बाँके असार १० गते ।
लुम्बिनी प्रदेशका धेरै स्थानमा आज बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो लुम्बिनीसँगै वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन÷चट्टयाङसहित भारी वर्षाको सम्भावना छ । देशभर मनसुनी वायुको प्रभाव छ ।
हाल देशको दक्षिणी भू–भागनजिक मनसुनी न्यूनचापीय रेखा रहेको महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरेखोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Discussion about this post