ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

यस्तो छ नेपालगञ्ज उपमहानगरपालिकाको नीति तथा कार्यक्रम

जावेद अन्सारी by जावेद अन्सारी
७:२८ मध्यान्ह, असार १०, २०७७
390
सेयर
390
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

१ खर्ब २० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै नेपाल राष्ट्र बैंक

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

लक्ष्यमा चुक्यो नेपालगन्ज भन्सार, आधा पनि राजस्व उठेन

बाँके असार १० ।

नेपालगञ्ज उप–महानगरपालिकाले  कृषि र स्वास्थ्यमा जोड दिदै आगामी आर्थिकवर्ष २०७७ को नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार भएको ७ औं नगरसभामा नगर प्रमुख डा. धवलशम्शेर राणाले  वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड–१९ का कारण आन्तरिक आय अनुमानित भन्दा कम संकलन भएको, सङ्घ तथा प्रदेशबाट साविक भन्दा न्यून बजेट सिलिङ्ग प्राप्त भएकाले सिमित बजेटको आधारमा यथाशक्य सबै विषयगत क्षेत्रलाई समेट्ने गरि कार्यक्रम पेश गरिएको जानकारी दिनुभयो । कोभिड– १९ को महामारीबाट प्रभावित करदातालाई उचित छुट दिइने कार्यक्रममा उल्लेख गरिएको छ ।  कृषिलाई कार्यक्रममा प्राथमिकता दिइएको छ ।  यसैगरी स्वास्थ्य संस्था निर्माण र स्वास्थ्य सेवा प्रभावकारी बनाउन जोड दिइएको छ ।  भौतिक पूर्वाधारमा चक्रपथ निर्माणको काम अघि बढाउने, पक्की सडक र नाला निर्माण कार्यलाई निरन्तरता दिने, सडक मापदण्ड तयार गरि कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।  विपन्नको आयस्तर उकास्न विपन्न वर्गसँग स्थानीय सरकार को अवधारणमा साझेदारी विकास कार्यक्रमलाई परिस्कृत र सघन रुपमा अघि बढाउने उल्लेख गरिएको छ ।  कार्यक्रममा कृषि र पशुपालनलाई प्राथमिकता दिदै  कृषकलाई प्रोत्साहन गरिनेछ भनिएको छ ।  विद्यालय समायोजन तथा  छात्रा विद्यालय र कलेज निर्माण सम्पन्न गरिने संचालन गरिने उल्लेख गरिएको छ ।  नेपालगञ्जलाई ५ नम्बरको राजधानी बनाउन पहल गर्ने भन्दै अन्यथा कर्णाल िप्रदेशमा समाहित हुन आवश्यक पहल गरिने छ भनिएको छ ।  नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न पहल गर्ने कार्यक्रममा समावेश गरिएको छ ।  नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत पारित भएको प्रबक्ता प्रमोद रिजालले जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाको आ.व. २०७७/०७८ को  नीति तथा कार्यक्रम यस नेपालगन्ज उपमहानगरपालिकाको सातौं नगरसभामा उपस्थित नगर उपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, नगरसभाका सम्पूर्ण सदस्यज्यूहरु, संचारकर्मी, राष्ट्रसेवक कर्मचारीहरु एवं उपस्थित सम्पूर्ण महानुभावहरुमा हार्दिक अभिवादन । हाल विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको कारण विश्व अर्थव्यवस्था नै न्यून बजेटका कारण आक्रान्त बनेको अवस्थामा नेपाल पनि यसबाट अछुतो हुन सकेको छैन । नेपालगञ्ज उपमहानगरपालिकाको आन्तरिक आय अनुमानित भन्दा कम संकलन हुनु, संघ तथा प्रदेशबाट साविकभन्दा न्यून बजेट सिलिङ प्राप्त भएकोले सिमित बजेटको आधारमा यथाशक्य सवै विषयगत क्षेत्रलाई समेट्ने गरी नेपालगंंज उपमहानगरपालिकाको आ.