ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

निःशुल्क हवाई सेवाले दुर्गमका गर्भवती महिलाको ज्यान जान जोगिँदै

जावेद अन्सारी by जावेद अन्सारी
११:१६ बिहान, भदौ ८, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके भदौ ८ गते ।
स्वास्थ्य संस्था तथा आवश्यक उपकरणको अभावमा समस्या भोगिरहेका कर्णालीका गर्भवती महिलाको हवाई मार्गबाट उद्धार हुँदा दर्जनौँको ज्यान बचेको छ। महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति उद्धार कोषले कर्णालीका गर्भवती महिलाको हेलिकप्टरबाट निःशुल्क उद्धार गरेपछि ज्यान बचेको हो। हवाई उद्धार कार्यक्रम सञ्चालन भएका ३० जिल्लामा पूर्ण रूपमा र चार जिल्लामा आंशिक रूपमा निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन भएको छ।

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ मार्फत उद्धार गरिएको हो। सडक सञ्जालमा नजोडिएका र सहज यातायात पहुँच नभएका ठाउँका गर्भवती महिलाहरूको हेलिकप्टरबाट तत्काल उद्धार र उपचार कार्यक्रम निकै प्रभावकारी भएको हो।

सुविधा सम्पन्न र अत्यावश्यक स्वास्थ्य उपकरण नभएका हिमाली जिल्लाका स्वास्थ्य संस्थामा उपचार हुन नसक्ने अवस्थाका कर्णालीका गर्भवतीहरूको हवाई मार्गबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत र नेपालगञ्ज लगेर आमा तथा शिशुको ज्यान बचाउने काममा यो कार्यक्रम निकै प्रभावकारी बन्दै गएको हो।

२०७६ असार ११ गतेसम्म डोल्पामा चार, जाजरकोटमा एक, हुम्लामा दुई र मुगुमा चार गर्भवतीको उद्धार भएको थियो। त्यस्तै आर्थिक वर्ष २०७६-७७ मा जाजरकोटमा ६, डोल्पामा १०, हुम्लामा ८, मुगुमा ४ र कालीकोटमा १ जनाको उद्धार गरिएको छ।

सम्बन्धित समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

आर्थिक वर्ष २०७५-७६ मा देशैभरिबाट २६ र आर्थिक वर्ष ७६-७७ मा ८७ गरी जम्मा ११३ सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको कोषले जनाएको छ। सुत्केरी व्यथाले छटपटाइरहेका महिलालाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरेर सुविधा सम्पन्न अस्पताल पुर्‍याएपछि कर्णालीमा यो कार्यक्रम प्रभावकारी भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।

उनका अनुसार दुर्गम गाउँमा सडक पहुँच नहुनु र भएका सडक पनि हिउँदको महिनामा मात्र सञ्चालन हुने भएकाले पनि व्यथा लागेका गर्भवतीलाई सुविधा सम्पन्न स्वास्थ्य संस्थामा पुर्याउन हेलिकप्टर प्रयोग गर्नुको विकल्प छैन ।

‘व्यथा लागेको लामो समय घरमै राख्ने स्थानीय चलनले स्वास्थ्यकर्मीलाई नै ढिला खबर हुन्छ’, प्रजिअ पन्तले भने, ‘उद्धारको पहलका लागि अन्तिम समयमा मात्रै खबर आउँछ, त्यस्तो आपत परेको बेला व्यथाले मृत्युसँग लडिरहेका महिलाका निकै उपयोगी भएको छ।’

ADVERTISEMENT

जाजरकोट जिल्ला सडक सञ्जालको पहुँचमा भए पनि कच्ची सडक, वर्षाले सडकमा सवारी साधन सञ्चालनमा आउने समस्याले अधिकांश गर्भवतीलाई समयमै स्वास्थ्य संस्था पुर्याउन मुस्किल हुँदै आएको छ।

उता डोल्पाको सदरमुकामसम्म मात्र सडकको ट्र्याक खोल्ने काम भएकाले त्यस बाहेकका अधिकांश बस्तीको यातायातको एकमात्र विकल्प हेकिकप्टर नै हो।त्यसैले पनि यहाँका अधिकांश गर्भवतीको उद्धारका लागि हेलिकप्टर प्रयोग हुँदै आएको छ।

महिलाहरूको उद्धारमा प्रयोग भएका हेलिकप्टरको भाडावापत लाग्ने खर्च राष्ट्रपति उद्धार कोषले नै व्यहोर्ने भएकाले यो कार्य जोखिममा परेका महिलाको जीवनरक्षकका रूपमा रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।

‘दुर्गम गाउँमा गर्भवतीलाई सुत्केरी व्यथा लाग्नासाथ स्वास्थ्य संस्था लैजानुभन्दा पहिला परम्परागत धामीझाँक्री देखाउने र झारफुक गराउनाले कति आमा र नवजात शिशुको अकालमा ज्यान जाने गर्थ्यो’, नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले भने, ‘सरकारले राष्ट्रपति उद्धार कोषमार्फत उद्धार कार्यक्रम सुरू गरेपछि दुर्गमका आमा र शिशुहरूको ज्यान बचाउन निकै सहयोगी भएको छ।’

उनका अनुसार अझै यस कार्यक्रमका बारेमा अपेक्षितरूपमा प्रचार नहुँदा दूरदराजका दिदी-बहिनीहरूले अकालमा ज्यान गुमाइरहनुपरेको छ।कार्यक्रममार्फत गर्भवतीको उद्धार गर्न गाउँमै हेलिकप्टर आउन थालेपछि जिल्लाका अधिकांश वडाहरूमा हेलिप्याड निर्माण हुन थालेका छन्।जाजरकोटको बारेकोट गाउँपालिकाले गएको आर्थिक वर्षमै मातहतका सबै वडामा हेलिप्याड निर्माण गरिसकेको जनाएको छ।

अन्य स्थानीय तहले पनि पायक पर्ने ठाउँमा हेलिप्याड निर्माणका लागि कार्य सुरू गरेको प्रजिअ पन्तले जानकारी दिए। डोल्पाका स्थानीय तहले पनि आपसी समन्वयमा हेलिप्याड निर्माण गर्ने काम अघि बढाएका छन् ।

दुर्गम गाउँमा गर्भवतीलाई सुत्केरी वेथा लागेपछि स्वास्थ्य संस्था पुर्याउँदा लाग्ने समयले दुःखद् परिणाम नआओस् भन्न हरेक स्थानीय तहको पायक पर्ने स्थानमा हेलिप्याड निर्माणको अवधारणा अघि सारिएको छ।

Share148Tweet92SendShare
Previous Post

कोरोना नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने

Next Post

प्लाज्मा थेरापीमार्फत कोरोना संक्रमितको उपचार गर्ने तयारी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
Next Post

प्लाज्मा थेरापीमार्फत कोरोना संक्रमितको उपचार गर्ने तयारी

सुदूरपश्चिम: प्रहरीमा फैलिदै कोरोना, २७ जनामा संक्रमण पुष्टि

बाँकेमा थपिए ६ जना संक्रमित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?