बाँके चैत १० गते । बाँके डुडुवा गाउँपालिका अन्र्तगत सिमा नाकामा स्थापना गरिएको हेल्प डेस्कमा आएका ८ जना शंकास्पदलाई भेरी अस्पतालमा पठाइएको छ । भारतको महाराष्ट्रबाट कमाई गरि नेपाल फर्किएका डुडुवा १ नयाँबस्तीका अज्ञाराम यादव, मुकेश बाहुन र शंकर यादव र भारत कै मुम्बईबाट नेपाल फर्किएका बाँके डुडुवा २ नौरीगौढीका रियाज दर्जी, सुधिर बर्मा, सन्तोष गोडिया, इद्रिस दर्जी इरसानी दर्जी गरि ८ जनामा आशंका भेटिएपछि थप परिक्षणका लागि आज दिउसो एम्बुलेन्समार्फत भेरी अस्पतालमा पठाइएको बेतहनी स्वास्थ्य स्वास्थ्य चौकी इन्चार्ज हेमन्त शर्माले बताउनुभयो । उनीहरुमा सामान्य ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि थप स्वास्थ्य परिक्षणका लागि अस्पतालमा पठाइएको छ । उनीहरुलाई नयाँ बस्ती खडैचा पिप्रहवा पोस्टमा स्थापना गरिएको डेस्कमा परिक्षणपछि यस्तो लक्षण देखिएको हो । यस्तै कोरोना भाइरसको संक्रमणको जोखिम बढदै गएपछि स्थानीय सरकारको रुपमा रहेको बाँकेको डुडुवा गाउँपालिकाले नागरिकहरुलाई सचेत तथा सर्तकर्ताका लागि अभियान शुरु गरेको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको अध्यक्षतामा आज बसेको स्वास्थ्यकर्मी सम्मलित बैठकले जोखिम न्युनीकरणका पुर्व तयारीका बारेमा छलफल गरेको छ । बैठकले कोरोनाको संक्रमणको जोखिमबाट बच्ने उपाय तथा सवाधानी बारे सचेतनामुलक सन्देशसहितको माइकिङ्ग गर्ने, प्रचारप्रसार सामाग्री व्यानर सार्वजनिक स्थानमा टास्ने, सिमा नाका अन्र्तगत रहेका ३ वटा हेल्थ डेस्कको अनुगमन गर्ने, गाउँपालिकाका सम्पुर्ण स्वास्थ्यकर्मीलाई विदामा नबस्न आग्रह गर्ने, कार्यका बारेमा कार्ययोजना निमार्ण गर्ने लगायत निर्णय गरेको छ । बैठकमा आइसोलेसन र क्वराइन्टईन केन्द्रको व्यवस्थापन गर्ने विषयमा स्थानको छनौट गरि तत्काल स्थापना गरिने भएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सम्पुर्ण गाउँबासीलाई जोखिमबाट बच्न तथा सावधानी अपनाउन अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, र सरसफाईमा विशेष ध्यान दिन अपिल गर्दै गाउँपालिकाले यसबारे थप प्रभावकारी अभियान तथा व्यवस्थापन गर्ने बताउनुभयो । गाउँपालिकाले अहिले हिरिमिनियाको उद्यमगन्ज, बेतहनीको नयाँबस्ती र होलियाको खडैचा पिप्रहवा गरि ३ नाका र गाउँपालिका, वडा कार्यालय र स्वास्थ्य चौकीमा गरि १७ स्थानमा हेल्थ डेस्क स्थापना गरि स्वास्थ्य परिक्षणको कार्य भईरहेको प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताउनुभयो । गाउँपालिकाले अहिले सबै सेवाहरु बन्द गरेको छ । भने कर्मचारीहरु मात्र कार्यालयमा आएर प्रशासनिक कार्यहरु गरिरहेका छन ।
Discussion about this post