व.२०७७÷०७८ को नीति तथा कार्यक्रम पेश गर्ने अनुमति चाहन्छु ।  १.भौतिक पूर्वाधार सम्वन्धि नीति  Ring Road  निर्माण कार्यका लागि नगरविकास समिति र उपमहानगरपालिकाको समन्वयमा Land Pooling कार्य अगाडी बढाईनेछ । आगामी आर्थिक वर्षमा नगरभित्रका सडक तथा नालाहरु निर्माण कार्य सम्पन्न गरिनेछ । सुर्खेतरोडको दायाबायातर्फ  पक्की नाला बनाउनको लागि आवश्यक पहल गरिनेछ । सडक निर्माण गर्ने कार्यमा एकरुपता बनाउनको लागि सडक मापदण्ड तयार गरी कार्यान्वन गरिनेछ । वडा न. २ स्थित दैलखी वंगलामा दैलेखी संग्रहालय समेत रहने गरी वडा कार्यालय , स्वास्थ्य कार्यालयको भवन तथा व्यवसायीक सटरहरुको भौतिक संरचना निर्माण गरिनेछ । कार्यालय भवन नभएका वडाहरुमा भवन निर्माणका लागि विशेष पहल गरिनेछ । सार्वजनिक जग्गा संरक्षण कार्यक्रमलाई विशेष प्राथमिकताका साथ निरन्तरता दिईनेछ । बाटोको लगत कट्टा कार्यक्रमलाई कार्यान्वयन गरिनेछ । नगरका छुटेका सम्पूर्ण सडकहरु कालोपत्रे वा पिसिसि (नालासहित) गर्ने कार्यलाई प्राथमिकता दिईनेछ । नगरभित्र सार्वजनिक भौतिक संरचना निर्माण गर्दा अपांगमैत्री हुनेगरी निर्माण गरिनेछ । पुराना तथा जिर्ण रहेका पोलहरुको उचित व्यवस्थापन गरिनेछ । २.सामाजिक विकास नीति  साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधी, २०७५ बमोजिम विपन्नवर्गको आय–आर्जन उकास्न “विपन्नवर्ग संग, स्थानीय सरकार” को अवधारणामा आधारित कार्यक्रमको रुपमा साझेदारी कार्यक्रमलाई अझ परिष्कृत र सघन रुपमा अघि बढाईनेछ ।  साझेदारी विकास कार्यक्रम अन्तर्गत् प्राप्त भएको विशेष अनुदान रकमबाट हाल वडा नं. ९, १० र १८ मा भौतिक तथा सामाजिक संरचनाहरु निर्माण हुने क्रममा छन् । निर्माण पश्चात् सञ्चालन हुने संरचना बाट प्राप्त हुने आयस्रोत साझेदारी विकास कोषमा जम्मा गरि उपयुक्त कार्यक्रम निर्धारण गर्दै लगिनेछ । रामलिला मैदान नजिक रहेको नारी विकास केन्द्रबाट यस उप–महानगरपालिकालाई हस्तान्तरण भई आएको जग्गा र भवनलाई नगरको तालिम केन्द्र को रुपमा विकास गरिनुका साथै विपन्न, द्धन्द्ध पिडित एकल महिला र लक्षित वर्गलाई सीपमूलक तालिम प्रदान गरि स्वरोजगार चाहनेलाई सहुलियत ऋणको व्यवस्थागर्ने, वैदेशिक रोजगारमा जानचाहनेलाई पूर्ण दक्षसीप सम्बन्धि तालिम प्रदान गर्ने र आफ्नै शहरमा रोजगारी गर्न चाहनेलाई नीजि क्षेत्र संग सहकार्य गरि रोजगारीका अवसरहरुको सृजना गरिनेछ । साथै, उक्त भवनमा मिडिया हव बनाउन पहलकदमी गरिनेछ । शहरको गरिवीलाई घटाउन सूचकमा आधारित रणनीतिक योजना तर्जुमा गरिनेछ । लागू पदार्थ दूव्र्यसनीको बढ्दो संक्रमण र संलग्नता रोक्न नियन्त्रमुखी कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाईनेछ । नगरक्षेत्र भित्रकार्यरत