ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेकपाका दुई अध्यक्षबीच कडिकडाउ संवाद

जावेद अन्सारी by जावेद अन्सारी
११:५० बिहान, भदौ २४, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

काठमाडौं भदौ २४ गते ।
बालुवाटारको बुझाई, संविधानको व्यवस्था र नेकपाका अन्य सचिवालय नेताहरूको जोड–कोणका भित्री मामिला अनुमान गरिएभन्दा भिन्न छ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच सोमबार भएको भेटका क्रममा प्रधानमन्त्रीले वामदेव गौतमलाई अबको क्याबिनेट बैठकबाट निर्णय गराएर सांसदमा लाने तर उहाँ र नारायणकाजी श्रेष्ठजस्ता नेता राष्ट्रियसभा सदस्य भए पनि संविधानतः मन्त्री बन्न नसक्ने तर्क गर्नुभएको छ ।

यसबीच यदि यी दुई नेता मन्त्री हुनै लागेछन् भने पनि तुरुन्तै रिट बोकेर सर्वोच्च पुग्ने गरी वकिलहरूको एउटा समूह तयारी हालतमा छ । पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको फरक–फरक विधिमार्फत संघीय संसदमा प्रवेश भए पनि मन्त्री नै बनाइहाल्न चाहिँ प्रधानमन्त्रीको रुची नदेखिँदा शीर्ष नेताबीच यी विषयमा पनि माथापच्ची चल्ने भएको छ ।

सोमबारको भेटमा प्रचण्डले संविधानको धारा ‘०७८ को विभिन्न उपधारा स्मरण गराउँदै अर्का अध्यक्षलाई भने, ‘कुनै प्रक्रियामार्फत संघीय संसदमा प्रवेश गरिसकेको अवस्थामा मन्त्री बनाउन मिल्दैन भन्ने कुरा तार्किक छैन, वास्तविकता पनि होइन ।’ प्रचण्डले यति भनेपछि बल्ल केपीले भेद खोले, ‘साथीहरू वकिल–सोकिल तयार पारेर बसेका छन् ।’

२० गते नै पद रिक्त हुदा पनि वामदेवको नाम पार्टी निर्णयबमोजिम राष्ट्रपतिसमक्ष सिफारिसमा ढिलाइ हुनुको कारण कथं सांसद भइहाले पनि मन्त्री बन्न नपाइने बालुवाटारको अडानबीच के तादात्म्य होला ? भैंसेपाटीनिकट स्रोतका अनुसार भैगो त अब म जान्न भन्दै वामदेवलाई गलाउने मेलो हो ।

सम्बन्धित समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

अर्कातिर, भर्खरै अर्थ मन्त्रीबाट राजीनामा दिएका डा.युवराज खतिवडा र माघमा सेक्युरिटी प्रेस खरिदमा बार्गेनिङको आरोप लागेपछि काँग्रेसले संसद् अवरुद्ध गर्दागर्दै राजीनामा दिएका गोकुल बाँस्कोटाहरूको हकमा आफ्नो लागे–पुगेसम्म मन्त्री बनाउने मुडबाट प्रधानमन्त्री अझै पछाडि हटेका छैन्न । यही खतरा देखेर प्रचण्ड, माधव नेपाल र झलनाथ खनालहरूले २६ गतेको सचिवालय बैठकअगाडि मन्त्रिपरिषद् पुनर्गठन, आयोग, राजदूतसहितका कुनै पनि राजनीतिक नियुक्ति गर्न नपाइने बटमलाइन सुनाए ।

यी दुई व्यक्तिलाई प्रधानमन्त्रीले केही जिम्मा दिन खोजिहालेमा रोक्ने गरी नेताहरूले रणनीति बनाएको बताइन्छ । बीचमा अख्तियार प्रमुखलगायतका विषयमा प्रधानमन्त्रीले सहमतिबेगरका प्रस्ताव ल्याएमा प्रचण्डले पनि अर्को प्रस्ताव ठिक्क पारेर बसेको स्रोतले जनाएको छ । अर्कातिर, पार्टी महासचिव विष्णु पौडेलले पनि आफू नहुने अवस्थामा वामदेव र नारायणकाजी हुँदा पनि आपत्ति नहुने पोजिसन लिएको नेकपा स्रोतले जनाएको छ ।

सोमबार दुई अध्यक्षबीचको सहमतिपछि तय भएको २६ गते बिहान ११ बजेबाट शुरु हुने स्थायी कमिटी बैठकका कार्यसूची पनि तय भएका छन् । उक्त बैठकअघि सचिवालय बैठकमा कार्यदलको प्रतिवेदनमाथि उठेका टिप्पणी, सुझाव, आलोचनाका आधारमा निर्णय प्रस्ताव तयार पार्ने सहमति छ । सम्भवतः आजै बुधबारभित्र यो काम टुंगिनेछ ।

ADVERTISEMENT

तर, सोमबारको भेटमा डा.युवराजको नयाँ जिम्मेवारीबारे अध्यक्षहरूबीच केही कुरा भएन । घुमाईफिराई उनलाई केही न केही बनाउने प्रधानमन्त्रीको प्रयास जारी छ । तर संभावना न्यून रहेको एक शीर्षस्थ नेताले जनआस्थालाई बताउनुभयो । प्रधानमन्त्रीले युवराज र गोकुलको हकमा जति बल गरे पनि इतर खेमाबाट हुन नदिने, वामदेव र नारायणकाजीका हकमा बालुवाटारले तगारो तेस्र्याउने आ–आफ्नै बटम लाइन रहेको बुझिन्छ ।

Share147Tweet92SendShare
Previous Post

इतिहासमा आज– माओत्से तुङको निधन

Next Post

क्रिस्टियानो रोनाल्डोको अर्को कीर्तिमान ः अन्तर्राष्ट्रिय खेलमा १ सय गोल पूरा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
Next Post

क्रिस्टियानो रोनाल्डोको अर्को कीर्तिमान ः अन्तर्राष्ट्रिय खेलमा १ सय गोल पूरा

साहीत्यकार गैरेको पहिलो कृति लकडाउन प्रकाशनको तयारीमा

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा रक्तदान कार्यक्रम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?