ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश समाचार

मुख्यमन्त्रीको मधेस भ्रमण

संघीयता मजबुत पार्न प्रदेशहरु एकजुट हुनुपर्नेमा जोड, गण्डकी र मधेस प्रदेशबीच धार्मिक र पर्यटकीय सम्बन्ध जोडिने

News Desk by News Desk
१०:२९ मध्यान्ह, फाल्गुन २१, २०७८
मुख्यमन्त्रीको मधेस भ्रमण
413
सेयर
411
VIEWS
ShareTweetSendShare

जनकपुरधाम फागुन २१ गते ।
संघीयता सुदृढ पार्न संघ सरकार वाधक रहेको भन्दै गण्डकी र मधेस प्रदेशका मुख्यमन्त्रीले अधकिार प्राप्तिका लागि प्रदेश सरकारहरु एकमत भएर अगाडि बढुनुपर्ने बताएका छन् ।

मधेस र गण्डकी प्रदेशबीच आन्तरिक पर्यटन प्रवद्र्धनका क्रममा जनकपुरमा भएको छलफलमा बोल्दै दुवै मुख्यमन्त्रीले अधिकारको निक्षेपणमा संघीय सरकारको मानसिकता अझै पनि केन्द्रीकृत रहेकाले आगामी दिनमा हाम्रा बीचको सहकार्य अझ घनिभूत बनाई प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउनु आवश्यक रहेको बताए ।

कार्यक्रममा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजस्वको बाडफाँटमा केन्द्रले धेरै राखेर प्रदेशलाई उपलब्ध गराउने गरेको सानो अंशले हाम्रा विकासका आवश्कताहरु पूरा हुने अवस्था नरहेको बताए । उनले भने, ‘नेपाल सरकारले अझ पनि केन्द्रीय कार्यालयहरु हटाएको छैन । कर्मचारी समायोजनमा पर्याप्त भूमिका खेलेको छैन । शान्ति सुरक्षा लगायतका मुख्य काममा प्रदेशलाई अधिकार दिएको छैन । जसले गर्दा प्रदेश सरकार चाहेर पनि काम गर्न सक्ने अवस्थामा छैन ।’

ठूला विकासका कार्य अघि बढाउन जग्गा प्राप्तिको समस्या रहेको, विकास निर्माणमा वाधक विभिन्न कानुनी व्यवस्था आदिको सुधार तथा संशोधनमा पनि केन्द्र सरकारले ध्यान नदिएको भन्दै यसका लागि प्रदेशहरुले एक भएर आवाज उठाउनुपर्ने भनाइ उनले राखे । उनले भने, ‘ठूला विकास साझेदारको स्रोत परिचालन केन्द्रबाट हुने गरेको छ । यसमा प्रदेशको संलग्नता वृद्धि हुनु पर्दछ ।’

सम्बन्धित समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

उनले अन्तर प्रदेश समन्वय परिषदको बैठक नियमित बस्ने र समस्याको समाधान निकाल्ने तर्फ हामीले पनि घच्घच्याउनु आवश्यक रहेको बताए । साझा सरोकारका विषयमा समय समयमा मुख्य मन्त्रीहरुबीच छलफल गरी अनुभव तथा सहयोगको आदान प्रदान तथा संघीयताको प्रवद्र्धनका लागि स्पष्ट धारणा बनाउनु आवश्यक रहेको भन्दै उनले सबै प्रदेशका मुख्य मन्त्रीसँग समन्वय गरी उपयुक्त समयमा मुख्यमन्त्रीहरुको छलफल कार्यक्रम पोखरामा आयोजना गर्न इच्छुक रहेको उनले बताए ।

