ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

खुल्ला सीमा र नदी तरेर स्वदेश फर्किदै नेपाली

जावेद अन्सारी by जावेद अन्सारी
११:०० बिहान, बैशाख १५, २०७७
378
सेयर
378
VIEWS
ShareTweetSendShare

दार्चुला बैशाख १५ गते । नेपाल–भारत सीमा क्षेत्रमा नाका बन्द गरिएको एक महिना बढी भयो । नेपाल फर्किन नपाएका सयौँ मजदूर अहिले स्वदेश फर्किन जोखिमपूर्ण यात्रा गर्न थालेका छन् ।

जिल्लाको लाली रत्यौडादेखि व्यासको डोकटसम्म सशस्त्र प्रहरीले सीमामा पहरा दिइरहेको छ भने कैयौँ क्षेत्रमा नेपाल प्रहरी तैनाथ छन् । नेपाली आफ्नो देश फर्किन नपाउँदा अहिले नाका फेर्दै स्वदेश फर्किन थालेका छन् । सुरक्षाकर्मीलाई छल्दै उनीहरु महाकाली नदीमा हाम फालेर, ट्युब तरेर स्वदेश आउँदैछन् ।

व्यासको दुम्लिङसम्म नेपाल प्रहरीको उपस्थिति छ । तर पनि नेपाल फर्किन चाहने नेपाली दुम्लिङभन्दा माथिल्लो क्षेत्र घाटीबगर भएर आज ३४ नेपाली स्वदेश फर्किएका छन् । महाकाली नदीमा जघाँर तरेर उनीहरु घाटीबगर हुँदै नेपाल प्रवेश गरेका हुन् । त्यो क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति नहुने भएपछि त्यो मार्ग अपनाएका हुन् । माल्पा क्षेत्रमा काम गर्न गएका उनीहरु त्यहीबाट नेपाल आएका छन् ।

महाकाली तरेर स्वदेश आउनेमा बझाङको बुङ्गल नगरपालिका– १ का एक जना, छविसपाथी गाउँपालिकाका– ७ का एक महिला र २७ पुरुष, जाजरकोटका तीन जना तथा दार्चुला नौगाड गाउँपालिका वडा नं २ का दुई जना रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । घाटीबगरबाट उनीहरु हिँडेरै व्यासको दुम्लिङ पुगेका छन् ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

लकडाउन अवधिमा अन्तरराष्ट्रिय सीमानाका बन्द गरी सीमानाकामा हुने अवैध आवतजावतलाई पूर्णरुपमा नियन्त्रण गर्ने भनिए पनि दार्चुलामा महाकाली नदी तरेर आउने क्रम झन बढेको छ । शुक्रबार मात्र तीन जना नेपाली महाकाली तरेर नेपाल भित्रिएका थिए भने बुधबार नौ जना सदरमुकाम खलङ्गा नजिकैबाट नेपाल आएका थिए ।

लालीको रत्यौडादेखि व्यासको डोकटसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ छन् । महाकाली नदीमार्फत नेपाली धमाधम स्वदेश आउन थालेपछि सरकारको निर्देशनअनुसार महाकाली नदी किनारै किनारमा पछिल्लो समय बाक्लो सुरक्षाकर्मीको उपस्थित गराइएको छ । तर पनि नेपाली महाकाली नदीमा पौडिएर, ट्युब तरेर, जघाँर तरेर आउनेक्रम भने बढ्दो छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहानसम्म एक महिनाको अवधिमा २५५ जना अवैधरुपमा महाकाली तरेर नेपाल आएका छन् । योबाहेक कैयौँ व्यक्ति लुेकर महाकाली हुँदै गाउँ पुगेका छन् । “एक महिनासम्म पनि आफ्नो देश ल्याउने कुनै सुरसार नभएपछि बाध्य भएर नाका फेर्नुपरेको हो, ठेकेदारको सहारामा माल्पा क्षेत्र पुगेका थियौँ, माल्पाबाट नेपाल तर्दै आउन बाध्य छौँ”, घाटीबगर हुँदै दुम्लिङ पुगेका सुवास बोहराले भने ।

ADVERTISEMENT

“धार्चुलाको क्वारेन्टाइनबाट काम गर्न जान्छाँै भनेर माल्पा गएका थियौँ, पेटी ठेकेदारले केही दिन माल्पा क्षेत्रमा काम गरायो, पैसा नदिएर ठेकेदारसमेत भाग्यो जगत धाँमीले भने, “ठेकेदार भागेपछि भोकभोकै बस्नुपर्ने अवस्था आएपछि महाकाली नदीमा जघाँर त¥यौँ ।” नौगाड– २ का गोविन्द ठगुन्नाले खलंगामा तर्न नसकेपछि माथि सरेको बताए ।

व्यास वडा नं २ दुम्लिङ पुगेका उनीहरुलाई दुम्लिङमा खाना खुवाएर व्यासको सुनसेरा ल्याउने तयारी छ । घाटीबगरभन्दा माथिल्लो क्षेत्रबाट आउन पनि बाटो छैन, व्यासका स्थानीय योगेश बोहराले भने, “त्योभन्दा माथि तर्ने ठाउँ पनि छैन ।” जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जोशीले नेपाल आएका उनीहरुलाई कहाँ राख्ने भन्ने निक्र्यौल अहिले नै नभएको बताए ।

भारतमा रहेका नेपाली उद्धारका लागि सरकारसँग जिल्ला विपद् व्यवस्थापन समितिले समेत तत्काल उद्धार गर्न सरकारसँग अनुरोध पठाएको छ भने सङ्घीय सांसद गणेशसिंह ठगुन्नाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटी भारतमा रहेका हजार बढी नेपाली स्वदेश ल्याउनुपर्ने माग गरेका छन ।रासस

Tags: nepalgunjnepalgunjnewsखुल्ला सीमा र नदी तरेर स्वदेश फर्किदै नेपाली
Share151Tweet95SendShare
Previous Post

लकडाउनले गौरवका सडक आयोजना अलपत्र

Next Post

प्रधानमन्त्री ओली र माधव नेपालबीच वार्ता चल्दै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

प्रधानमन्त्री ओली र माधव नेपालबीच वार्ता चल्दै

विपन्नलाई दियो नेपालगन्ज उपमहानगरपालिकाले राहत

विप्लव निकट महिला आठौं पटक दाङमा पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Clear
6:10 am6:06 pm +0545
Feels like: 32°C
Wind: 10km/h W
Humidity: 81%
Pressure: 1008.47mbar
UV index: 0
ThuFriSat
33°C / 24°C
33°C / 24°C
33°C / 24°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?