फाइल फोटो
बाँके असार २३ गते ।
अधिकांस स्थानमा गएरातिदेखि बर्षा भईरहेको छ। मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले पश्चिम तराईमा पनि बर्षा भईरहेको हो। हाल देशभर बदली रही पश्चिमका जिल्लामा वर्षा भईरहेको महाशाखाले जनाएको छ।
बाँके, बर्दिया, दांग, कैलाली, कन्चनपुरलगायतका जिल्लामा गएरातीदेखि नै बर्षा भइरहेको छ। उखरमाउलो गर्मीले आक्रान्त नेपालगन्जबासीहरुलाई गएरातीदेखिको बर्षाले राहात दिएको छ ।
नेपालगन्ज आज चिसिएको छ ।महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ। देशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
Discussion about this post