गण्डकी र मधेस प्रदेशका बीचमा धेरै समानता र सहकार्यको सम्भावना रहेको भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धि र जनताको सुखका लागि हाम्रा बीचमा सहकार्य अति आवश्यक छ रहेको भनाइ राखे ।
गण्डकी प्रदेशमा आएका पर्यटनकलाई मधे प्रदेश र प्रदेश दुईमा आएका पर्यटकलाई गण्डकी प्रदेशमा जानका लागि अभिप्रेरित गर्ने कार्य निजी क्षेत्रको अगुवाईमा अगाडि बढाउन सकिने उनको भनाइ थियो । उनले भने, ‘जल पर्यटन, कृषि पर्यटन, शिक्षा र स्वास्थ्य पर्यटनमा पनि सहकार्य गर्न सकिन्छ ।’

आपसी हितका बृहत परियोजनाहरु जानकी, लुम्बिनी, मुक्तिनाथ र पोखरा जोडने सर्किट विकास गर्न सकिने भन्दै मुख्यमन्त्री पोखरेलले हवाई उडानलाई नियमित बनाउने र यसको क्षमता बढाउन सक्ने सम्भावना पनि रहेको बताए ।
अन्तरप्रदेश सद्भावना भ्रमणले दुई प्रदेशका बीच सहयोगको आदान प्रदान र भातृत्व भोलिका दिनमा झन् बढेर जाने विश्वास उनले व्यक्त गरे । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु रावतले गण्डकीका असल अभ्यासको अनुकरण आफूहरुले गर्ने प्रतिबद्धता जनाए ।

ADVERTISEMENT

प्रदेश सरकारहरुले सामूहिक रुपमा एजेन्डा बनाएर आवाज राखेको खण्डमा संघीय सरकार त्यसलाई सम्बोधन गर्न वाध्य हुने भनाइ राखे । संविधानले ग्यारेन्टी गरेका अधिकारलाई रोक्ने ताकत कसैसँग नरहेको भन्दै उनले यसको प्राप्तिको लागि आफूहरु लागीपर्ने भनाइ राखे । पर्यटकीय र धार्मिक सम्बन्ध कायम गर्नका लागि मधेस सरकार तयार रहेको मुख्यमन्त्री रावतले बताए ।
प्रदेशका पर्यटन मन्त्री शत्रुधन महतोले दुई प्रदेशबीचको पर्यटकीय र धार्मिक सम्बन्ध जोड्न सरकार तयार रहेको बताए ।

उक्त अवसरमा गण्डकी प्रदेश पर्यटन, उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल र मधेस प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विन्दुकुमारी मिश्रले तत्तत् प्रदेशमा पर्यटनको सम्भावनाका बारेमा प्रस्तुति राखेका थिए ।
कार्यक्रममा नाटा गण्डकी च्याप्टर अध्यक्ष सञ्जयकान्त सिग्देलले अब दुई प्रदेशबीच हवाई सम्पर्क स्थापित भएपछि पर्यटन प्रवद्र्धनमा सुधार हुने विश्वास व्यक्त गरे ।

नाटा मधेस च्याप्टर अध्यक्ष मोहन शर्मा लामिछानेले पोखरा र जनकपुरबीच हवाई उडान सुरु भएको दिनलाई मधेस प्रदेशले उत्सवका रुपमा मनाएको बताए ।
उद्योग वाणिज्य संघ जनकपुर पूर्व अध्यक्ष इन्जिनियर प्रकाशचन्द्र साह, जनकपुर उपमहानगर पालिकाका मेयर लालकिशोर साह लगायतले भनाइ राखेका थिए ।

पोखरा जनकपुर उडान सुरु

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल मधेस प्रदेशको भ्रमणमा निस्केको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा ३ दिने भ्रमणका लागि मुख्यमन्त्रीसहितको टोली शनिबार जनकपुर पुगेको हो । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा गत असोज ६ गते मधेस प्रदेशका मुख्यमन्त्री राउत नेतृत्व टोलीले पोखरा भ्रमण गरेको थियो ।

