ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भारतले भूमि फिर्ता गर्नुपर्‍यो, समाधान त्यही हो हामी कसैले हेपेर हेपिन्नौ : प्रधानमन्त्री ओलि

जावेद अन्सारी by जावेद अन्सारी
११:५८ बिहान, जेष्ठ २९, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

काठमाडौं जेठ २९ गते ।
नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको एक महिना हुन लाग्यो । भारतले यसबारे वार्ता गर्न मानिरहेको छैन । यसैबीच बुधबार प्रतिनिधिसभामा उपस्थित प्रधानमन्त्री ओली भारतविरुद्ध पुनः आक्रमकरुपमा प्रस्तुत भए ।

प्रधानमन्त्रीले भने, ‘१९६१ सम्म हामीले भोगचलन गरिरहेको भू-भागमा भारतले ०६२ मा सेना राख्यो र कब्जा गर्‍यो । अहिले हामीले भनेका छौं, वार्ताबाटै यस समस्याको समाधान खोज्छौं । समाधान भनेको- हाम्रो भूमि फिर्ता हुनुपर्‍यो ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका लागि विनियोजित बजेटबारे उठेका प्रश्नको जवाफ दिन पुगेका प्रधानमन्त्री ओलीले सुगौली सन्धि, नेपाल-भारत प्रवुद्ध व्यक्तिहरुको समूह (इपिजी) को प्रतिवेदनलगायतका विषयलाई समेत कोट्याए । प्रधानमन्त्री ओलीले राष्ट्रिय मुद्दामा सर्वसम्मत भावना प्रकट गरेर एकता प्रदर्शन गरेको भन्दै संघीय संसद र सांसदहरूलाई धन्यवाद दिए ।

उनले भने, ‘पूर्खाले यो देश लडेर बनाएका हुन्, लडेर बचाएका हुन् । आज हामी अडे मात्र हाम्रो भौगोलिक अखण्डता स्थापित गर्न सक्छौं । अड्ने कुरामा राष्ट्र एक देखिएको छ र संसदले जनभावना प्रतिविम्बित गरेको छ, मुखरित गरेको छ ।’

सम्बन्धित समाचार

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

उनले भने, ‘संसदभन्दा बाहिर पनि यस सवालमा जुन राष्ट्रिय एकता देखिएको छ। सम्पूर्ण बौद्धिक क्षेत्र, नागरिक समाज र सामाजिक जीवनका विभिन्न तप्काहरू, संघ संस्थाहरू सबैतिर राष्ट्रिय एकता प्रदर्शन भएको छ। यसमा खुसी व्यक्त गर्न चाहन्छु ।’

लिम्पियाधुरासहितको नक्सालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको र त्यसलाई संवैधानिक मान्यता दिने प्रयासलाई लिएर प्रधानमन्त्री ओलीलाई देवत्वकरण गर्ने र त्यसो नगर्ने आग्रह संसदभित्रै चलिरहेको छ । बुधबार प्रधानमन्त्रीले जवाफ दिए, ‘जस लिनबाट कोही छुट्दैन ।

यो कसले जस लिने, कसले श्रेय लिने, कसको देवत्वकरण गर्ने भन्ने विषय हुँदै होइन । सिङ्गो नेपालीको साझा भावनाको प्रकटीकरण हो ।’ प्रधानमन्त्री ओलीले लिम्पियाधुरा क्षेत्र विवादित क्षेत्र नभई भारतले कब्जा गरेको बताए ।

ADVERTISEMENT

सन् १९६१ सम्म नेपालले भोगचलन गरिरहेको भू-भागमा भारतले ०६२ मा सेना राखेर कब्जा गरेको ओलीको भनाइ छ । यो विषय अहिले सहतमा आएको तर, नेपाल वार्ताबाटै समस्या समाधान गर्न तयार रहेको भन्दै प्रधानमन्त्रीले भनेका छन्, ‘हामी वार्ताबाटै समस्याको समाधान खोज्छौं ।

समाधान भनेको- हाम्रो भूमि फिर्ता हुनुपर्‍यो।’ सुस्तालगायत अन्य क्षेत्रको समेत सीमा विवाद समाधानको पहल भइरहेको भन्दै प्रधानमन्त्री ओलीले लिम्पियाधुरालाई अहिले उच्च प्राथमिकतामा राखेर अगाडि बढेको बताए ।

प्रधानमन्त्रीले संसदमा भने, ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी अहिलेको विवादको विषय हो । प्रधानमन्त्रीले थपे- हामीले भनेका छौं कूटनीतिक माध्यमका वार्ताबाट यस समस्याको समाधान खोज्छौं । समाधान भनेको हाम्रो भूमि फिर्ता हुनपर्‍यो । यो सत्यले जित्छ, यो हाम्रो विश्वास हो- हामी फिर्ता लिन्छौं ।

प्रधानमन्त्री ओलीले भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपालबारेको पछिल्लो अभिव्यक्तिको निन्दा गरेका छन् । उनले नेपाललाई हेप्न खोजेको हो भने आफूहरू हेपिन तयार नभएको बताए ।

Share148Tweet93SendShare
Previous Post

एकल महिला र अपाङ्गता भएका व्यक्तिले चौमासिक भत्ता पाउने

Next Post

बाँकेमा १३ जना थपिए, रोल्पामा १४

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
Next Post

बाँकेमा १३ जना थपिए, रोल्पामा १४

बालुवाटारमा प्रदर्शनमा उत्रिएकालाई प्रहरीले पानीका फोहरा र अश्रुग्यास प्रहार गरे

सत्ताधारीहरुको जिम्मेबारी देख्न कहिले पाइन्छ ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?