ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

कोरोना संक्रमितको शव व्यवस्थापनमा चुनौतिका चाङ

जावेद अन्सारी by जावेद अन्सारी
९:४० बिहान, असार १२, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

प्रियास्मृति ढकाल
बाँके असार १२ गते ।

गएको जेठ ४ गते बाँकेको नरैनापुर गाउँपालिका– ५ का २५ बर्षिय युवकको क्वारेन्टिनमै मृत्यु भयो । स्वास्थ्यकर्मीको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्त तथा स्थानीय आक्रोसित भए ।

उनीहरुले क्वारेन्टिन घेराउ गरे । जव मृत्यु भएका युवकको पिसिआर परीक्षण गर्दा रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखियो त्यसपछि क्वारेन्टिन घेराउ गरेका आफन्त तथा स्थानीय त्यहाँबाट आफै तितिरवितिर भए । उनीहरुले युवाको शब व्यवस्थापनमा सहयोग गरेनन् ।

बरु अवरोध गरे । पाँच बजे नै शव व्यवस्थापन गर्न सदरमुकाम नेपालगन्जबाट नरैनापुर पुगेको नेपाली सेनाको टोली उनीहरुको अवरोधका कारण राती ९ बजेमात्र शब व्यवस्थापन गरेर फर्कियो ।
असार १ गते बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ बर्षिया महिलाको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्युभयो । राती मृत्यु भएकी महिलाको त्यसैदिन दिउँसो थ्रोट स्वाब संकलन गरिएको थियो । मृत्यु भएको भोलीपल्ट उनको भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट कोरोना भाइरस पोजेटिभ आयो । नेपाली सेनाको टोली शव व्यवस्थापनका लागि अस्पताल पुग्यो ।

तर अस्पतालबाट घाटसम्म पुर्याउन शवबाहक पाइएन् । एम्बुलेन्समा शव लैजाने प्रयास गरियो । तर चालकले कोरोना संक्रमितको शव बोक्न इन्कार गरे । पछि गाउँपालिकाकै गाडीमा शव मानखोला घाटसम्म पुर्याइयो ।
गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल चढ्ने पिकअप भ्यानमा अस्पतालबाट शब बाँके–बर्दियाको सिमामा पर्ने मानखोला घाटको जङ्गलमा लगेर व्यवस्थापन गर्ने पूर्व तयारी थियो । त्यसैअनुसार, शब गाड्न खाल्डो खनियो ।

सम्बन्धित समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त

तर स्थानीयले विरोध गरे । शव गाड्न दिएनन् । त्यसपछि अर्को ठाउँको जङ्गलमा लगेर खाल्डो खनेर शव व्यवस्थापन गरियो । यि दुई प्रतिनिधिमुलक घटना हुन् । कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनमा आफन्त र स्थानीयको असहयोगका कारण निकै ठूलो सास्ती खेप्नु परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ बताउँनुहुन्छ ।

‘शव गाड्न समेत विरोधको सामाना गर्नु परेको छ’ उहाँले भन्नुभयो ।
कोरोना भाइरसको बुझाईबारे स्थानीयलाई स्पष्ट पार्न नसक्नु र सरकारको कमजोर व्यवस्थापनका कारण बाँकेमा कोरोनाको उपचारभन्दा पनि शव व्यवस्थापन गर्न ठूलो समस्या परेको छ । यतीमात्र होइन् शव व्यवस्थापनको खर्च समेत कस्ले गर्ने भन्नेमा स्पष्टता छैन्। त्यसको भार अहिले स्थानीय प्रशासनको थाप्लोमा छ ।

कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन गर्न बनेको निर्देशिकामा प्रमुख जिल्ला अधिकारीको समन्वयमा नेपाली सेनाले शव व्यवस्थापन गर्ने भनिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ भन्नुहुन्छ–‘शव व्यवस्थापनमा स्थानीयको अवरोध त छदै थियो, शव व्यवस्थापनमा लाग्ने खर्चको समेत स्पष्टता नहुँदा थप समस्या झेलिरहेका छौं ।’

ADVERTISEMENT

कोभिड–१९ बाट मृत्यु भएका एउटा व्यक्तिको शव व्यवस्थापन गर्न कम्तिमा ८० हजारको हाराहारीमा खर्च हुने गरेको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ बताउँनुहुन्छ । ‘न हामीसँग पैसा छ, न त नेपाली सेनासँग उहाँ भन्नुहुन्छ–‘स्थानीय सरकारसँग समन्वय गरेर अहिलेसम्म धन्न शब व्यवस्थापन भइरहेको छ, एकैपटक धेरै जनाको मृत्यु भए के गर्ने ?’ न शव बाहक छन, न त एम्बुलेन्स चालकले शव बोक्न मान्छन् ।

