बाँके असार १० गते ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल तथा डिजेल÷मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो । अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ ।
आन्तरिक उडानमा पनि प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ पुर्याइएको छ । यस्तै अन्तर्राष्ट्रिय उडानमा प्रति किलोलिटर अमेरिकी डलर २०ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७ सय ३५ प्रति किलो लिटर कायम गरिएको निगमले जनाएको छ ।
बढेको मूल्य आजदेखि लागू भएको छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपनि त्यसलाई उपभोक्ताहरुले सहजै स्विकार गर्दै आएका छन् । यसअघि पेट्रोलियम पदार्थको मूल्य बढ्दा विद्यार्थी संगठनहरु सडकमा आएर प्रदर्शन गर्ने गरेका थिए ।
Discussion about this post