बाँके, असोज ९ गते ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाँकेका आठवटै स्थानीय तहमा गाउँ तथा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सबै पालिकामा नेतृत्व चयन भएको कांग्रेस बाँकेले जनाएको छ ।
अधिकांश पालिकामा नयाँ नेतृत्व चयन भएको छ भने केही पालिकामा अघिल्लो अधिवेशनकै नेतृत्वले निरन्तरता पाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको नगर सभापतिमा धनराज बर्मा निर्वाचित भएका छन् । उनले विनोद रिजाललाई पराजित गरेका हुन् । बर्माको प्यानलका सबै उम्मेदवार पनि निर्वाचित भएको जनाइएको छ ।
खुला उपसभापतिमा सरदराज अधिकारी र महिला उपसभापतिमा पूर्णकुमारी थापा ‘पूर्णिमा’ निर्वाचित भएका छन् । सचिवमा सूर्यप्रसाद धिताल र सहसचिवमा विकास शाह निर्वाचित भएका छन् ।
युवा सदस्यमा अन्जली सिंह चौहान र मोहम्मद काशिम शेष निर्वाचित भएका छन् । युवा महिला सदस्यमा पुनम सिंह ठकुरी तथा दलित सदस्यमा अजय कोरी र सुनिता कोरी निर्वाचित भएका छन् । अन्य सदस्यमा केशुकुमार पोख्रेल, राकेशकुमार खत्री र शालिकराम सुवेदी निर्वाचित भएको कांग्रेसले जनाएको छ ।
खजुरा गाउँपालिकाको सभापतिमा महेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् । उपसभापतिमा मनवीर क्षेत्री र मन्जु मल्ल तथा सचिवमा वारिस खाँ निर्विरोध निर्वाचित भएका छन् । गाउँ कार्यसमितिका अन्य पदमा पनि सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ ।
कोहलपुर नगरपालिकाको सभापतिमा वीरेन्द्र शाह पुनः निर्वाचित भएका छन् । उनले चिन्तामणि धिताललाई पराजित गरेका हुन् ।
कोहलपुरमा सहसचिवबाहेक सबै पदाधिकारी निर्वाचन प्रक्रियाबाट निर्वाचित भएको कांग्रेसले जनाएको छ । खुला उपसभापतिमा दिपेन्द्र चौधरी, महिला उपसभापतिमा शुभद्रा शर्मा, सचिवमा रविन शर्मा र सहसचिवमा ओमजंग शाह निर्वाचित भएका छन् ।
राप्ती सोनारी गाउँपालिकाको सभापतिमा भीमबहादुर रानाक्षेत्री पुनः निर्वाचित भएका छन् । रानाक्षेत्रीसहित उनको प्यानलका उम्मेदवार निर्वाचित भएको जनाइएको छ ।
बैजनाथ गाउँपालिकाको सभापतिमा देवबहादुर केसी पुनः निर्वाचित भएका छन् । उपसभापतिमा अमरसिंह बुढा र महिला उपसभापतिमा प्रेमा रावल निर्वाचित भएका छन् । सचिवमा सुदीप सेढाई र सहसचिवमा मनोजकुमार थारू निर्वाचित भएका छन् ।
पालिका कार्यसमितिको युवा सदस्यमा कमल चौधरी र ममता शाही तथा युवा महिला सदस्यमा कल्पना रोकाय निर्वाचित भएका छन् । जिल्ला कार्यसमिति सदस्यमा कपिलजंग शाह र कोपिला शर्मा निर्वाचित भएको कांग्रेसले जनाएको छ ।
डुडुवा गाउँपालिकाको सभापतिमा विजय यादवले पुनः निरन्तरता पाएका छन् । पालिका अधिवेशनबाट यादवसहित उनको टिम निर्विरोध निर्वाचित भएको जनाइएको छ ।
नरैनापुर गाउँपालिकाको सभापतिमा मेराज अहमद खाँ पुनः निर्वाचित भएका छन् । अघिल्लो अधिवेशनकै नेतृत्वले निरन्तरता पाएको कांग्रेस बाँकेका जिल्ला उपसभापति गोपाल अधिकारीले बताए ।
उनका अनुसार जानकी गाउँपालिकाको सभापतिमा अजयकुमार बर्मा निर्वाचित भएका छन् ।
आठवटै स्थानीय तहको अधिवेशन सम्पन्न भएसँगै बाँकेमा कांग्रेसको स्थानीय तहको नेतृत्व चयन प्रक्रिया टुंगिएको अधिकारीले बताए ।













Discussion about this post