दातृनिकाय, गैससहरुलाई नगरविकासको संवाहक एवं साझेदारको रुपमा लिइनेछ । सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा सम्वद्र्धन गरि धार्मिक सहिष्णुतायुक्त शहरको रुपमा पहिचान स्थापना गर्न उपयुक्त कार्यक्रम कार्यान्वयन गरिनेछ । धार्मिक तथा सांस्कृतिक धरोहरहरुको दीर्घकालिन संरक्षण र विभिन्न समुदाय बीचको सदभाव कायम गर्न उपयुक्त कार्यक्रमको तर्जुमा गरि धार्मिक सहिष्णु र मानवमैत्री शहरमा रुपान्तरण गरिनेछ ।  हाल सन्चालनमा रहेका व्यक्तिगत ३६ना दर्ता तथा सामाजिक सुरक्षा सग सम्बन्धित ख्भ्च्क्ए(ःक्ष्क् प्र०ााली प्रत्येक व८ा कार्यालयमा प्रभावकारी रुपमा सन्चालन तथा प्रयोग नभईरहेको सन्दर्भमा नियमित रुपमा सन्चालन गरिने तालिम बा६ उक्त प्र०ााली प्रभावकारी रुपमा सन्चालन तथा प्रयोग गर्न सक्षम बनाईने५। सामाजिक सुरक्षा भत्ता भुक्तानी प्रदायकहरु र यस कार्यालय सगको नियमित अन्तरक्रियाबा६ अहिले विद्यमान असमान्जस्यता र ९िलासुस्तीलाई सम्बोधन गर्दै भुक्तानी प्रक्रियालार्ई प्रभावकारी बनाईने५ । उपभोक्ता हित संरक्ष०ा, कालोबजारी नियन्त्र०ा तथा उपभोक्ता सचेतनाका लागि बजार अनुगमन प्र०ाालीलाई थप व्यवस्थित गरिने५ । सरोकारवाला सबै कार्यालय, शाखा, सं३संस्था र व८ामा लैगिंक सम्पर्क बिन्दु तोकि महिला लक्षित बजे६ बिनियोजन व्यवस्था अनिवार्य गरिने५ ।  उद्यमशिलताको माध्यमबा६ पि५८िएका तथा विपन्न महिलाको आर्थिक सशक्तीकर०ा गर्नको लागि जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गरिने५ । महिला विकास कार्यक्रम४ारा प्रव४ित महिला सहकारी  संस्थालाई उत्पादनमूलक व्यवसाय तथा स्वरोजगारको क्षेत्रमा परिचालन गरिने५ । अल्पकालिन पुर्नस्थापना केन्द्र संचालनका लागि सहयोग एवं समन्वय गरिने५ ।ड्ड मानव वेचविखन तथा ओसार पसार नियन्त्र०ाका लागि विकास साझेदार, निजी क्षेत्र र समुदायसँग सहकार्य र साझेदारी गरिने । बालक्लब, बालसमूह र किशोर किशोरी समूह जस्ता संस्थाको ग७न तथा सञ्चालनलाई विस्तार गरी बालवालिका तथा किशोरीको सहभागिता ब९ाईने५ । बाल श्रमिकको अनुगमन गरी बाल श्रमिकको उ४ार तथा पुर्नस्थापना गरिने५ । अपांगता भएका व्यक्तिको दैनिक जीवनयापन सहज बनाउन आवश्यक्ता अनुसार सहायक सामग्री वितर०ा कार्यलाई निरन्तरता दिइने५ । अपांगता परिचयपत्रलाई म्ष्नष्तबष्शिबतष्यल गरिने५ । अपांगता भएकाहरुलाई संचार सहजिकर०ाका लागि दोभाषेको व्यवस्था गरिने५ । ३.आर्थिक विकास, कृषि, पशुपालन तथा सहकारी सम्वन्धि नीति  करदातालाई कर प्रणालीमा स्वेच्छिक रुपमा सहभागी गराउदै समग्र राजश्व प्रशासनलाई करदातामैत्री बनाईनेछ । करदाताका सहजताका लागि सबै वडा कार्यालयहरुमा सफ्टवयेर विस्तार गरि  अनलाईन प्रणाली मार्फत कर,दस्तुर,शुल्क तथा जरिवाना वडा कार्यालयहरु बाटै संकलन गर्ने नीति अवलम्बन गरिनेछ ।  