बाँके मंसिर ४ गते ।
बाँकेमा विहीबार थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेमा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ४५ जनामा पनि कोरोना पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा संक्रमित थपिएका हुन् ।
भेरी अस्पतालमा १७ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरिएको परिक्षणमा ३ जना र बागेश्वरी डाइग्नोष्टिक ल्याबमा २ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
बाँकेमा अब कोरोना संक्रमितको कुल संख्या ३ हजार ६ सय ४६ पुगेको छ । हालसम्म ३ हजार ४ सय १४ जना निको भएर डिस्चार्ज भएका छन् । अहिले १ सय ९५ जना आइसोलेसनमा छन् । अहिलेसम्म जिल्लामा संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ ।
Discussion about this post