरण गरेका छन् । ‘मन्त्रालयले सबै कागजात मिलाएर ल्याएको देखिन्छ अनि म मुख्यसचिव हुनुभन्दा पहिले दर्ता भएको प्रस्ताव रहेछ,’ कान्तिपुरसँगको प्रतिक्रियामा उनले भनेका छन, ‘अरू अवस्थामा मन्त्रिपरिषद्का निर्णयमा मुख्यसचिव दोषी हुँदैनन् भने म कसरी यो निर्णयमा मुछिनुपर्ने ?’ मन्त्रिपरिषद्को निर्णय प्रमाणित गरी मातहतका निकायमा पत्राचार गर्दा मात्रै भूमिका देखिएको र बदनियत नभेटिएको भन्दै अख्तियारले पौड्यालमाथि मुद्दा चलाएन ।
अख्तियारले २०४९ सालमा ११२ रोपनी सरकारी जग्गा राणा परिवारका नाममा गएको घटनामा मालपोतका कर्मचारीमाथि मुद्दा चलाएको छ । त्यही जग्गा लिएबापत राणा परिवारले विभिन्न व्यक्तिलाई जग्गा बकस गरी ‘घूस’ दिएको भेटिएको छ । तत्कालीन शाखा अधिकृत सुधीरकुमार शाहले पत्नी उर्मिलाका नाममा जग्गा लिएका थिए । अर्का तत्कालीन शाखा अधिकृत गेहनाथ भण्डारीले पत्नी भुवनकुमारी र सासू सोदाकुमारी चापागाईंका नाममा जग्गै घूस लिएका थिए । उर्मिला शाहले बयानमा आफूले जग्गा खरिद गर्दा श्रीमान् भक्तपुर मालपोत कार्यालयको शाखा अधिकृत रहेको बताएकी छन् भने भुवनकुमारी चापागाईंले आफूले जग्गा किन्दा श्रीमान् योजना आयोगको शाखा अधिकृत रहेको बताइन् । अभियोगपत्रको तालिकामा समेत उनीहरूका पतिको नाम जोडिएको छ तर अख्तियारले तत्कालीन शाखा अधिकृतद्वय शाह र भण्डारी दुवैलाई प्रतिवादी बनाएको छैन । ‘कि त पति वा नातेदारलाई पनि मुद्दा चलाउनुपर्ने,’ विशेष अदालत स्रोतले भन्यो, ‘होइन भने तालिकामा उनीहरूको नाता जोडेर ती कर्मचारीको नाम हाल्न नहुने ।’ शाहले सहसचिवबाट अवकाश भएर निर्वाचन आयुक्तको कार्यकालसमेत पूरा गरिसकेका छन् भने भण्डारी सहसचिवबाट अवकाश पाएका व्यक्ति हुन् ।