राजश्व वृद्धि गर्नको लागि वडा कार्यालय, उद्योग वाणिज्य संघ, च्याम्बर अफ कर्मस  लगायत अन्य सरोकारवालाहरुसँगको समन्वयमा घरधुरी र व्यवसायको तथ्याङ्क संकलन गरि  करदाताहरुको अभिलेख अद्यावधिक गरिनेछ । करदाताहरुलाई करको दायरामा ल्याउन विशेष पहल गरिनेछ । नगरभित्रको जग्गालाई व्यवसायीक र कृषियोग्य जग्गाको रुपमा वर्गिकरण गरी सो को आधारमा करको दर निर्धारण गरिनेछ । कोभिड—१९ को महामारीबाट प्रभावित करदाताहरुलाई उचित छुट सहुलियत दिने नीति लिईनेछ । उद्देश्य र कार्यक्षेत्रको विश्लेषणका आधारमा सहकारी संस्थाहरुलाई एक आपसमा गाभिन प्रोत्साहन गरिनेछ । कृषि कार्यक्रम लाई प्रभावकारी रुपले कार्यान्वयन गरी कृषिक्रान्तिको लागि ८ वटा डिपबोरीङ मर्मतकार्य सम्पन्न गरी सञ्चालनम ल्याईनेछ । दिगो आर्थिक विकासको अवधारणा अनुरुप उत्पादन र उत्पादकत्वमा वृद्घि गरी आर्थिक संवृद्धि हासिल गर्ने कृषकहरुलाई प्रोत्साहन गरिनेछ । स्वरोजगारको लागी च्याउ खेतिको उत्पादन तथा तालिम केन्द्रको स्थापना गरि सञ्चालनमा ल्याईनेछ । विभिन्न किसिमका पशुपालन तालिम (भेडाबाख्रापालन, कुखुरापालन, गाईभैसिपलन, बंगुरपालन, स्वच्छ दुध उत्पादन, स्वच्छ मासुउत्पादन) को माध्यमबाट कृषकहरुलाई ज्ञान सिप दिई पशुपन्छी  जन्य व्यवसाय दुध, फलफुल ,मासु  जस्ता पशुजन्य उत्पालन बढाई व्यवसायिमूखि  बनाईनेछ । नगर क्षेत्र भित्र छाडा अवश्थामा रहेका पशुहरुको लागि वडा नं. २१ मा सञ्चालित  कान्जिहाउस लाई व्यवस्थीत गरि त्यहा भएका पशुहरुललाई राम्रो सँग हेरचाहा, औषधी उपचार तथा  सधै नियमन गरिनेछ । नगर क्षेत्र भित्र रहेका छाडा (सामुदायिक) कुकुरबाट हुनसक्ने ज्यानमारा रेविज रोगको खतराबाट जनसमुदायलाइ सुरक्षीत राख्न कुकुरहरुको संख्या वृद्धिदरलाई रोक्न स्थायी बन्ध्याकरणलाई निरन्तरता दिईनेछ  ।  एक वडा एक प्रकृतिको सहकारी संस्थाको अवधारण लिइनेछ ।  सहकारी संस्थाहरुलाई एकिकरणको लागि प्रोत्साहन गर्न आवश्यक सुविधा तथा छुटको व्यवस्था गरिने छ ।  प्रत्येक वडामा सहकारी सुपथ पसल संचालन गर्न सहकारी संस्थासंगको सहकार्यमा कार्यान्वय गर्न पहल गरिनेछ ।  सहकारी बैंकसंगको सहकार्यमा युवा स्वरोजगार कार्यक्रम, महिला, सिमान्तकृत समुदाय, गरिबि निवारण, शसक्तिकरण, व्यवसाय प्रवद्धन आदि कार्यक्रम संचालन गर्ने अवधारणा लिइनेछ ।  ४.स्वास्थ्य सम्वन्धि नीति  स्वास्थ्य क्षेत्रको अल्पकालिन र दिर्घकालिन  कार्य योजना बनाई सोही वमोजिम कार्यान्वयन गरिनेछ । कोभिड—१९ को विश्वव्यापी महामारीलाई मध्यनजर राखी उप—महानगरपालिकाभित्र सो को निदान, रोकथाम, नियन्त्रण तथा व्यबस्थापन कार्यलाई प्रथमिकतामा राखिनेछ । विदेशबाट आएका र अन्य संक्रमण क्षेत्रबाट आएका व्यक्तिहरुबाट स्थानीय स्तरमा संक्रमणको रोकथाम र नियन्त्रणका लागी महिला र पुरुषका लागि छुट्टा छुट्टै कक्ष सहितको होल्डिङ सेन्टर, क्वारेन्टाइन र संक्रमितहरुलाई व्यबस्थापन गर्न आइशोलसन सेन्टरको संचालन र व्यस्थापन गरिनेछ । सबै वडाहरुमा क्रमशः आधारभुत स्वास्थ्य सेवाकेन्द्र स्थापना गरि आम नागरिक हरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिनेछ । स्वास्थ्य