काठमाडौ असार २ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब अर्को आन्दोलन आवश्यक नभएको बताएका छन् । वैकल्पिक सिकाइसम्बन्धी सुरुवातको अवसरमा शुभकामना सन्देश दिदै अप्ठेरो अवस्थामा केही असह जता भए पनि अब देशमा आन्दोलन आवअभियानकोश्यक नभएको उनले बताए।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा हाम्रो देश झन् पछि पर्ने होकि भन्ने चिन्ता व्यक्त भइरहेको आफूले थाहा पाएको उल्लेख गर्दै देशले राम्रो गर्छ र अगाडि बढ्छ भन्नेमा ढुक्क रहन आग्रह गरे।
उनले हाम्रो मुलुकमा अब फेरि अर्को आन्दोलन आवश्यक छैन । अप्ठ्यारोमा दुविधा हुन्छ, त्यही दूर गर्न नेतृत्व चाहिन्छ । आरोप लगाएजस्तो गफ हानेको होइन, ढुक्क रहौं, मुलुक बन्छ । सुशासन स्वच्छता कायम हुन्छ।’ विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई स्थानीय स्तरमा जुन विधि सम्भव छ, त्यही माध्यमबाट पठनपाठन गर्न गराउन आह्वान गररे ।
अनलाइन, अफलाइन, टेलिभिजन, रेडियो र स्वअध्ययन सामग्रीको प्रयोग गरेर सिकाइ क्रियाकलापमा सहभागी हुन सकिने उनले बताए । ‘शैक्षिक सत्र प्रभावित हुन नदिन र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सरकारले वैकिल्पक कक्षा सञ्चालन गरेको हो,’ प्रधानमन्त्री ओलीले भने। सरकारले कोरोना भाइरसको जोखिम आकलन गरी यथासम्वभ छिटो विद्यालयहरु पुन: सञ्चालन गर्ने बताए।
प्रधानमन्त्री ओलीले बालबालिकालाई सहयोग गर्न शिक्षक, अभिभावक र स्वयसेवकलाई अपिल समेत गरेका छन् । ‘वैकल्पिक शिक्षामा जोडिएका बालबालिका भोलिका कर्णाधार हुन्, शैक्षिक प्रणाली परिमार्जन गर्ने अवसर आएको छ ।, यो प्रविधिलाई घर घरमा पुर्या उने अवसर पनि हो,’ प्रधानमन्त्री ओलीले भने।
लकडाउन खुलेको होइन, खुकुलो बनाइएको मात्र हो : प्रधानमन्त्री ओलीले अहिले लकडाउन खुलेको नभई खुकुलोमात्र भएकाले सबैले आफ्नो स्वास्थ्य सुरक्षाका सावधानी अपनाउनु पर्ने बताए ।कोरोना भाइरसको महामारी रोकिएको छैन, अझै फैलिँदो छ । लक डाउन अन्त्य भएको होइन, केही खुकुलो पारिएको छ । तसर्थ हाम्रो व्यवहार, स्वच्छन्द होइन सतर्कता सहित चालिनु पर्छ । तोकिएका सबै नियमहरू पालना गरिनुपर्छ,सामाजिक दूरी कायम नगर्ने, आव श्यक सुरक्षा सतर्कता नपनाउने र मनखुशी चल्ने गरेमा आफ्ना कारणले आफूमात्रै होइन, सिङ्गो परिवार, आफन्तहरू र समग्र समुदाय नै संक्रमित हुन सक्छन् त्यसैले जथाभावी नहिढ्न उनले सबैलाई आग्रह समेत गरेका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post