ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दैलेखमा देखिन थाले लोपोन्मुख गिद्ध

News Desk by News Desk
११:३६ बिहान, माघ १७, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

दैलेख माघ १७ गते ।
विश्वबाट लोपोन्मुख गिद्ध दैलेखमा देखिन थालेका छन् । डाइक्लोफेनेकमुक्त भएको १२ वर्षपछि दैलेखमा गिद्ध देखा पर्न थालेका हुन् । जिल्लालाई विसं २०६६ मा डाइक्लोफेनकमुक्त घोषणा गरिएको थियो ।

मासुलाई आहारा बनाउने तर आफू सिकार नगर्ने पंक्षी देखिन थालेपछि स्थानीयवासीमा खुशी भएका छन् । मरेको सिनो खाएर वातावरणलाई स्वच्छ बनाएर दिने गिद्ध मानिसका लागि सहयोगी हुन् ।

बिरामी पशुलाई दुखाइ र ज्वरो कम गर्नका लागि प्रयोग गरिने डाइक्लोफेनेक औषधिको अत्याधिक प्रयोग हुन थालेदेखि त्यस्ता मरेका पशु खाँदा गिद्धसमेत मर्ने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख भीमबहादुर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘डाइक्लोफेनेक औषधि प्रयोग गरिएको सिनो खाँदा गिद्धको मिर्गौलामा असर पर्न गएर मर्ने, बाँचेकामा पनि बाँझो आउने अुनसन्धानबाट खुलेपछि जिल्लालाई २०६६ सालमा डाइक्लोफेनेकमुक्त घोषणा गरिएको थियो ।’ आजभोलि जिल्लाका विभिन्न ठाउँमा आकाशमा फाटफुट गिद्ध देखिन थालेपछि डाइक्लोफेनक औषधिको प्रयोग भएको छैन भन्ने अनुमान गरिएको छ । गिद्धको सङ्ख्या बढ्नु आमनागरिकका लागि खुशीको कुरा हो प्रमुख विष्टले थप्नुभयो ।

सम्बन्धित समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

डाइक्लोफेनेकमुक्तपछि जिल्लाका विभिन्न ठाउँका सिमल, सल्लाको रुखमा गिद्धले गुँड लगाउनेको गरेको ठाटीकाँध गाउँपालिका–१ का वडाध्यक्ष नर्तमबहादुर बुढाले बताउनुभयो । ‘एक दशकसम्म हामीले गिद्ध देखेका थिएनौँ । गिद्ध नहुँदा मरेको गाईगोरुले वातावरणलाई दूषित बनाएको थियो । तीन वर्षयता गाउँपालिकाका जङ्गलमा गिद्धले गुँड लगाउने गरेको देखिएको छ’, उहाँले भन्नुभयो । गिद्धको वासस्थानको लागि सिमलको रुख फँडानी गर्दा गिद्ध देखा पर्न छोडेको स्थानीयवासीले बताउँछन् ।

गिद्धका लागि सिमलको रुख काट्नाले गिद्ध लोप भएको स्थानीयवासीको बुझाइ छ । नेपाल सरकारले सिमलको रुखलाई पनि गिद्ध उचित वासस्थान हो मानेर रुख कटानमा प्रतिबन्ध लगाएको छ ।

मरेको सिनो खाएर गिद्धले सरुवा रोग हैजा, झाडापखालालगायतका रोगबाट मुक्त बनाइदिने भएकाले संरक्षणका लागि गाउँबस्तीका मानिसले औषधि प्रयोग गरिएको सिनो गाड्ने र वासस्थानको लागि सिमलको रुखलाई संरक्षण गर्नु पर्ने दैलेख पशु अस्पताल कार्यलयका निमित्त अधिकृत विष्टले बताउनुहुन्छ ।