सूचना प्रणालीलाई अनलाइन रिर्पाेटिङ प्रविधि कार्यलाई सुदृढीकरण गर्दै लगिनेछ । यस उप—महानगरपालिकाअन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको स्तरोउन्नती तथा मापदण्ड अनुसारको भौतिक पूर्वाधारको विकास गरि गुणस्तरीय सेवाको सुनिश्चितता गरिनेछ । सर्ने र नसर्ने रोगहरुको समस्यालाई मध्यनजर गरि जीवनशैली, व्यहार परिर्वतनगर्ने र योगा, ब्यायाम तथा स्वास्थ्य शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालनमा जोड दिइनेछ । संक्रामक रोगहरु (क्षयरोग, कृष्ठरोग औलो, डेंगु, एच.आइ.भी., हात्तीपाइले आदि) को रोकथाम, नियन्त्रण र उपचार कार्यलाई प्राथमिकतामा राखी निरन्तरता दिइनेछ ।  उप—महानगरपालिकाभित्र उत्पादन हुने अस्पतालजन्य फोहोर मैला ब्यवस्थापनलाई उचित विसर्जन र ब्यवस्थापन कार्यलाई सरोकारहरुवालासंग समन्वय गरि ब्यवस्थापन गरिने छ । कार्यालय हाताभित्र सेवाग्राही महिला तथा महिला कर्मचारीहरुको लागि स्तनपानकक्षको स्थापना गरी सञ्चालनमा ल्याईनेछ ।  बालबालिका तथा गर्भवतीलाई खोपको पहुचमा बृद्धि गरि पूर्ण खोपको सुनिश्चितता गर्न पूर्ण खोपलाई निरन्तर रुपमा संचालन गरिनेछ र आवश्यकता अनुसार खोप केन्द्र विस्तार तथा खोप केन्द्र निर्माण गरिनेछ ।  महिला स्वास्थ्य स्वयंसेविकाले गरेको योगदानको कदर गर्दैे हालपाईरहेको सेवा सुविधालाई निरन्तरता गरिनेछ । स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन पहल गरिने छ । सवै वडाहरुमा महिला, वालवालीका, अपांग तथा ज्येष्ठ नागरिकहरुका लागि लक्षित गरी स्वास्थ्य शिवीर सञ्चालन गरिनेछ । ५.शिक्षा तथा खेलकुद सम्वन्धि नीति  सामुदायिक, धार्मिक तथा निजी लगानीमा संचालित विद्यालयहरुलाई नमूनाको रुपमा विकास गर्न दुई वा दुई भन्दा वढी विद्यालय तथा कक्षाहरु समायोजन तथा एकिकरण र वर्गिकरण गरी विद्यालय शिक्षालाई गुणस्तरीय र व्यवस्थित गर्न प्रोत्साहन गरिनेछ । कोभिड–१९ ले सिकाइमा पारेको प्रभावका कारण वालवालिकाको सिकाइलाई निरन्तरता , दिगो र सिपयुक्त वनाउनका लागि सम्पूर्ण शैक्षिक संस्थाहरुलाई सूचना सन्चार प्रविधिमैत्री वनाएर सिकाइका वैकल्पिक तरिकाहरु अवलम्वन गरी शिक्षक , अभिभावक तथा विद्यार्थीहरुलाई जिम्मेवार वनाइनेछ । वडा कार्यालयको समन्वयमा साक्षरताका कक्षा सञ्चालन गरि यस उप–महानगरपालिकालाई साक्षर घोषणा तथा आधारभूत तहलाइ अनिवार्य तथा निशुल्क गरिनेछ ।Girls School / Girls College को निर्माण कार्यसम्पन्न गरी सञ्चालनमा ल्याईनेछ । वडा न.६ मा अन्तराष्ट्रिय क्रिकेट मैदान तथा वडा न.१९ मा न्याि ऋयगचअभ निर्माण गर्न आवश्यक पहल गरिनेछ । ६.संस्कृति तथा पर्यटन सम्वन्धि नीति  पर्यटन प्रवद्र्धनका लागि नगरभित्रका विभिन्न मन्दिर, मस्जिद, चर्च तथा गुम्वाहरुको संरक्षण तथा संवद्धन गरिनेछ, नगरभित्र रहेका सम्पूर्ण ताल, तलैया तथा पार्कहरुको पहिचान, स्तरोन्नती तथा निर्माण कार्य गरी संरक्षण र संवद्धन गरिनेछ । पर्यटन प्रवद्धनका लागि casino metrocity