न शव व्यवस्थापनमा खटिने नेपाली सेनासँग पर्याप्त स्वास्थ्य सामग्री छन, न त तत्काल खरिद गर्न स्थानीय प्रशासनसँग रकम छ । शव व्यवस्थापनमा खटिने नेपाली सेनासँग स्वास्थ्य सुरक्षा उपकरण नहुँदा प्रमुख जिल्ला अधिकारी कुम्रुवाङले प्राइभेट प्रोटेक्टिभ इक्वमेन्ट (पिपिई) अर्थात व्यक्तिगत सुरक्षा कवज काठमाडौंबाट झिकाएर सेनालाई उपलब्ध गराउनुभयो । ‘उक्त रकम तिर्नै बाँकी छ, उहाँले भन्नुभयो–‘स्थानीय पालिकाहरुले सहयोगको प्रतिबद्धता जनाएका छन् ।’ मास्क, हेल्मेट, हेड कभर, बुट, गाउन, पञ्जा, चस्मा पिपिई अन्तर्गत पर्दछ ।

कोरोना भाइरस फैलिन नदिन जोखिममा रहेका व्यक्तिहरुलाई क्वारेन्टिनमा राख्ने, स्वाब परीक्षण गर्ने, उपचारका लागि आइसोलेसनमा राख्नेदेखि राहत बाँड्नेलगायतका काममा बाँकेका स्थानीय सरकारले १२ करोड बढी रकम खर्च गरिसकेका छन् । तर शव व्यवस्थापनको जिम्मा भने स्थानीय प्रशासनकै भएको बताउँछन् ।
निर्देशिकाले शव व्यवस्थापनमा लाग्ने खर्च कस्ले बेहोर्ने भन्नेबारे स्पष्ट उल्लेख नगर्दा स्थानीय सरकार पनि अलमलिएका हुन् ।

शव व्यवस्थापन प्रमुख जिल्ला अधिकारीकै समन्वयमा नेपाली सेनाले गर्ने भनेकाले यसमा स्थानीय सरकारको भूमिका नहुँने बुझाइ जनप्रतिनिधिहरुमा परेको छ । शव व्यवस्थापनमा स्थानीय प्रशासनको समन्वयमा गर्ने भनिएकाले उहाँहरु (सिडिओ, नेपाली सेना) ले भने पालिकाबाट सहयोग गर्न तयार रहेको बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले बताउँनुभयो ।
निर्देशिकामा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको अन्त्यष्टि धार्मिक परम्परा अनुसार गर्ने भनिएको छ । तर त्यसका लागि शव व्यवस्थापन गर्ने जिम्मा पाएको नेपाली सेनासँग पर्याप्तमात्रामा स्वास्थ्य सामाग्री नहुँदा सबैको शव खोल्डो खनेर गाँडिएको छ ।

यसले मृतकका परिवारमा आफन्त गुमाउँदाको पीडा त छदै छ अर्कोतर्फ धार्मिक परम्परा अनुसार ससम्मान अन्त्यष्टि गर्न नपाउँदाको अर्को पीडा समेत थपिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ भन्नुहुन्छ–‘कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनमा चुनौति नै चुनौतिका चाङ छन् ।’
फ्रिडम फोरमसँगको सहकार्यमा तयार पारिएको रिपोर्ट

Share147Tweet92SendShare
Previous Post

सशस्त्र प्रहरीद्धारा अवैध सुर्तीजन्य समान बरामद

Next Post

भारी वर्षाको कारण नेपालगन्ज डुबानमा पर्न सक्ने भारतको चेतावनी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग
मुख्य समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

१२:४२ बिहान, बैशाख २२, २०८३
समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ
अपराध

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

१२:०९ मध्यान्ह, बैशाख २१, २०८३
ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त
मुख्य समाचार

ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त

९:५२ बिहान, बैशाख २१, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

नेपालगञ्जमा ठूलो परिमाणको ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

७:२५ बिहान, बैशाख २१, २०८३
भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने
मुख्य समाचार

भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने

८:२७ बिहान, बैशाख २०, २०८३
मेयर विष्टको निर्देशन लत्याउँदै वडा अध्यक्ष धोवी तालमा फोहोर फाल्न अझैँ रोकिएन
मुख्य समाचार

मेयर विष्टको निर्देशन लत्याउँदै वडा अध्यक्ष धोवी तालमा फोहोर फाल्न अझैँ रोकिएन

१२:४९ बिहान, बैशाख २०, २०८३
संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान
मुख्य समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

५:२७ बिहान, बैशाख १९, २०८३
बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा
मुख्य समाचार

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा

१२:३२ मध्यान्ह, बैशाख १७, २०८३
Next Post

भारी वर्षाको कारण नेपालगन्ज डुबानमा पर्न सक्ने भारतको चेतावनी

चट्यांगका कारण भारतमा एकै दिन १०७ जनाको मृत्यु

गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?