ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

चीन नेपाल सम्बन्ध झन बलियो भयो – बिदेश मन्त्री ज्ञवाली

जावेद अन्सारी by जावेद अन्सारी
४:०३ बिहान, भदौ २५, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

काठमाडौ भदौ २५ गते । चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमण सकेर मंगलबार दिउँसो स्वदेश फर्किएका छन्।

यीको भ्रमण केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बनेपछि उत्तरी छिमेकी चीनबाट भएको पहिलो उच्चस्तरीय राजनीतिक भ्रमण हो।
विदेश मन्त्री यी पाकिस्तानको इस्लामावादबाट आइतबार काठमाडौं ओर्लिँदा बहुचर्चित केरूङ-काठमाडौं रेलमार्ग र चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणबारे कुरा हुने अपेक्षा गरिएको थियो।
सोमबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र समकक्षी यीले नेतृत्व गरेका दुई देशका प्रतिनिधि मण्डलबीच राजधानीमा औपचारिक वार्ता भयो।

वार्ताका क्रममा के-के कुराकानी भयो, विस्तृत सार्वजनिक गरिएको छैन। बैठकपछि दुई देशका अधिकारीहरूले भने तीन वटा समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
चीनले मनाङमा ३५ करोड रुपैयाँमा अस्पताल बनाउने, आपतकालीन प्रयोगका लागि ५ हजार थान त्रिपाल दिने र बाढी प्रभावितलाई सहयोग गर्न १ करोड ६० लाख रुपैयाँ दिने समझदारीमा हस्ताक्षर भएको छ।
यी यस्ता समझदारी छन् जसमा भएको हस्ताक्षरको साक्षी बन्न विश्वको दोस्रो ठूलो अर्थतन्त्रका विदेश मन्त्री काठमाडौं ओर्लिरहनु पर्दैन।
रेल ल्याउन तम्सिएको सरकारले चिनियाँ विदेश मन्त्री आउँदा गरेका समझदारी देखेर मानिसहरू अचम्ममा परेका छन्। सामाजिक सञ्जालमा कतिपय त्यति सानो कुरा के मागेको भन्दै सरकारको आलोचना गरेका छन्। कतिले रेल ल्याउँछु भनेर त्रिपाल मागिएको भन्दै व्यंग्य कसेका छन्।
चिनियाँ विदेश मन्त्रीसँग नेपालले के-के कुरा गर्‍यो, र उनको भ्रमणको के उपलब्धी भयो त? हामीले यी प्रश्न सोमबारको वार्तामा नेपालको नेतृत्व गरेका परराष्ट्र मन्त्री ज्ञवालीलाई सोध्यौं।
ज्ञवालीले चिनियाँ विदेश मन्त्रीसँग बृहत आर्थिक विकासका सम्बन्धमा गम्भीर कुराकानी भएको बताए।
‘सम्बन्धमा त हाम्रो केही समस्या छैन त्यसैले कनेक्टिभिटी कसरी बढाउन सकिन्छ भन्नेमा वार्ता केन्द्रीत भयो,’ ज्ञवालीले भने,‘रेल हाम्रो प्राथमिकता हो। त्यसमा हामी प्रतिवद्ध छौं। उहाँहरूले उक्त प्रतिवद्धताबारे आफूहरू जानकार रहेको बताउनुभयो। तर प्राविधिक रूपले निकै कठिन भएकाले त्यसलाई कसरी बनाउने,कुन फन्डिङ मोडलमा जाने भन्ने टुंगिन बाँकी छ।’
ज्ञवालीले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणबारे पनि कुराकानी भएको बताए।
‘हामीले उच्चस्तरीय भ्रमणको अपेक्षा राखेको कुरा भन्यौं। उहाँहरूले उपर्युक्त समयमा भ्रमण हुने बताउनुभयो। यद्यपी मिति तय भएको छैन। भए पनि त्यसलाई सार्वजनिक गर्ने आफ्नै प्रक्रिया हुन्छन्,’ ज्ञवालीले भने।
उनले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्सअन्तर्गत मदन भण्डारी विश्वविद्यालय बनाउनेलगायत विषयमा पनि छलफल भएको बताए।
‘विश्वविद्यालय पनि बनाउनु पर्छ। होइन विश्वविद्यालय हामीलाई चाहिँदैन भन्ने सोच छ भने त के भन्नु,’ ज्ञवालीले भने।
अनि त्रिपाल दिने समझदारी?
‘त्यो त सामान्य कुरा हो। चीनले भूकम्प आउँदा दिएका त्रिपालले अहिलेसम्म धानिरहेका छन्। हामीले मागेको होइन मानवीय हिसाबले उहाँहरूले दिएको सहयोग लिन्नौं भन्न मिल्दैन,’ ज्ञवालीले भने।
उनले यीको भ्रमणपछि आफूहरू चिनियाँ राष्ट्रपति नेपाल आउनेमा आशावादी भएको बताए।
‘सबै कुराका आफ्ना प्रक्रिया हुन्छन्। अहिले भएका कुरा पनि उच्च राजनीतिक भ्रमणको वातावरण बनाउन भएका हुन सक्छन्,’ ज्ञवालीले भने,‘यो भ्रमणपछि चिनियाँ राष्ट्रपति आउनेमा हामी आशावादी भएका छौं।

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

साभार: सेतोपाटीबाट

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

ताजिया विसर्जन गरेर आज मोहर्ररम पर्व सम्पन्न (फोटो फिचर)

Next Post

विभिन्न कार्यक्रममा सहभागि हुन सहरी विकास मन्त्री राई आज नेपालगन्ज आउँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
Next Post

विभिन्न कार्यक्रममा सहभागि हुन सहरी विकास मन्त्री राई आज नेपालगन्ज आउँदै

नारायण माविका प्रधानाध्यापकलाई शिक्षा मन्त्रालयले पुरस्कृत गर्‍यो

बाँकेमा पनि डेंगुको सक्रमण, सावधानी अपनाउन आग्रह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?