बनाउन आवश्यक पहल गरिनेछ । नगरको सौन्दर्यकरणको लागि आवश्यकता अनुसार ज्ष्नज ःबकत ीष्नजत जडान गरिनेछ । नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न सम्बन्धित सरोकारवालाहरु सँग समन्वय गरी आवश्यक पूर्वाधार विकास गर्ने नीति अवलम्बन गरिनेछ । नेपालगञ्जलाई ५ नम्वर प्रदेशको राजधानी बनाउन प्रयास गरिनेछ अन्यथा कर्णाली प्रदेशमा समाहित हुन आवश्यक पहल गरिनेछ । ७.सूचना प्रविधि तथा सञ्चार सम्वन्धि नीति नागरिकको सूचना र अभिव्यक्ति स्वतन्त्रताको हकको संरक्षण गर्दै सूचना र प्रविधिको प्रयोगबाट नेपालगन्जको समग्र विकासलाई सम्बोधन गरिनेछ ।  नेपालको संविधानले परिकल्पना गरेको खुला, जनमुखी, पारदर्र्शी र जवाफदेही स्थानीय सरकार बनाउन, नागरिकको सूचना र अभिव्यक्ति स्वतन्त्रताको हकको संरक्षण गर्न, सूचना तथा सन्चार क्षेत्रका अत्याधुनिक प्रविधि र उपायको प्रयोग गरी सबै खालका आमसञ्चार माध्यमको समविकास गर्दै स्वस्थ, मर्यादित, जिम्मेवार, स्वतन्त्र, व्यवसायिक र उत्तरदायी आम सञ्चार क्षेत्रको विकास र प्रर्वद्धन गरी पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर्न सन्चार नीति बनाई लागु गरिनेछ ।  सूचना संचार र प्रविधिमा सबै नगरवासीहरुकोे पहुच पुर्याउन प्रभावकारी दुरसंचार सेवा (ःगलष्अष्उब िक्भचखभच को विस्तार गर्दै सबै वडा कार्यालय सम्म इउतष्अब िँष्दभच विछाउने कार्य गरि, वडा कार्यालयबाट सम्पादन हुने सबै कार्यलाइ (राजश्व, व्यक्तिगत घटना दर्ता, योजनाआदी) ल्भतधयचप ऋयललभअतष्खष्तथ (क्ष्लतचबलभत) मा लगिने छ । नेपालगंज उप–महानगरपालिकामा सन्चालन हुने विभिन्न विकास का योजनाहरुको सरकारी तथानागरिक तहबाट अनुगमन प्रणाली प्रभावकारी बनाउनबिधुतिय प्रणाली mयदष्भि बउउष्अिबतष्यल र धभद उयचतब िको कार्यान्यवनलाई निरन्तरतादिएने छ  । नेपालगंज उपमहानगरपालिकाको नगर पार्श्वचित्र (ःगलष्अष्उब िउचयाष्भि) तथा अवाधिक योजना निर्माण गरि सम्पुर्ण वडाहरुको श्रोत नक्शांकन  गरिनेछ  । सेवाग्राहीहरुको इलष्लिभ बाट पनि उजुरी तथा गुनासो लिन गुनासो व्यस्थापन प्रणाली (भ्(नचष्भखबलअभ कथकतझ) लाई झन् प्रभावकारी तरिकाले लागु गरिनेछ । सूचना तथा संचार प्रविधिको प्रयोगद्वारा सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी बनाउने विद्यमान प्रयासलाई निरन्तरता प्रदान गरिनेछ । सूचना प्रविधीमा सहज पहुँचका लागि २ न. वडा कार्यालयले ँचभभ ध्षष् गरेको प्रयाशलाई सन्देशकोरुपमा अन्य वडामा समेत सञ्चालन गर्न पहल गरिनेछ ।८.