ललिता निवासमा शाहको सक्रियता यत्तिमै टुंगिँदैन । उनी तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको प्रमुख निजी सचिवमा नियुक्त भए । दरबारका तत्कालीन सैनिक सचिव विवेककुमार शाहकै जोडबलमा नाताले भाइ पर्ने उनलाई निजी सचिव बनाइएको थियो किनभने २०५४ सालमा चन्दलाई प्रधानमन्त्री बनाउने बेलामा दरबारको शुभेच्छा थियो । तत्कालीन प्रधानमन्त्री चन्दको निजी सचिव भएका बेला शाहले प्रधानमन्त्री निवासभित्रको जग्गा बाहिर पारेर बालुवाटारको पर्खाल भत्काएर फेरबदल गरे । समरजंग कम्पनीका सहायक लेखापाल विनोद पौडेल पनि भ्रष्टाचारको आरोपबाट उम्किए । जग्गा ‘बकस’ लिएकी उनकी श्रीमती विद्या पौडेल गौतमले भ्रष्टाचार मुद्दा खेपे पुग्ने भयो । तत्कालीन भूमिसुधार अधिकारी उमानाथप्रसाद ज्ञवाली यो प्रकरणमा भ्रष्टाचार मुद्दा दायर नभएका अर्का व्यक्ति हुन्। ज्ञवालीले ११२ रोपनी जग्गा राणा परिवारका नाममा फिर्ता भएपछि त्यसमा मोही पनि कायम हुने भनी फैसला गरिदिए । व्यक्तिका नाममा दर्ता भइसकेको जग्गामा मोही कायम गर्ने निर्णय गरे पनि प्रत्यक्ष रूपमा सरकारी जग्गा हानि भएको नदेखिएका आधारमा उनीमाथि मुद्दा चलेन । भूमाफिया भनी किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदीको प्रभावमा परेर उनले निर्णय गरेलगत्तै थप ६ रोपनी जग्गा ‘घूस’ स्वरूप बकसपत्र भयो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बिचौलिया भनिएका रामनाथ घिमिरे र रामकल्याण अधिकारीले राणा परिवारबाट उक्त जग्गा हात पारे । पछि ज्ञवालीकै निर्णय तत्कालीन पुनरावेदन अदालत पाटनले सदर र्गयो। नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन र तत्कालीन अधिवक्ता कुमार रेग्मीले प्रत्यक्ष रूपमा ललिता निवासको सरकारी जग्गा आफ्ना नाममा ल्याएका थिएनन् । व्यक्तिका नाममा दर्ता भइसकेको जग्गा उनीहरूले राजीनामामार्फत किनेको मालपोत कार्यालयको अभिलेखबाट देखिन्थ्यो । अख्तियारले यसरी जग्गा किन्ने सबैलाई जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाए पनि पौडेल र रेग्मीलाई छुट दियो ।
अख्तियारका अनुसार उनीहरूले आयोगको अनुसन्धान अधिकृतसमक्ष गरेको बयान तथा आयोगसमक्ष पेस गरेको निवेदनमा आफ्ना नाममा कायम रहेका जग्गा सरकारलाई छाडिदिन मञ्जुर गरेकाले मुद्दा दायर नगरिएको हो। अख्तियारको यो निर्णय आफैंमा अर्थपूर्ण छ । भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका ६५ जनामाथि कसुर र सजाय मागदाबी गरेको अख्तियारले पौडेल र रेग्मीको सम्पत्ति जफत हुनुपर्छ भनी दाबी मात्रै गरेको छ । पौडेललाई प्रतिवादी बनाउँदा कुनै न कुनै रूपमा ‘विष्णु पौडेलका छोरालाई भ्रष्टाचार मुद्दा लागेको’ भन्ने सन्देश जान्थ्यो। अर्कातर्फ प्रतिवादी बनाइएको भए नवीनसमेत ६५ जना प्रतिवादीसरह तिनको म्याद तामेली, तारिख, बयानजस्ता मुद्दा–मामिलाको झमेलामा कम्तीमा २र३ वर्ष अल्झिनुपर्ने हुन्थ्यो ।
सर्वोच्च अदालतका बहालवाला न्यायाधीश कुमार रेग्मी झनै अप्ठेरो अवस्थामा थिए । जफतकै प्रयोजनका लागि भए पनि भ्रष्टाचार मुद्दामा प्रतिवादीको सूचीमा नाम हुँदा उनको पद धरापमा पर्थ्यो । त्यसमाथि ललिता निवासका प्रमुख प्रतिवादी मीनबहादुर गुरुङले बयानमा जग्गा खरिदबिक्रीमा आफ्नो साथमा रेग्मी पनि संलग्न भएको बताएका थिए । त्यस्तो अवस्थामा जग्गा फिर्ता गर्ने निर्णय रेग्मीका लागि सुरक्षित हुने उपाय थियो । ‘मालपोतमा गएर आफ्नो जग्गा सरकारकै नाममा बकस गरिदिएको अवस्थामा प्रतिवादी नबनाउनु ठिकै हो,’ लामो समय अख्तियारमा बसेका एक सरकारी वकिलले भने, ‘फिर्ता गर्ने कागज गरेकै भरमा प्रतिवादीको सूचीमा नपर्नु त गजबै भयो नि, होइन र ?’ अख्तियारको आरोपपत्रअनुसार पौडेल र रेग्मी दुवै जनाले सरकारलाई जग्गा फिर्ता गरेको नभई ‘छाडिदिन मञ्जुरसम्म भएको’ देखिन्छ । जबकि उनीहरूले चाहँदा एक दिनमै मालपोत कार्यालयमा गएर जग्गा फिर्ता गर्न सम्भव हुन्छ । कान्तिपुको लागी कृष्ण ज्ञावलीको समचार

ADVERTISEMENT
Share153Tweet96SendShare
Previous Post

लिटरको २ सय ५० रुपैयाँमा गौमुत्रलाई औषधि बनाएर विक्री वितरण

Next Post

तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी टोली आश्रममा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post

तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी टोली आश्रममा

रहस्यमय हत्यामा संलग्न दुई जनालाई प्रहरीले गर्यो सार्वजनिक

बस र जिप एकआपसमा ठोकिँदा १ को मृत्यु ७ घाईते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?