ADVERTISEMENT

नेपालको एकमात्र लोपोन्मुख जाति राउटे समुदायले सिमलको रुखबाट भाँडाकुँडा बनाएर जीविकापार्जन गर्दै आएकाले यसको रोकथामको लागि राउटे समुदायमा काम गर्ने सङ्घसंस्थाले जनचेतना जगाउनुपर्ने उहाँको भनाइ छ । राउटेको जीवन प्रकृतिसँग हुर्किने भएकाले प्रकृतिका कुचिकर मानिएका गिद्धको संरक्षणका बारेमा उनीहरुमा जनचेतना जगाउनुपर्छ र सिमलको रुख काट्न रोक लगाउनु पर्ने हुन्छ ।

हिन्दू धर्ममा शनि देवताको बहानको रुपमा चिनिने यो पंक्षी धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउने पहल गरेको उल्लेख गरिएको छ । नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये दैलेखमा पाँच प्रजातिका हिमाली गिद्ध, हाडफोर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध, डङ्गुर गिद्ध पाइने नेपाल पंक्षी संरक्षणका जीवविज्ञान कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अकल्पनीय र अप्राकृतिक विनाशले सानो खैरो, डङ्गुर, लामो ठुडे र सुन गिद्ध अतिसङ्कटापन्न र सेतो गिद्ध सङ्कटापन्न अवस्थामा पुगेका छन् । अतिसङ्कटापन्न प्रजाति आउने १० वर्षभित्र लोप हुने सम्भावना ५० प्रतिशत हुन्छ ।

नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्बती मूलका लामा समुदायमा अहिले पनि आफन्तको शव गिद्धलाई खुवाउँछन् र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुर्याउने दूतका रुपमा पुज्ने गर्छन् । गिद्ध खाद्य शृङ्खलाको संयोजक, वातावरणीय सन्तुलन र जैविक विविधताको महत्त्वपूर्ण सूचक मात्र नभएर कतिपय समुदायको धार्मिक र सांस्कृतिक आस्थाको धरोहर रहेको छ ।

अझै गिद्धलाई संरक्षण गर्न स्थानीय सरकार, राजनीति दल विभिन्न सरकारी एवं गैरसरकारी संस्थाले डाइक्लोफेनेकलगायत अन्य विषादीलाई रोकथाम नियन्त्रण र स्थानीयवासीमा जनचेतना जगाउन सके गिद्ध संरक्षणमा फाइदा पुग्ने वातावरण संरक्षणवादीहरुको तर्क छ ।

विसं २०६३ जेठ २३ नेपाल सरकारले गिद्ध संरक्षणका लागि पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेकको उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लगाएको थियो । गिद्ध, तथा अन्य चराचुरुङ्गी वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्यामको उत्पादन र बिक्री वितरण लागि प्रयोगमा ल्याएको छ ।

गिद्धले एकैपटक ३०० किमी आकाशीय दूरीमा उडान भर्न सक्छ । नेपाल पंक्षी संरक्षण सङ्घ काठमाण्डौको अध्ययनअनुसार गिद्धले सिमलको रूख, सल्ला, साललगायत १३ प्रजातिका फरकफरक रूखमा गुँड बनाउने गरेको छ ।

Share147Tweet92SendShare
Previous Post

जमुनाह नाका औपचारिकरुपमा खोल्ने तयारी, मापदण्ड भने पालना गर्नै पर्ने

Next Post

भारतमा बस र ट्रक ठोक्किँदा दश जनाको ज्यान गयो, १५ जनाभन्दा बढी गम्भीर घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post

भारतमा बस र ट्रक ठोक्किँदा दश जनाको ज्यान गयो, १५ जनाभन्दा बढी गम्भीर घाइते

चुनावमा जुट्न कार्यकर्ताहरुलाई सिके राउतको निर्देशन

बाँके जिल्ला व्याटमिन्टन संघको अध्यक्षमा थापा, छैठौं साधारणसभा सम्पन्न

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Clear
6:11 am6:04 pm +0545
Feels like: 33°C
Wind: 5km/h W
Humidity: 82%
Pressure: 1012.19mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
29°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?