विपद व्यवस्थापन तथा वातावरण संरक्षण सम्वन्धि नीति  स्थानीय विपद व्यवस्थापन योजना निर्माण गरी लागु गरिने छ । ल्याण्डफिल्ड साईटको सञ्चालन तथा व्यवस्थापनका लागि नगरपालिका स्वयं, वडाकार्यालय वा नीजि संघसंस्था मार्फत सरसफाई शुल्क संकलन गरी सो शुल्क मध्येबाट सोही कार्यको लागि खर्च गरिनेछ । नगरमा आईपर्ने विपद्÷प्रकोप रोकथाम तथा नियन्त्रणका लागि प्रकोप व्यवस्थापन कोषमा उल्लेख्य बजेट विनियोजन र योजना बनाई कार्यान्वयनगरिनेछ । नीजि संस्थामार्फत मुख्यसडको सरसफाई गर्ने कार्यलाई निरन्तरता दिईनेछ । फोहर संकलन कार्यलाई सहज गर्नको लागि सड्ने तथा नसड्ने फोहरको वर्गिकरण गरी व्यवस्थापन गरिनेछ । अस्पतालको फोहरलाई अलग अलग गरी व्यवस्थापन गरिनेछ । वडा वडाभित्र ई रिक्सा र टे«क्टर मार्फत सरसफाई र फोहर संकलन कार्यलाई तिव्रता दिईनेछ, नगर खानेपानी सरसफाई तथा स्वच्छता योजना ९ध्ब्क्ज् एबिल० निर्माण गरी कार्यान्वयन गरिनेछ । ९. सुशासन तथा संस्थागत विकास सम्वन्धि नीति  नेपालगञ्ज उपमहानगरपालिकाको आवश्यक मापदण्ड पुरा गरी महानगरपालिका बनाउनको लागि आवश्यक पहल गरिनेछ । सुशासन कायम गर्नको लागि ज्भउि म्भकप, म्ष्नष्तब िल्यतष्अभ द्ययबचम, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, अनुगमन तथा मूल्यांकन कार्यलाई प्रभावकारीरुपले सञ्चालन तथा कार्यान्वयन गरिनेछ । न्यूनतम जनशक्तीबाट अधिकतम कार्यसम्पादन गर्ने निती लिईनेछ । १०.व्यवस्थित शहरी विकास नीति  घर नक्सा शाखालाई चुस्त दुरुस्त बनाउन र नागरिकलाई छिटो छरितो सेवा प्रदान गर्नको लागि नक्सापास प्रक्रियालाई क्यातधबचभ मार्फत अगाडि बढाउनको लागि गृहकार्य गरिनेछ साथै पुराना नक्साहरुलाई म्ष्नष्तब िम्यअगmभलतबतष्यल गर्ने कार्यलाई अगाडि बढाईनेछ । नेपालगञ्ज उपमहानगरपालिकाभित्र व्यवस्थित पार्किङ्ग व्यवस्थापनको लागि आवश्यक पहल गरिनेछ । नगरक्षेत्रमा रहेको अव्यवस्थित ठेला तथा फुटपाथ पशलहरुलाई उचित स्थानको पहिचान गरि व्यवस्थित गरिने छ । नगर क्षेत्रमा रहेका घरबास मिनाहा, बेलगती र बहालविटौरी जग्गाहरुको जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण को लागि आवश्यक पहल गरिनेछ ।  नगरसभा सदस्यज्यूहरु,अन्तमा यस उपमहानगरपालिकाकाको विकासका निम्ति कोशेढुङ्गा सावित हुने यस गरिमामय सातौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा रचनात्मक राय सुझाव र मार्गदर्शन प्राप्त हुने अपेक्षा लिएको छु । यो नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा संलग्न रहि सहयोग पुरयाउने नेपालगंज उपमहानगरपालिकाका कार्यपालिका सदस्य ज्यूहरु, सम्पुर्ण सहकर्मी सदस्यहरुलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु । प्रस्तुत नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको लागि सम्बद्ध सबै पक्षहरुबाट सदाझै सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा लिदै यस स्थानीय सरकारले अघि सारेको प्रस्तुत नीति कार्यक्रम कार्यान्वयमा सहयोग पुर्याउन नेपाल सरकार, प्रदेश सरकार, निजी क्षेत्र, अन्तर्राष्ट्रिय दातृ निकाय र सम्पूर्ण वुद्धिजिवी एवं प्रवुद्ध वर्गमा हार्दिक अपिल गर्दछु । धन्यवाद ।

