बाँके भदौ ३१ गते ।
बाँकेमा थप १० जना कोरोना संक्रमित निको भएका छन् । बाँकेको विभिन्न आइसोलेसन केन्द्रमा रहेर उपचार गराइरहेका १० जना कोरोना संक्रमित निको भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
कोरोना संक्रमित निको हुनेमा एक जना जाजरकोट खलङ्गा र बसगढी बर्दियाका पनि रहेका छन् । यससँगै बाँकेमा संक्रमित बनेका १,४१२ जना मध्य १,०८८ जना निको भएर घर फर्किएका छन् भने ८ जनाको मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमित निको हुने दर ७१.९६ प्रतिशत रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
अब बाँकेमा ४१९ जना आइसोलेसनमा रहेका छन् । जिल्लामा कोरोना प्रकोप दर ०।२५ प्रतिशत रहेको छ ।









Discussion about this post