प्रदेशबीच सम्बन्ध विस्तार गर्ने, अनुभव साट्ने र संघीयता सुदृढीकरणमा सहकार्य गर्नुका साथै पर्यटन प्रबद्र्धनका लागि अन्तर प्रदेश भ्रमण गरिएको गण्डकीका मुख्यमन्त्री पोखरेलले बताए । सांस्कृतिक महत्व बोकेको जनकपुर र पर्यटकीय महत्व बोकेको पोखराबीच हवाई यातायात सेवा भएपछि दुवै क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास लिएको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।
निजी क्षेत्रको उडान कम्पनी बुद्ध एअरले पोखरा–जनकपुर उडान सुरु गरेकै दिन पोखरेल नेतृत्वको टोली जनकपुर आइपुगेको हो । टोलीलाई जनकपुर विमानस्थलमा मधेस प्रदेशका पर्यटन मन्त्री शत्रुधन महतोले स्वागत गरे ।

गण्डकीको टोली विमानस्थलबाट सिधै मुख्यमन्त्री कार्यालय पुगेको थियो । मधेसका मुख्यमन्त्री राउतले संघ सरकारसँग पौंठेजोरी खेल्दै संघीयतालाई मजबुत बनाउने काममा सरकार लागेको बताए । जानकीको जन्मथलो जनकपुर र पोखराबीचको सम्बन्धलाई मजबुत बनाउने यो भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री पोखरेलले शनिबार नै प्रदेशप्रमुख हरिशंकर मिश्रसँग औपचारिक भेट गरेर भ्रमणको उद्देश्यबारे जानकारी गराए । मुख्यमन्त्रीसहितको टोलीले जनकपुरदेखि कुर्थासम्म ५ किलोमिटर खण्डमा रेल यात्रा समेत गरेको छ । त्यसपछि टोली धनुषाधाम पुगेको भने साँझमा गंगा आरतीमा समेत सहभागी भएको छ ।

गण्डकीको भ्रमण टोलीमा अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, उद्योग तथा पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेल, प्रमुख सचिव रवीलाल पन्थ, पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पोखरा पर्यटन परिषद अध्यक्ष गोपिबहादुर भट्टराई, पोखरा उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष अर्जुन पोखरेल, नाट्टा पोखरा च्याप्टर अध्यक्ष सञ्जय सिग्देल, महासचिव कमला गिरी पर्यटन व्यवसायी एवं उद्योगी छन् ।

नेपाल टुर्स एन्ड ट्राभल्स एसोसिएसन (नाट्टा) पोखरा च्याप्टरले भ्रमणका लागि सहजीकरण गरेको छ । गण्डकीको टोली आइतबार मधेसप्रदेशका विभिन्न पर्यटकीय र धार्मिकस्थलको अवलोकन गरी सोमबार पोखरा फर्कने कार्यक्रम तय भएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखराबाट सातवटै प्रदेशमा एअर कनेक्टिभिटी बढाउने लक्ष्यका साथ प्रदेश सरकारले समन्वय गर्दै आएको छ । जनकपुर पोखरा अब साताको २ दिन उडान हुनेछ ।

यसअघि मधेस प्रदेशको सिमरासम्म पोखराबाट बुद्ध एअर उडान थालिसकेको छ । सुदूरपश्चिमको धनगढीमा पनि यही बिहीबारबाट उडान सुरु भएको छ । भैरहवा, नेपालगन्ज र भरतपुरमा पनि पोखराबाट उडान हुँदै आएको छ ।

 

 

 

Share166Tweet103SendShare
Previous Post

खप्तड गोल्डकपमा आज हिमालयन शेर्पा र नव जनजागृति क्लब खेल्दै

Next Post

प्रिमियर लिगमा चेल्सीले बर्नलीलाई ४–० गोलले हरायो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
Next Post
सर्वाधिक राशिको खप्तड गोल्डकप फुटबल आजदेखि

प्रिमियर लिगमा चेल्सीले बर्नलीलाई ४–० गोलले हरायो

कालिकोटका युवकको मृत्युपछि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त

कालिकोटका युवकको मृत्युपछि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?