ADVERTISEMENT
Share156Tweet98SendShare
Previous Post

नेपालगञ्जको बजेट एक अर्व ४७ करोड

Next Post

बाँकेको नरैनापुर गाउँपालिकाले ल्यायो ५५ करोडको बजेट

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

तीन बैंकलाई राष्ट्र बैंकको कारबाही, दुइटालाई २ करोड जरिवाना
आर्थिक

१ खर्ब २० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै नेपाल राष्ट्र बैंक

२:२९ बिहान, बैशाख ११, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

३:५२ बिहान, चैत्र १८, २०८२
नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
आर्थिक

लक्ष्यमा चुक्यो नेपालगन्ज भन्सार, आधा पनि राजस्व उठेन

१२:१३ बिहान, चैत्र ८, २०८२
नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन
आर्थिक

नेपालगन्ज भन्सारबाट सात महिनामा ४४ अर्बभन्दा बढी आयात

१०:४८ मध्यान्ह, फाल्गुन १७, २०८२
नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
आर्थिक

नेपालगञ्ज भन्सारद्वारा सात महिनामा ११ अर्ब ४ करोडभन्दा बढी राजस्व संकलन

११:१४ मध्यान्ह, फाल्गुन ८, २०८२
वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन
आर्थिक

लक्ष्यको ८१.४३ प्रतिशत राजस्व सङ्कलन

११:०३ मध्यान्ह, फाल्गुन १, २०८२
वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन
आर्थिक

बहुवर्षीय आयोजना छनोटदेखि बजेट व्यवस्थापनमा कडाइ

१०:०३ मध्यान्ह, माघ २२, २०८२
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगञ्ज नाकाबाट जडिबुटी निर्यात ७१ प्रतिशतले वृद्धि

१२:०० बिहान, माघ १८, २०८२
Next Post

बाँकेको नरैनापुर गाउँपालिकाले ल्यायो ५५ करोडको बजेट

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

सिमानाकाबाट लुकाएर ल्याउदै गरेको मोबाइल सहित एकजना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?