बाँके भदौ ३१ गते ।
बाँके प्रहरीले अवैध भन्सार छलिको सामान बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१० विद्युत जाने बाटो नजिकैबाट लत्ताकपडा, मिक्सर मेसिन, मोवाइल कभर, छोडालगायतका सामान बरामद गरेको हो ।
अन्दाजी एक लाख ४ हजार ८ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ । भन्सार छलेर अवैध तरिकाबाट भित्र्याइएको बरामद सामान आज भन्सार कार्यालय नेपालगन्जमा बुझाईएको पनि प्रहरीले जनाएको छ ।
Discussion about this post